
गोजमुमोले झुटकै राजनीति गरिरहेको छ- जाप
प्रेवि, कालिमन्युज, कालेबुङ, 25 फरवरी 2016। गोजमुमोले झुटकै राजनीति गर्दै झूटो आश्वासन दिइरहेको आरोप जन आन्दोलन पार्टीले लगाएको छ। जन आन्दोलन पार्टीका महासचिव नयन प्रधानले एक् प्रेस विज्ञप्ति मार्फत बताएका छन कि जनआन्दोलन पार्टी कर्ममा विश्वास गर्छ। यसैले जनताको मूलभूत आवश्यक्ताहरूलाई जनआन्दोलन पार्टीले प्राथमिकता दिँदै अघि बढिरहेको छ। हामी सक्ने काम गर्दै जान्छौँ, जनतालाई आश्वासन मात्र दिएर, ठूलो-ठूलो सपना देखाएर हामीलाई राजनैतिक स्वार्थपूर्ति गर्नु छैन। तर पहाडमा यस्ता राजनैतिक पनि दलहरू छन् जसले जनभावनासित खेलवाड गर्दै, जनतालाई फोस्रो आश्वासन र सपना देखाउनबाहेक अरू केही गर्न सकेको छैन। झूटको राजनीति क्षणिक मात्र हो, दिर्घमियादी हुँदैन। तर गोजमुमोले अहिले पनि झुटकै राजनीति गरिरहेको छ। हिजो मात्र गोजमुमो अध्यक्ष विमल गुरूङले एक कार्यक्रममा बोल्दै वर्षौदेखि प्रतीक्षा गरेको उपहार चाँडै केन्द्र सरकारले दिने भनेर पुनः जनतालाई झूटो आश्वासन दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, वास्तवमा विधानसभा चुनाउ नजिक आइरहेको कारण गोजमुमो आत्तिएको हो। विस्तारै जनाधार गुमाउँदै गइरहेको बुझेपछि नै गोजमुमोले यसकिसिमको आश्वासन दिँदै असन्तुष्ट समुहलाई आफ्नो पक्षमा तान्ने झिणो प्रयास गर्दैछ। मोर्चामा राजनैतिक इमान्दारिताको अभाव छ। अलग राज्यको प्रसङ्गमा न त भाजपा इमान्दार छ न त गोजमुमो नै। गोजमुमोले अलग राज्यको नाममा जनभावनासित खेलवाड गर्दै सत्ता बचाउने राजनीति मात्र गरिरहेको छ। वर्षौदेखिको प्रतीक्षाको उपहार केन्द्रले चाँडै दिने विमल गुरूङको वयान केवल उनीहरूले देखेको दिवास्वप्न मात्र हो। केन्द्र सरकारबाट गोजमुमो अध्यक्षले भनेको उपहार भीरको चिण्डो मात्र हो। यो अहिले पाउने कनै छाँट छैन। मोर्चा अध्यक्षको भाषणमा जनताले विश्वास गर्नु हुँदैन। उनले झुट बोलेका हुन्।
यसमा अझै उल्लेख गरिएको छ, गोजमुमोले बोल्नअघि आफ्नो स्थितिप्रति पनि मूल्याङ्कन गर्न जरूरी छ। गोजमुमो हिजो पनि अलग राज्यप्रति इमान्दार थिएन अनि आज पनि छैन। अलग राज्यका निम्ति गोजमुमोसित न त कुनै ठोस् योजना र कार्यक्रम छ न त दुर्दर्शी नीति नै। यसैले गोजमुमोको कुरा कसरी पत्याउने? किनभने विगतमा पनि यस्ता धेरै घटनाहरू भइसकेका छन्। गोजमुमो अध्यक्षले दिएको आश्वासनहरू केवल दल बचाउने नीति मात्र रहेको कुरा विगतका घटनाहरूले पनि स्पष्ट पारेको छ। 2010 मा गोर्खाल्याण्याण्ड ल्याउन सकिने भने गोली ठोकेर मर्छु भन्ने उनै विमल गुरूङ हुन् जसले जीटीएको चौकीमा बसेर अलग राज्यको सपना देखाउँदै सत्ता जोगाउने खेल खेलिरहेका छन्। गोजमुमोका नेतृत्वहरूमा अझपनि चेत खुलेको छैन। यसकारण उनीहरूको भाषणमा जनताले विश्वास गर्नु मूर्खता मात्र हुनेछ।
राजनैतिक दलबाट जनताले खोक्रो आश्वासन होइन तर त्याग र तपस्यासितै व्यवहारिक परिणामको आशा गरेको हुन्छ। तर गोजमुमोले जनताका आशा विपरित काम गर्दै आइरहेको छ। गोजमुमो गोर्खाल्याण्डको नाममा सत्ता बचाराख्न चाहन्छ। तर यो लामो समयसम्म जाँदैन। किनभने जनताले गोजमुमोको नियत र कार्य देखिसकेका छन्। अलग राज्य त परको कुरा तर गोजमुमो नेतृत्वहरूमा जीटीए समेत कुशलतासित चलाउने क्षमता नरहेको कुरा जनताले बुझिसकेका छन्। यसैले गोजमुमोको नेतृत्वमा पहाडमा कुनैपनि उपलब्धीमूलक कार्यको आशा गर्न सकिँदैन।
विज्ञप्तिमा अझ भनिएको छ, आज गोजमुमो अध्यक्ष विमल गुरूङले सडक, झोडा, नाला सबैले मोर्चाले बनाएको भन्दै हिँड्दैछन्। तर झोडा, नाला, बाटो, विजुली आदि यो मूलभूत आवश्यकताहरू पूर्ण गर्नु सरकारको जिम्मेवारी हो। जनताले हरेक ठाउँमा सरकारलाई कर बुझाएको कारण नै यस्ता विकासमूलक कार्यहरू हुने गर्दछ। तर अभाग्यवश् गोजमुमोले सबैथोक आफूहरूले बनाएको भन्दै जनतालाई दिग्भ्रमित पार्दैछ। यत्रो विकासका कामहरू गर्ने करोडौँ रुपियाँ मोर्चाकहाँ कसरी आउँदैछ? के उनीहरूसित कुबेरको धन छ? वास्तवमा गोजमुमोले चुनाउलाई हरेर नै विभिन्न शिलान्याशहरू गर्दै जनतालाई आफ्नो पक्षमा तान्ने भरसक प्रयास गरिरहेको छ। किनभने यस्ता धेरै परियोजनाहरू छ जो जीटीएले शिलान्याश गरेको वर्षौ बितिसक्दा समेत आजसम्म पूर्ण भएको छैन। यसैले गोजमुमोले झुटको राजनीति बन्द गर्नुपर्छ, विज्ञप्तिमा बताइएकोछ।
जनभावनासित खेलवाड गर्न छोड्नुपर्छ। जनआन्लोन पार्टी त्यसैले जम्मिएको हो। गोजमुमोको एकक्षत्र शाषणमा जनताले भोग्नपरेको सास्ती र पहाडको डामाडोल अवस्थामामाझ पहाडको वैकल्पिक राजनैतिक पार्टीको रूपमा जाप अस्तिवमा आएको हो। आउँदो दिनमा जापले ठोस् कार्यक्रमहरू गर्दै जानेछ, जुन कार्यक्रमहरू दल बचाउने कार्यक्रम होइन तर जनतालाई केही दिने कार्यक्रम हुनेछ। जाप आफ्नो अडानमा कटिबद्ध छ। जनताको आम समस्यालाई सम्बोधन गर्दै जापले पहाडमा नयाँ राजनैतिक संस्कारको निर्माण गर्नेछ भनि उक्त विज्ञप्तिमा उल्लेख गरेको छ।
0 Response to "गोजमुमोले झुटकै राजनीति गरिरहेको छ- जाप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.