-->
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले 17 वटा जातगोष्ठी डेभलोप्मेन्ट बोर्ड गठन गर्ने

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले 17 वटा जातगोष्ठी डेभलोप्मेन्ट बोर्ड गठन गर्ने

प्रेवि: कालिमन्युज,12 फरवरी 2016: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले डेभलोभमेन्ट बोर्ड गठन गर्ने निर्णय आफ्नो जीटीए सभाको बैठक मा निर्णय लिएको छ। यस सम्बन्धमा बिमल गुरुङ अफिसियल फेसबुक सोसियल नेटवर्क मा एउटा विज्ञप्ति पोस्ट गरिएको छ। 
यसमा यसरी उल्लेख गरिएको छ कि गोर्खा समुदायका 17 वटा जातगोष्ठी क्रमैले गुरूङ, भूजेल, नेवार, राई, सुनवार, थामी, याक्खा(देवान), खस, राई, मगर,लिम्बु, तामाङ, डुक्पा, लाप्चे, शेर्पा, भोटिया, यल्मो अनि अनुसूचित जातिको निम्ति अब गोरखाल्याण्ड क्षेत्रीय प्रशासनले डेभलोप्मेन्ट बोर्ड गठन गर्नेछ। लामो समयदेखि केन्द्रिय जनजातिको माग गर्दै आइरहेका 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा दिलाउन पनि गोर्खा जनमुक्ति मोर्चा उत्तिकै प्रतिवद्ध रहेको छ भने उनीहरूको विकासको निम्ति जीटीएको तर्फबाट 17 वटा जातगोष्ठीको निम्ति डेभलोप्मेन्ट बोर्ड गठन गर्ने पनि जीटीए सभाले प्रस्ताव पारित गरेको छ। 
हिजो सम्पन्न भएको जीटीए सभाको बजट सत्रको अवधि जीटीएले उक्त प्रस्ताव पारित गरेको हो। प्रत्येक जातको डेभलोप्मेन्ट बोर्डको निम्ति जीटीएले 5 करोड़ रूपियाँ आर्थिक अनुदान प्रदान गर्ने जीटीए सभाले प्रस्ताव पारित गरेको छ भने चाड़ै उक्त जातगोष्ठीका प्रतिनिधिहरूसित बैठक बसेर जीटीएले बोर्ड गठनको पहल शुरू गर्नेछ। 
राज्य सरकारद्वारा प्रदान गरिएको डेभलोप्मेन्ट बोर्डको उद्धेश्य गोर्खाहरूलाई साम्प्रदायिकरूपमा विभाजित गराई गोर्खाल्याण्डको मुद्दालाई कमजोड़ बनाउनु रहेको छ भने जीटीएद्वारा प्रदान गरिने डेभलोप्मेन्ट बोर्डको मुख्य उद्धेश्य नै गोर्खा समुदायलाई साम्प्रदायिकरूपमा एकमुष्ट बनाई गोर्खा समुदायको विकास अनि गोर्खाल्याण्डको मुद्दालाई शक्तिशाली बनाउनु रहेको छ भनी यसमा बताइएको छ। 
यसबाहेक हिजो सम्पन्न जीटीए सभाले जीटीएको प्रत्येक विभागलाई आवश्यक पर्ने विकास कोषको विवरण संग्रह गरी पूर्ण विकास बजेटको रूपरेखा तयार पार्ने प्रस्ताव पनि पारित गरेको छ। यस कार्यलाई पूर्ण गर्नको निम्ति जीटीए सभाले सात सदस्यीय कमिटी पनि गठन गरेको छ। 
उक्त कमिटीको सदस्यहरू क्रमैले सभासद् श्री पेम्बा छिरीङ ओला, सभासद् श्री ज्योति कुमार राई, सभासद् श्री तिलकचन्द्र रोका, सभासद् सुश्री उर्मिला रूम्बा, सभासद् श्री कल्याण देवान, सभासद् योगेन राई अनि सभासद् श्री फूबी राई रहेको छ। उक्त कमिटीको नेतृत्व सभासद् श्री पेम्बा छिरीङ ओलाले गर्नेछन् भने जीटीए सचिव अनि प्रत्येक विभागका अधिकारीहरूले पनि कमिटीलाई सहयोग पुराउनेछन्। 
गोर्खाल्याण्डसितै जीटीएक्षेत्रको विकासको निम्ति पनि कटिवद्ध हामीलाई उक्त पहलले जीटीए क्षेत्रको विकासकार्यको निम्ति आर्थिक व्यवस्थापनमा महत सहयोग पुग्ने जीटीएलाई विश्वास रहेको पनि यस विज्ञप्तिमा उल्लेख गरिएको छ।

Related Posts

0 Response to "गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले 17 वटा जातगोष्ठी डेभलोप्मेन्ट बोर्ड गठन गर्ने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.