-->
खम्बु विकास बोर्डबारे बड्दैछ अझ विवाद  ........ सरकार अनि किखरासांस को पक्षबाट पहल नभए फेरी आन्दोलन गर्ने चेतावनी

खम्बु विकास बोर्डबारे बड्दैछ अझ विवाद ........ सरकार अनि किखरासांस को पक्षबाट पहल नभए फेरी आन्दोलन गर्ने चेतावनी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 3 मार्च। खम्बु राई बिकास बोर्ड विषयमा चलिरहेको विवाद बारे आज स्थानिय जगन्नाथ धर्मशालामा खम्बु राइट्स मुभमेन्टको एक महत्वपूर्ण बैठक सम्पन्न भयो। किखरासांस कालेबुङको 55 भन्दा अधिक शाखाहरूलाई लिएर सम्पन्न सभामा वर्तमान चलिरहेको विवादबारे व्यापक चर्चा परिचर्चा गरियो। 
किखरासांस अनि खरामुवीच चलिरहेको विवादबारे कालेबुङको धेर जस्तो शाखाले खरामुलाई सहयोग र समर्थन गर्दै आइरहेको अनि जातिको अधिकारको निम्ति कार्य किखरासासले होइन खरामुले नै गरिरहेको कारण सम्पुर्ण शाखा प्रशाखाले खरामुलाई समर्थन गरिरहेको बताए। सभामा बोल्दै सन्तुक शाखाका दिलबर्ट राईले भने, किखरासांसले हाल शाखा प्रशाखालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको छ। बोर्डको विवादको चेपारोमा हाल शाखा प्रशाखा परिरहेको छ, यसलाई झट्ट किखरासांसले समधान गर्न पर्छ। 
बुधवार किखरासांस कालेबुङ महकुमा समितिको सभा शाखाहरूलाई लिएर केन्द्रिय समितिको उपस्थितिमा सम्पन्न भएको कुरा आज उपस्थित भएका 55 वटा शाखा लगायत धेरैवटा शाखाहरूलाई कुनै जानकारी छैन। यसप्रकारले लिएको महकुमाको निर्णय हामी मान्दैनौ। यो कुन प्रकारको सस्थांन हो, यो कुनै सभापति सचिवको पेवा संगठन होइन। महकुमामा नयाँ कार्यकारी समिति बनिनु पर्छ अनि बोर्डको विवाद झट्ट समधान गर्न पर्छ। 
यसरी नै योग्दा शाखाका मणीकुमार राईले पनि समर्थन जनाउँदै भने – आजसम्म खरामुले जनजाति अनि बोर्डको निम्ति आन्दोलन गर्दा चकमन्न रहेका केन्द्रिय समितिले आएर यसप्रकारको सभा गर्न पाउँदैन। चौकीको निम्ति मात्र अग्रसर हुने प्रतिनिधिहरूको हामी विरोध गर्छौ। कालेबुङ महकुमा समिति अनि बोर्डको समाधान केन्द्रिय समितिले नगरे हामी खरामुको समर्थन जनाउँदै किखरासांस छोड्न बाध्य हुनेछौं। 
सभामा उपस्थित शाखा प्रशाखाको निर्णय अनुसार झट्ट समधान नगरिए फेरी सभा बसी कुनै पनि निर्णय गरिने एवं खरामुले जातिको निम्ति गरेको कार्यको सदैव सराहना गर्दै आगामी दिनमा पनि खरामु व्दारा डाकिएको आन्दोलनमा सामेल रहने परित गरिएको सभाका सभाध्यक्ष मदन राईले बताएका छन्। 
यता यसै विषयमा एक पत्रकार सम्मेलन डाकी खरामु तन्द्रबुङ शाखा संयोजक रूपेन्द्र राईले पनि आज सम्पन्न सभाको जानकारी गराउँदै किखरासासंको कार्यप्रणाली प्रति सम्पुर्ण खम्बुहरू असन्तुष्ट रहेको बताए। उनले भने – सभा अनुसार संस्थानले समाधान नगरे शाखाहरूले कुनै पनि निर्णय लिने बताए। 
चौकीको निम्ति मरिमेट्ने खम्बुहरूको कारण आज साधारण खम्बुहरू समस्यामा परिरहेका छन्। वास्तविक कुरा बंगाल भरी छरिएर बसेका खम्बुहरूले बुझ्न जरूरी छ। वर्तमान गठन गरिएको बोर्डका समितिको हामी सम्पुर्ण शाखाहरू विरोध गर्छौ। 
यसरी नै खरामुका महासचिव सन्दिप कुलुङले पनि बोर्डमा साधारण खम्बुहरूको न्याय नभएका बताएका छन्। उनले भने – बोर्डको निम्ति खरामुले दावी मात्र गरेको होइन, बोर्ड हामीले ल्याएको हो। सरकारले बोर्ड गठन बारे न्यायिक जाँच गरेर समधान गर्ने अनुरोध गरेको अनि किखरासांसको सबैको सरसल्लाहमा सभा गरेर मात्रै बोर्ड संचालन गर्ने कुरा भएपछि आमरण अनसनलाई स्थगित गरिएको हो। तर आज सम्म कुनै प्रकारको पहल भएको छैन, अनसन स्थगित मात्र गरिएको हो अन्त होइन, समाधानको दिशामा नगए हामी कुनै पनि समय अझ तीव्र गतिमा आन्दोलन गरेर लानेछौं। 
आन्दोलनको निम्ति शाखा प्रशाखासित बातचित भैसकेको छ। हामी कुनै पनि हालतमा बोर्डलाई विफल अनि शाखा प्रशाखालाई समस्यामा बनाउन चाहँदैनौ। अब हामी चुप लागेर बस्दैनौ। हामी सरकारको विरोध गर्दैनौ अनि यदि संगठनको पक्षबाट न्याय नभए हामी संगठन छोडन पनि तयार छौं। 
यसरी नै खरामु संयोजक विनेश राईले पनि किखरासांसको षड्यन्त्र पूर्वक कार्य जातिको निम्ति चिन्ताजनक रहेको बताउँदै साधारण खम्बुलाई वास्तविक कुरा बुझाएर बोर्ड संचालन सितै जनजातिको आन्दोलनलाई अघि बडाएर लाने बताए। 
उनले भने – बोर्ड ग्रहण गरेर जातिको आर्थिक उन्नति सितै जनजातिको परिकल्पना खरामुले बनाएको छ तर आज जातिको निम्ति कुनै भिजन नभएको किखरासांसले परिकल्पनालाई विफल बनाउन यसप्रकारको षड्यन्त्र गरिरहेको छ, साधारण खम्बुहरू सचेत बन्न पर्ने समय आएको छ। 
उनले खम्बु राइट्स मुभमेन्टलाई पनि सरकारले बोर्डबारे न्यायिक जाँच नभइन्जेल कार्य गर्न भनि जिल्लापालको माध्यमबाट सय भन्दा धेर घर निर्माणको योजना दिएको बताउँदै यसको निम्ति पनि खरामु सित सम्पर्क गरिदिने आव्हान गरेका छन्। 
आज सम्पन्न सभामा प्रो. जोग चामलिङ, विजय राई, मिलन राई, सुदास राई, खम्बु राइट्स मुभमेन्टका प्रतिनिधि लगायत कालेबुङको तीनैवटा खण्डका शाखा प्रशाखाका सभापति सचिवहरूको उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "खम्बु विकास बोर्डबारे बड्दैछ अझ विवाद ........ सरकार अनि किखरासांस को पक्षबाट पहल नभए फेरी आन्दोलन गर्ने चेतावनी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.