
सिक्किमको प्रमुख परियोजनाहरूलाई पूर्वोत्तर क्षेत्र विकास विभागले सहायता प्रदान गर्नेछः डा. जितेन्द्र सिंह
पीआइबी, नयाँ दिल्ली, १९ जनवरी। केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास विभाग (स्वतन्त्र प्रभार) प्रधानमन्त्री कार्यालय, कार्मिक, लोक शिकायत, पेन्सन, परमाणु ऊर्जा र अन्तरिक्ष राज्यमन्त्री डा. जितेन्द्र सिंहले डोनर मन्त्रालय सिक्किमको सबै प्रमुख विकास परियोजनाहरूलाई सहयोग दिन प्रतिबद्ध भएको र अन्य केन्द्रिय मन्त्रालयहरूसित उनीहरूको दायराभित्र चलिरहेका परियोजनाहरूमा तीव्रता ल्याउनका लागि पनि समन्वय स्थापित गर्ने सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई आश्वासन दिएका छन्। आज सिक्किमको तीन दिवसीय भ्रमणमा आएका डोनर मन्त्रीले सिक्किमबाट फर्कनअघि डा. जितेन्द्र सिंहले पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय र पूर्वोत्तर परिषद्का वरिष्ठ अधिकारीहरूसित राज्यमा पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयद्वारा सञ्चालन गरिँदै आएका विभिन्न परियोजनाहरूको समीक्षा गरे। उनले सिक्किमका मुख्य अचिव आलोक श्रीवास्तव र राज्य प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूसित जानकारीको आदन प्रदान पनि गरे।
मीडियाकर्मीहरूसित कुराकानी गर्दै डा. जितेन्द्र सिंहले जैविक खेती मिशन शुरु गराएकोमा सिक्किमका जनता प्रधानमन्त्री नरेन्द्र मोदीप्रति धेरै आभारी छन्। यो मिशनले अन्य राज्यका लागि पनि प्रतिमान स्थापित गर्नेछ। यद्यपि, सिक्किम एउटा सानो राज्य हो तर यो अतिनै प्रगतिशील र विकास उन्मुख छ। यो कुरा ११औं पञ्चवर्षीय अवधिमा २२.८ प्रतिशतको प्रभावशाली वृद्धि दर दर्ता गरिएकाले पुष्टि गर्दछ।
पूर्वोत्तर क्षेत्र मन्त्रालयद्वारा सहयोग गरिँदै आएका विभिन्न परियोजनाहरूको उल्लेख गर्दै उनले भने, ननलेप्सेबल सेन्ट्रल पुल अव् रिसोर्सेस (एनएलसीपीआर) अन्तर्गत राज्यमा ४८७.९१ करोड रुपियाँको लागतले १८३ परियोजनाहरूलाई पूरा गरिएको छ। यसबाहेक ७२१.८९ करोड रुपियाँको लागतमा ४१ वटा परियोजनाहरूमा काम भइरहेको छ। यस्तै प्रकारले पूर्वोत्तर परिषद् (एनईसी) अन्तर्गत राज्यमा ३२१.३३ करोड रुपियाँको लागतमा ५४ परियोजनाहरूलाई मञ्जुरी दिइएको छ। यसका लागि २१८.५४ करोड रुपियाँ अघिबाटै जारी भइसकेको छ।
निकट भविष्यमा शुरुहुने केही प्रमुख परियोजनाहरूको बारेमा बोल्दै डा. जितेन्द्र सिंहले पाकिममा निर्माणाधिन ग्रिनफिल्ड हवाई अड्डा २०१७ सम्ममा तयार हुने आशा गरिएको बताए भने यसको संसोधित लागत ६०५.५९ करोड रुपियाँ रहेको उल्लेख गरे। अन्य महत्त्वपूर्ण परियोजनाहरूमा ४१९० करोड रुपियाँको लागतले ४५ किलोमिटर लामो सेवक-रम्फू रेलवे लाइनको निर्माण गर्नु सामेल छ। यस परियोजनाको विशेषता १४ वटा सुरुङहरू रहनेछ भने यसमा २८ वटा पूलको निर्माण गरिनेछ। यो रेलवे लाइन कञ्चनजङ्घा पर्वत शृङ्खला र टिस्टा नदी घाटी भएर मोहर र नयनाभिराम यात्राको अनुभव गराउने डोनर मन्त्रीले बताए।
0 Response to "सिक्किमको प्रमुख परियोजनाहरूलाई पूर्वोत्तर क्षेत्र विकास विभागले सहायता प्रदान गर्नेछः डा. जितेन्द्र सिंह"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.