-->
बन्दुकले मात्रै गोर्खाल्याण्ड हुँदैन – अजय दाहाल

बन्दुकले मात्रै गोर्खाल्याण्ड हुँदैन – अजय दाहाल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 मार्च । ‘गोर्खाल्याण्डकै लागी हो भने बन्दुकले मात्र गोर्खाल्याण्ड हुँदैन तर बन्दुक बिना पनि गोर्खाल्याण्ड हुँदैन’ उक्त कुरा युनाइटेड गोर्खा रेभ्यूल्युसनरी फ्रन्टका अध्यक्ष अजय दाहालले भनेका हुन्। धेरै लामो समयसम्म मौन बसेका अजय दाहालले आज पत्रकार सम्मेलन आयोजना गरेर आफ्ंनो मौनता तोडेका हुन्।
उनले आगामी विधानसभा चुनावले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई संगठित गर्नको साटो अझ दुर्बल बनाउँदै गैरहेको बताउँदै छुट्टै राज्य माग्ने सम्पूर्ण उत्तरबङ्गालका राजनैतिक पार्टीहरू एक बन्नुपर्ने आह्वान गरे।
‘हाल राजनैतिक फ्याक्टरको रूपमा स्थापित गोजमुमो, जाप अनि क्रामाकपा मध्ये कसैले जिते पनि खासै उपलब्धि हुने देखिएको छैन’ दाहालले भने। उनले भारत स्वतन्त्र भएता पनि आजसम्म विधायकहरू चुनेर पठाए पनि उनीहरूले आजसम्म केहि गर्न नसकेको दाबी गरेका छन्। ‘सयौँ वर्षदेखि दक्षिण बङ्गालको शोषण खपेर बसेको उत्तर बङ्गालको कामतापुर, ग्रेटर कोचबिहार अनि गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई समेटेर 2016को चुनावलाई उटा संयुक्त प्रयासको रूपमा अञ्चालन गर्ने कार्य भयो भने मात्र ब्यालेटको माध्यमबाट छुट्टै राज्य प्राप्त गर्न सक्नेछौँ’ दाहालले अझ भने। 
प्रत्येक विधानसभा समष्टिबाट एक्ला-एक्लै लड्दा अलग राज्यको माग अझ अझ दुर्बल हुने धारणा बोक्ने दाहालले यसचोटिको विधानसभा चुनाउमा गोर्खाल्याण्डग्रेटर कुचबिहार र कामुतपरले एउटा संयुक्त प्रयास गरेको खण्डमा राज्यविरोधी तत्वहरूको षड्यन्त्रमा रोक लाग्ने अनि अलग राज्य गठनको सम्भावाना पनि बढ्ने दाहालको सुझाउ रहेको छ।
उनले विधानसभा चुनावलाई एउटा सानो लडाईको संज्ञा दिँदै भने – ‘सानो-सानो लडाईँ जितेर नै युद्ध जित्न सकिन्छ। यसैले यसपल्टको विधानसभा चुनाउमा गोर्खाल्याण्ड
कामतापूर र ग्रेट कोचबिहारपन्थी शक्तिहरू मिलेर 81 वटा आसनमा नै संयुक्त रूपमा चुनाउ लड्न सक्नुपर्छ। यदि 81 जना विधायकहरू जिताएर पठाएको खण्डमा बङ्गाल विधानसभालाई उठबस गराउन वाध्य गराउन सक्नेछौँ।’ दाहाल अनुसार बङ्गालले गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन धेरै अघिदेखि नै षड्यन्त्र गरिहिरहेको छ। जातगत अतवा क्षेत्रगत् रूपमा आन्दोलनलाई दबाउने प्रयास काम्तापूर र ग्रेटर कोचविहारपक्षकाहरूले पनि भोगिरहेकै छन्। यसैले उत्तर बङ्गालका सम्पूर्ण अलग राज्यपक्षधरहरू एक भएर चुनाउ लड्नु नै अलग राज्यको एकमात्र मुक्तिमार्ग रहेक दाहालको सुझाउ छ। 
यदि उत्तरबङ्गालभरिका सम्पूर्ण अलग राज्यपन्थी शक्तिहरू एक भएको खण्डमा बङ्गाल विधानसभा चुनाउमा अल्पसङ्ख्यक र बहुसङ्ख्यकको स्थिति आइपरे अलग राज्य गठनको प्रस्तावसमेत पारित गरेर केन्द्रमा पठाउने स्थिति निर्माण गर्नसकिने दाहालको भनाइ रहेको छ। ‘यदि यो मुक्तिमार्गलाई अनुसरण गर्न सकेनौँ भने विधासभा चुनाउ लडेर केही हुनेवाला छैन। बन्दुकबिना ब्यालेटले मात्र गोर्खाल्याण्ड प्राप्त गर्ने हो भने योमात्र एउटा विकल्प हो’ उनले भने। 
उनले अझ भने अनुसार सबै अलगराज्यपन्थि एक भएर चुनाउ लडेको खण्डमा गोर्खाल्याण्ड आन्दलनको रणनीतिक बढत सुकुनादेखि मालदासम्म पुग्नेछ। सैयौँ वर्षदेखि अवहेलित उत्तर बङ्गालका सम्पूर्ण जनताका निम्ति मुक्ति मार्ग खोलिनेछ। जातजातमा टुक्राउने प्रयास गर्नेहरूको षड्यन्त्र नचल्ने नोटझैँ हुनेछ। यसबाहेक चिकन नेकमार्फत सम्पूर्ण उत्तरपूर्व भारतलाई टुक्र्याउने प्रयासमा लागेका विदेशी शक्ति अनि ती शक्तिहरूद्वारा सञ्चालित षड्यन्त्रमा पनि रोक लाग्ने दाहालको बुझाइ रहेको छ।
अर्कोतर्फ स्थानीय राजनैतिक दलहरूले चुनाउसम्ब्नधी लिने पद्क्षेपलाई हेरेर नै यूजीआरएफले चुनाउसम्बन्धी आगमी दिनमा दलीय अडान र निर्णय सार्वजनिक गर्ने भएको छ। यदि उक्त प्रयास सफल नभएको खण्डमा उत्तरबङ्गालभरिका अलग राज्यपन्थी स्वन्त्र उम्मेवदारहरूलाई संयुक्त रूपमा इन्डिपेन्डेन्ट लिबरेसन फोरम फर नर्श बेङ्गाल जस्ता एउटै मञ्चमा खडा गरेर एकत्रित गराउन सकिने विकल्प पनि यूजीआरएफले तयार राखेको दाहालले बताएका छन्।

Related Posts

0 Response to "बन्दुकले मात्रै गोर्खाल्याण्ड हुँदैन – अजय दाहाल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.