-->
न्यू ब्लक डिमाण्ड कमिटि टिस्टाको सभा

न्यू ब्लक डिमाण्ड कमिटि टिस्टाको सभा

डी के वाइबा, कालिमन्युज, कालेबुङ ८ जनवरी। न्यू ब्लक डिमाण्ड कमिटि टिस्टाको आयोजनामा स्थानीय तकलिङ १ ग्राम पञ्चायत अन्तर्गत पर्ने बढा मङवामा टिस्टा ब्लक सम्बन्धी एक महत्वपूर्ण सभा बस्यो । सभाको अध्यक्षता मङवा क्षेत्रका वरिष्ठ नागरिक कृष्ण बुढाथोकीले गरेका थिए । 
सर्वप्रथम न्यू बल्क डिमाण्ड कमिटिका सचिव दिलिप प्रसादले सम्बोधनको क्रममा कालेबुङ जिल्लाको मानचित्रमा टिस्टालाई एउटा ब्लकको रूपमा प्रस्तावित गरिएको अवगत गराए । उनले कमिटीले टिस्टालाई संलग्न हाईवे क्षेत्र रम्बी, कालिझोडा, रम्फु अनि तकलिङ आदि क्षेत्रहरूलाई समावेश गरेर ब्लकको रूपमा बढोत्तरी गरी जनसाधारणलाई प्रशासनिक सुविधा प्रदान गरिनुपर्छ भन्ने माग रहेको बताए । 
उनले तकलिङ विशेष रूपले कृषि प्रधान क्षेत्र रहेको अनि यहाँका ९५ प्रतिशत मनिसहरूले खेती गर्ने हुनाले यस क्षेत्रलाई कलेबुङ जिल्लामा गाभ्न सके धेरै उत्तम हुने बताए । बढ़ा मङवा निवासी प्रेम मोक्तानले आफ्नो सम्बोधनमा क्षेत्रवासीलाई जीवन यापनका आवश्यकतासाथै शैक्षिक, प्रशासनिक, स्वास्थ्य सेवासाथै भौगोलिक दुरी अनि यातायातको दृष्टिकोणले कालेबुङ जिल्ला अधिनस्त टिस्टा ब्लकमा तकलिङ ग्राम पञ्चायत क्षेत्रका जनसाधारणलाई धेरै सुविधा हुने बताए । 
सभामा उपस्थित सबैले आफुहरू सबै नै टिस्टा ब्लक निर्माणको समर्थनमा रहेको बताए । सभामा न्यू ब्लक डिमाण्ड कमिटिका उपाध्यक्ष निर्मल रसाइली, मनोज थापा, रमेश प्रसाद, रोसन राई अनि तकलिङसाथै मङवा क्षेत्रवासीको राम्रो उपस्थिति रहेको थियो । 
सभामा टिस्टा न्यू ब्लक कमिटिमा तकलिङबाट इजाक लेप्चा, जोयलसन लेप्चा, बढा मङवाबाट प्रेम मोक्तान, विनय प्रधान अनि लोवर मङवाबाट ज्ञान छिरिङ लेप्चा सदस्यको रूपमा चयन गरियो भने सभाको सञ्चालन सुधिर मुखियाले गरेका थिए ।

Related Posts

0 Response to "न्यू ब्लक डिमाण्ड कमिटि टिस्टाको सभा "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.