-->
जीटीएले बिकास बोर्ड गठन गर्ने विषयमा जापको प्रतिक्रिया .....मोर्चा भित्र दूरदर्शी नेताको अभाव छ – डा. हर्कबहादुर छेत्री

जीटीएले बिकास बोर्ड गठन गर्ने विषयमा जापको प्रतिक्रिया .....मोर्चा भित्र दूरदर्शी नेताको अभाव छ – डा. हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 13 फरवरी। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले जीटीएद्वारा 17 जातगोष्ठी अनि अनुसूचित जातिको बिकास गर्न जातिय बिकास बोर्ड गठन गर्ने बयान प्रति प्रतिक्रिया जनाएका छन्। एक समय मोर्चाले जातिय बिकास बोर्डले गोर्खा जाति टुक्रिने बारम्बार बयान दिइरहेको अवस्थामा अहिले आएर पुन: आफैहरूले पनि जातिय बिकास बोर्ड गठन गर्छु भन्नु मोर्चा नेताहरूमा दुर्दर्शिताको अभाव रहेको बताएका छन्। 
जीटीएले बिकास बोर्ड गठन गर्ने कुराको उनले स्वागत गर्दै यसले मोर्चाको आफ्नो नीति नभएको कुरा उदाङ्गो भएको दाबी समेत गरे। 
यसक्रममा विभिन्न जातिय बिकास बोर्ड गठनले जाति टुक्रिन्छ भन्ने मोर्चाले के त्यसो हो भने उनीहरूले पनि जातिलाई टुक्राउन खोजेका हुन् भनि प्रश्न तेर्साएका छन्। उक्त बोर्ड गठन केवल जनतालाई आफ्नो पक्षमा तान्ने झिनो प्रयास मात्र हो भन्दै बोर्ड गठन राम्रो भए पनि जीटीएले गठन गर्ने बोर्डबाट जनताले बिकासको अपेक्षा राख्नु गलत हुने दाबी समेत गरे। 
‘एक समय मोर्चाले बोर्ड गठन हुँद जाति टुक्रिन्छ भनेर हल्ला पिट्यो। आज त्यहीँ जीटीएले कसरी बोर्ड बनाउँछु भन्दैछ?’ डा. छेत्रीले प्रश्न गरे। हाल मोर्चामा नेतृत्वको अभाव रहेको कारण नै उनीहरूले कुनै पनि कार्य भविष्यमा के हुनेछ भन्ने नसोंची बोल्ने गरेको आरोप समेत लगाएका छन्। 
यसक्रममा मोर्चाको बोर्ड गठनको कार्य आगमी विधानसभा चुनावलाई हेरेर चलेको राजनैतिक चलखेल हो भन्दै यस्तो राजनीतिबाट जनता सचेत बस्नुपर्ने आह्वान समेत जाप अध्यक्ष डा. छेत्रीले गरेका छन्। 
‘आफूसँग वितृष्ण भएर पाखा लागेर गएका मानिसहरूलाई बोर्ड गठन गरेर आफूसँग आउँछ कि भन्ने चुनावी अख्तियार मात्र हो यो बोर्ड गठनको कुरा। यस्ता कुनै नीति नभएका एडहक नेताहरूबाट जनताले निकास पाउने अपेक्षा राख्नु मूर्खता मात्रै हो’ डा. छेत्रीले भने। 
अर्कोतर्फ डा. छेत्रीले सिन्कोना विभागका हुने पदोन्नती कानूनभित्र श्रमिकहरूको हितमा विभिन्न पदहरू अन्तर्भुक्त नगरेसम्म जन आन्दोलन पार्टीले नियुक्ति प्रक्रियामा प्रतिवाद जनाउने जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले बताएका छन्। केहिवर्ष अघि सिन्कोना विभागमा ग्रुप डी कर्मचारी नियुक्ति प्रक्रियालाई लिएर कोलकोता उच्च न्यायलयमा मुद्दा दर्ता भएको कारण नियुक्ति प्रक्रिया रोकिएको बताउँद हाल सिन्कोना निर्देशक डा. सामुएल राईले नियुक्ति नियम बनाउने कार्य गरिरहेको जानकारी गराए। 
उनले उक्त नियुक्ति प्रक्रियामा कतिपय आवश्यक विषयवस्तु छोडिएको अनि श्रमिकवर्गलाई अन्याय हुने तिनले बताए। यसकारण सम्पूर्ण श्रमिकवर्गको हितमा आफूहरूले चाँडै निर्देशकलाई भेटघाट गर्ने डा. छेत्रीले जानकारी दिएका छन्। 
अर्कोतर्फ केहि दिन अघि गोजमुमो पार्टीको श्रमिक संगठनका नेतृत्ववर्गले हर्टिकल्चर मन्त्रीलाई भेटघाट गरेपछि सिन्कोनामा चुनाव अघि नै नियुक्ति अनि पदोन्नती प्रक्रिया सुरू गर्ने समाचार प्रकाशित भएको थियो। डा. छेत्रीले उक्त समाचारको खण्डन गर्दै नियुक्ति प्रक्रियाको नियम बनिन अघि नै यसरी मनपरी नियुक्ति हुन नदिने स्पष्ट बताएका छन्। यस विषयमा उनले कोलकोतामा चाँडै हर्टिकल्चर मन्त्रीसँग भेट गर्ने बताएका छन्। 
 यता जन आन्दोलन पार्टीको मुखपत्र ‘जन कलम’ आज लोकार्पण गरिएको छ। यहाँको मेन रोडमा पार्टी विस्तारको निम्ति खुल्ला सदस्यता लिने क्रम चलिरहेको अवस्थामा पार्टीको मुख पत्र जन कलम सार्वजनिक गरिएको हो। 
यस अवसरमा पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, केन्द्रिय नीति निर्धारण समितिका सदस्यद्वय अन्मोल प्रसाद, अमर लामा, महासचिव नयन प्रधान, एल.एम शर्मा आदिको वाहुलीबाट उक्त पत्रिकाको औपचारिक विमोचन गरिएको हो। पार्टीको मुखपत्र विमोचन पछि जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले उक्त पत्रिकामा जनताको समस्या अनि जनताको आवाजलाई प्रकाशित गर्दै पार्टीको नीति निर्धारण पनि जनताको आवाजलाई सुनेर गर्ने बताएका छन्।

Related Posts

0 Response to "जीटीएले बिकास बोर्ड गठन गर्ने विषयमा जापको प्रतिक्रिया .....मोर्चा भित्र दूरदर्शी नेताको अभाव छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.