-->
भाजपा नेता चन्द्रबोसले आफ्नो वयान फिर्ता लिनुपर्छ – डा. हर्कबहादुर छेत्री

भाजपा नेता चन्द्रबोसले आफ्नो वयान फिर्ता लिनुपर्छ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 15 मार्च। भारतीय जनता पार्टीका प्रार्थी तथा सुवास चन्द्र बोसका नाती चन्द्र बोसले भारतको बर्वादी र गोर्खाल्याण्ड जस्ता नारा राष्ट्रविरोधी भन्ने दिएको बयानलाई जन आन्दोलन पार्टीले तिब्र बिरोध जनाएको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आज एक पत्रकार सम्मेलन आयोजना गरेर उक्त बयानको बिरोध गरेका हुन्। 
‘जेएनयूको प्रसङ्गमा लगाइएका नाराहरू राष्ट्रविरोधी हो कि होइन भनेर पत्रकारहरूले सोधेको एक प्रश्नको उत्तरमा चन्द्रबोस नामक एक नेतृत्वले भारतको बर्वादी र गोर्खाल्याण्ड जस्ता नारा राष्ट्रविरोधी’-हो भन्ने वयान दिएका थिए। हामी उक्त वयानको घोर भर्त्सना जनाउँछौँ’ डा छेत्रीले भने। छुट्टै राज्य गठनको मार्ग भारतीय संविधानले खुल्ला राखेको भए पनि राष्ट्रिय स्तरका नेतृत्ववर्गले यसरी वयान दिनु दुर्भाग्यपूर्ण हो भने उनले बताए। 
‘संवैधानिक मागलाई राष्ट्विरोधी भन्नु भनेको भारतको सविधान नै राष्ट्रविरोधी हो भन्नु सरह हो। तिनले आफ्नो बयान फिर्ता लिनुपर्छ र यो आपत्तिजनक वक्तव्यको निम्ति सम्पूर्ण गोर्खा सम्प्रदायसंग माफी माग्नुपर्छ’ छेत्रीले भने। यस सम्बन्धमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेर चन्द्रबोस विरूद्ध न्यायोचित कार्यवाहीको माग गरिने छेत्रीले बताएका छन्।
यसै प्रसङ्गमा उनले यदि गोजमुमोले कुनै राष्ट्रविरोधी कार्य गरेको छ भने कुनै निश्चित दलको कार्यलाई हेरेर सम्पूर्ण सम्प्रदायलाई नै आघात पुऱ्याउने किसिमको वक्तव्य आउनु ठिक नरहेको बताएका छन्। केही दिनअघि गोजमुमोले कालेबुङ भूटानको भूभाग रहेको अनि यो मुद्दालाई अन्तराष्ट्रिय फोरममा पनि उठाउने वक्तव्यप्रति सङ्केत गर्दै छेत्रीले भाजपाले आफूलाई विशुद्ध राष्ट्रप्रेमी भन्छ भने राष्ट्रविरोधी क्रियाकलाप गर्नेहरूसितको गठबन्धन तोड्नुपर्ने सुझाउ राखेका छन्। 
यसैक्रममा छेत्रीले गोजमुमो गोर्खाल्याण्डप्रति इमान्दार नरहेको बताउँदै भनेगोजमुमोले गोर्खाल्याण्डको नाममा चौकी जोगाउने काम मात्र गर्दै आइरहेको छ भनि आरोप लगाए। ‘यदि गोजमुमो गोर्खाल्याण्डप्रति इमान्दार भएको भए भाजपाकै सासंदभाजपाकै सरकार रहेको स्थितिमा संसदमा गोर्खाल्याण्डको बिल ल्याउन दवाब बनाउन सक्नेथियो’ उनले भने। 
पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा डा छेत्रीले गोजमुमोले अहिलेसम्म गोर्खाल्याण्डको पहिलो कदम पनि बढाएको छैन भन्ने आरोप लगाए। ‘राज्य प्राप्तिका निम्ति पहिलो कदम भनेक संसदमा बिल ल्याउनु हो। जबसम्म संसदमा बिल ल्याउन सक्दैन गोर्खाल्याण्डको माग अघि बढ्न सक्दैन’ उनले भने। उनले भाजपा त फरक कुरा तर गोजमुमो आफैमा पनि गोर्खाल्याण्ड राज्य प्राप्तिप्रतिको इच्छाशक्ति नरहेको आरोप लगाउँदै मोर्चाले भविष्यमा पनि आफ्नो सासंद लगाएर बिल ल्याउँछ भन्नेकुरामा विश्वास गर्न नसकिने दाबी गरे। उनले र्खाल्याण्डका निम्ति भाजपाभन्दा धेर मोर्चाको इमान्दारिता कति छ भनेकुरा आजसम्म संसदमा बिल ल्याउन नसकेको कुराले नै प्रष्ट पारेको बताए।
यसबाहेक छेत्रीले गोरामुमोका पूर्व नेता अनिल लोप्चनले कालेबुङ जिल्ला गठन हुनसक्ने दावी गरेको प्रसङ्गको पनि खण्डन गरे। ‘कालेबुङ जिल्ला बन्न सक्दैन भन्नु मूर्खता मात्र हो। किनभने लोप्चनले एसआरसी कति पढेको छ थाहा छैन। तर उनले 2025 सम्म जिल्ला बनिन नसक्ने कुरा गरे त्यो आधारहिन हो’ डा. छेत्रीले भने। 

Related Posts

0 Response to "भाजपा नेता चन्द्रबोसले आफ्नो वयान फिर्ता लिनुपर्छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.