-->
कालेबुङ विज्ञान केन्द्रले पालन गऱ्यो राष्ट्रिय विज्ञान दिवस

कालेबुङ विज्ञान केन्द्रले पालन गऱ्यो राष्ट्रिय विज्ञान दिवस

डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 फरवरी। कालेबुङ सहरदेखि ९ किलोमिटर टाढा डेलोमा अवस्थित कालेबुङ विज्ञान केन्द्रले राष्ट्रिय विज्ञान दिवस पालन गऱ्यो। यसै दिवसको अवसरमा केन्द्रले विज्ञान विषयमा न्युजलेटर लगायत विज्ञान सम्बन्धी साइन्स च्यानलको पनि विधिवत उद्‍घाटन गरेको छ। 
केन्द्रद्वारा पालन गरिएको उक्त कार्यक्रममा डा. बी.बी. गुरूङ, डा. साजिद अली, डा.  शरद गुरूङ, सुरजमणी प्रधान, हेमन्त थापा आदिको विशेष उपस्थिति रहेको थियो। केन्द्र प्रमुख डा. बी.बी. गुरूङले कार्यक्रम विषय बोल्दै भने ‘भारतीय महान विद्वान एवम् नोवेल पुरस्कारले विभूषित  डा. सी. भी. रमणले विज्ञान जगतमा पुऱ्याएको अमूल्य योगदानलाई सम्झने दिन हो। उनीद्वारा आविष्कार गरिएको रमण इफेक्ट विज्ञानका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन्। उनै महान व्यक्तित्व डा. सी.भी. रमणको सम्मानार्थ भारतमा  राष्ट्रिय विज्ञान दिवस पालन गरिन्छ’। 
गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत रहेको पहाडको एउटै विज्ञान केन्द्रका क्युरेटर डा. बी.बी. गुरूङले कार्यक्रमबारे थप बोल्दै भने, कालेबुङ विज्ञान केन्द्रले यसको स्थापनाकालदेखि नै साधारण मानिसहरूदेखि लिएर विशेष विद्यालयका नानीहरूमा विज्ञान एवम् तकनिकीलाई प्रोक्साहन प्रदान गर्न एवम् नानीहरूप्रति विज्ञान विषय चासो बढाउन विभिन्न प्रकारका कार्यक्रम आइरहेका छन्।  
अझै विज्ञान एवम् तकनिकीमाथि भइरहेका आविष्कारहरू साधारण मानिसहरूदेखि विशेष विद्यालयका नानीहरूमा सुन्दर ढङ्गमा पुऱ्याउने उद्देश्यले विज्ञानमाथि एउटा न्युजलेटर प्रकाशित गर्न सोच्यौँ। त्यो आज सफल पनि भयो। यो न्युजलेटर मासिकरूपमा प्रकाशित गरिनेछ। यो अनलाइन अर्थात केन्द्रको वेबसाइट, युट्युब लगायत अन्य सोसियल मिडिया मार्फत् उपलब्ध हुनेछ।  विद्यालयका नानीहरूले विज्ञान विषयमा आफ्ना लेखहरू मासिकरूपमा प्रकाशित गरिने न्युजलेटरमा पठाउन सक्नेछन्। यसलाई हामी प्रिन्ट भर्सनमा पनि प्रकाशित गर्न सोचेका छौँ।
केन्द्रद्वारा लञ्च गरिएको साइन्स च्यानल विषय बोल्दै डा. गुरूङले विज्ञान एवम् तकनिकीमाथि भइरहेका आविष्कार अझ प्रभावशाली ढङ्गमा मानिसहरूमा पस्कन केन्द्रले साइन्स च्यानल पनि शुरू गरेको जानकारी गराए। यस च्यानल मार्फत विज्ञानका खबरहरू प्रशारण गरिनेछ अनि पछिबाट केन्द्रको वेबसाइट, युट्युब लगायत अन्य सोसियल मिडिया मार्फत् उपलब्ध हुने जानकारी गराएका छन्। 
कालेबुङ विज्ञान केन्द्रद्वारा लञ्च गरिएको न्युजलेटरमा डा बी.बी. गुरूङ व्यवस्थापन सम्पादक, सुरजमणी प्रधान कार्यकारी सम्पादक अनि सह-सम्पादक हेमन्त थापा रहेका छन्। उसरी नै साइन्स च्यानलमा डा बी.बी. गुरूङ प्रमुख सल्लाहकार एवम् संरक्षक, सुरजमणी प्रधान प्रस्तोता रहेका छन् भने तकनिकी प्रमुखमा हेमन्त थापा छन्।

Related Posts

0 Response to "कालेबुङ विज्ञान केन्द्रले पालन गऱ्यो राष्ट्रिय विज्ञान दिवस"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.