-->
जनजातिको मागमा खम्बु राइट्स मुभमेंटले निकाल्यो जुलुस..... अबको आन्दोलन कोलकोता र दिल्लीमा हुनेछ – विनेश खम्बु

जनजातिको मागमा खम्बु राइट्स मुभमेंटले निकाल्यो जुलुस..... अबको आन्दोलन कोलकोता र दिल्लीमा हुनेछ – विनेश खम्बु

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 मार्च। बिकास बोर्डको विवादमा अल्झिएको खम्बु राइट्स मुभमेन्टले आज कालेबुङ शहरमा जनजातिको माग गर्दै बिराट जुलुस निकालेको थियो। चुनाउ आचार संहिता लागु अवधि जनजातिको माग गर्दै निकालेको जुलुसमा विभिन्न स्थानहरूबाट खम्बुहरू व्यापक मात्रमा भेला भएका थिए। 
खम्बु राइट्स मुभमेन्टद्वारा आयोजित जुलुस यहाँको थाना डाँडादेखि शुरू भएर नगर परिक्रमा अवधि विभिन्न नारा वाजी गर्दै टाउनहलको प्राङ्गनमा जनसभामा परिणत भएको थियो। 
जनसभालाई सम्बोधन गर्दै मुभमेन्टका अध्यक्ष अरूण कुमार राईले खम्बु राइट्स मुभमेन्टले भर्खरै जनजातिको मागमा केन्द्र सरकारलाई गरेको पत्राचारबारे जानकारी गराउँदै अब जनजातिको आन्दोलनलाई तीव्र बनाएर लाने बताए। लगातार रूपमा आन्दोलन नगरे जनजातिको माग असम्भव रहेको बताउँदै तिनले खरामुले सदैव जातिको हितको निम्ति कार्य गर्ने बताए। 
आफ्नो सम्बोधनको क्रममा उनले जातिको निम्ति कार्य गर्न नसक्ने एव चौकी मात्र तताएर बस्ने नेतृत्वले चौकी छोड्नु पर्ने पनि माग पनि गरे। 
यसरी नै खरामु एवं एपेक्स वडीका मुख्य संयोजक विनेस राईले आफ्नो सम्बोधन राख्दै आज आफ्नै खम्बुको मूल संगठनका प्रतिनिधि भनाउदाहरूको कारणले युवाहरू आमरण अनसन बस्न परिरहेको बताए। ‘चौकिमा बस्ने व्यक्तिहरू जातिको हित र अधिकारको निम्ति लडने प्रतिनिधि होइन। जातिलाई लिएर षड्यन्त्र र राजनिति मात्र गर्ने व्यक्तिहरू रहेको कारण यस्ता व्यक्तिहरूलाई जरादेखि नै उखेल्नु पर्छ। यी व्यक्तिहरू जातिप्रति सिरियस नभएको कारण खम्बु राइट्स मुभमेन्टको जन्म भएको हो’ विनेश खम्बुले भने। 
उनले सम्बोधनको क्रममा अबको आन्दोलन जनजातिको निम्ति कलकता र दिल्लीमा हुने पनि बताए। आन्दोलनको निम्ति युवाहरूको भूमिका अहम रहने जनाउँदै युवाहरूको परिश्रम र इमान्दारिताको कदर गर्न नसक्ने व्यक्तिहरूले संस्थाको कुनै पदमा बस्न बेकार रहेको बताए। 
आगामी दिनमा व्यक्ति तथा संगठनलाई हेरेर होइन भावी सन्तानको भविष्यलाई हेरेर खम्बुहरू एक हुन पर्ने बताए। बिकास बोर्ड खम्बु राईट्स मुभमेन्टको प्रथम उपलब्धी हो भने अब हामी जनजाति ल्याएर देखाउने छौ, तिनले भने। 
यता खरामु महासचिव सन्दिप कुलुङले पनि आफ्नो सम्बोधनमा खम्बुहरू भोट व्यांकमात्र नभएर सचेत बस्न पर्ने बताए। उनले भने – आज चुनाउको हावा चलिरहेको छ, तर यस चोटी भने हामी सचेत भएका छौं। हामी अब एकमात्र जनजातिको आन्दोलन बुझ्छौ अनि गर्छौं। हामी जनसंख्यामा धेर रहेको जाति भएको कारण यस चोटीको चुनाउमा हामी फ्याकटर भएर बस्नेछौं। खम्बुहरूको एउटै माग जनजाति रहेता पनि आजसम्म विधानसभामा जितेर जाने कुनै विधायकले हाम्रो आवाज उठाएको थाहा छैन। यदि हाम्रो जनजातिको कुरा उठान हुन्छ भने हामी भोट हाल्न तयार छौं तर यदि हाम्रो कुरा उठान हुदैन भने हामी आफ्नै उम्मेद्वार दिन पनि तयार छौं। आफ्नै मान्छे त्यस ठाँउमा नपुगे सम्म कुनै कार्य हुन नसक्ने अनुभव खम्बुहरूले गरेको कारण अब जातिको भावी सन्तानको भविष्यको निम्ति साढे चार लाख खम्बु भोट फ्याक्टर हुने बताए। 
यसरी नै प्रवक्ता मनोज राईले पनि आजको युवाहरूले किखरासांसको होइन किखरासांसको प्रतिनिधिहरूको गलत पहल अनि संकुचित मानसिकताको विरोध गरेको बताए। जनजातिको निम्ति युवाहरू मर्न पनि तयार रहेको बताउँदै राईले भने – आज त्यसै युवाहरू आमरण अनसन बसेको होइन, यस्ता मानसिकताको विरोधमा बसेको हो। 
किखरासांसले जातिको मुद्दामा राजनिति गरिरहेको आरोप लगाउँदै राईले भने – बोर्ड हामीले ल्याएका हौं, अब जनजातिको आन्दोलन हुन्छ तपाईहरू सबै तयार बसिदिनु पर्छ। जातिय संगठनको नाममा चौकी तताएर टाइमपास आन्दोलन गर्नेहरूले आजसम्मको हरहिसाब सितै जनजातिको निम्ति के गरेको छ, त्यसको विस्तृत जानकारी साधारण खम्बुलाई दिन पर्छ। यदि दिन सक्दैन भने चौकी छोड हामी आन्दोलन गर्छौं। 
सम्बोधनको क्रममा धन्यवाद ज्ञापन राख्दै खरामु तन्द्रबुङ संयोजक रूपेन्द्र राईले बोर्ड सन्चालन विषयवारे सरकारले दिएको आश्वासनबारे जानकारी गराउँदै बोर्डको हक र अधिकार कुनै पनि हलतमा लिने बताए। बोर्ड विवादमा सरकारको न्ययिक जाँच हुने आश्वाशन पछि अनशन स्थगित मात्र गरिएको हो य़दि विवाद साम्य नभए हामी फेरी आन्दोलनमा उत्रिन तयार हुनेछौं। 
आजको जलुसमा कालेबुङको तीनैवटा खण्डबाट व्यापक खम्बुहरूको सहभागिता रहेको थियो।

Related Posts

0 Response to "जनजातिको मागमा खम्बु राइट्स मुभमेंटले निकाल्यो जुलुस..... अबको आन्दोलन कोलकोता र दिल्लीमा हुनेछ – विनेश खम्बु"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.