हाम्रो रणनीति सही दिशामा अघि बढीरहेको छ – डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा, कालेबुङ, 4 दिसम्बर। कालेबुङ जिल्लाको मुद्दालाई अघि सारेर गोजमुमो पार्टी समेत त्यागेका कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीलाई आज जिल्ला समर्थकहरूले निक्कै हैरान पारे।
एक राष्ट्रिय अङ्ग्रेजी दैनिक समाचार पत्रमा कालेबुङ जिल्ला गठन हुने निश्चित रहेको नवन्ना स्रोतलाई उत्धृत गर्दै समाचार प्रकाशित भएपछि उनलाई जिल्ला समर्थकहरूले धेरै फोन गरेर हैरान पारेका हुन्। केहि दिन अघि मुख्य मन्त्री ममता ब्यानर्जीले एक जनसभालाई सम्बोधन गर्दै नयाँ चारवटा जिल्लाहरू क्रमैले बसिरहाट, झारग्राम, आसनसोल र सुन्दरवन गठन गर्ने घोषणा गर्न साथ कोलकोता हिँडेका डा. छेत्री हिज मात्रै कालेबुङ आइपुगेका हुन्।

कोलकोताबाट कालेबुङ आइपुग्न साथ यसरी कालेबुङलाई जिल्लाको मर्यादा दिन राज्य सरकार सैद्धान्तिक रूपले तयार भैसकेको समाचार प्रकाशित भएको कुराले डा. छेत्री पनि आज निक्कै खुशी देखिन्थे। यस्तो अवस्थामा अझ जिल्लाका समर्थकहरूले उनलाई लगातार फोन गरेर बधाई दिँदा उनको मनोबल अझ बृद्धि भएको स्पष्ट देखिन्थ्यो।
कालेबुङ जिल्ला गठन हुने प्राय: निश्चित रहेको समाचार प्रकाशितको खबरले डा. छेत्री खुशी बनिरहेको अवस्थामा उनलाई पत्रकारहरू प्रतिक्रिया लिन घरमा पुग्दा आफ्नो खुशी प्रकट नगरी बस्न सकेनन्। उनले पत्रकारहरू सित कुराकानी गर्दै मुख्यमन्त्री ममता व्यानर्जीलाई जिल्ला गठनको पहलको निम्ति धन्यवाद दिएका छन भने जिलाप्रेमी कालेबुङवासीहरूलाई बधाइ पनि दिए। अस्ती 4 वटा नयाँ जिल्लाको घोषणा हुँदा जुन प्रकारले जनतामा एउटा निराशा जस्तो छाएको थियो यस समाचारले सबै निराशा हटाएको छ। मलाई विश्वास थियो तर समयको बारेमा म आफै पनि स्पष्ट थिइनँ। समयसिमा तोकेर आलोचनाको पात्र हुन चाहेको थिइनँ। तर, मैले जुन आत्मविश्वाससित कुरा उठाएको थिएँ, त्यो तथ्यमा आधारित थियो, गलत थिएन भन्ने समाचारले पुष्टि ग़रेको छ” – डा. छेत्रीले भने।
यसक्रममा उनले मुख्यमन्त्रीको राजनैतिक इच्छाशक्ति र दूरदृष्टिले यो सम्भव हुनुसकेको दाबी गर्दै तिनको स्थानमा अरू भएको भए यो सम्भव हुने थिएन भनि जनाए। डा. छेत्रीले आगामी दिनमा मिलेर काम गर्नुपर्छ भन्दै ‘तरिकाले मागे पाउनेछ। जसलाई विश्वास थिएन उनीहरूलाई पनि यो घटना उदाहरण भयो, कसो गर्दा माग हासिल गर्नु सम्भव हुँदा रहेछ, उनीहरूले पनि बुझेर काम गरोस भन्ने शुभकामना छ” भने।
डा. छेत्रीले पत्रकारहरूसँग बोल्दै आफूहरूको रणनीति सही दिशामा अघि बढिरहेको पनि दाबी गरेका छन्। यसैक्रममा कालेबुङलाई जिला बनाएर अथवा हर्कबहादुर छेत्रीलाई हतियार बनाएर गोर्खाल्याण्डको मुद्दालाई कमजोर बनाउन सकिन्छ’ भनि एकजना मन्त्रील दाबी गरेको पनि समाचार पत्रमा उल्लेख गरेको सन्दर्भमा डा. छेत्रीलाई प्रश्न गर्दा उनले भने- ‘जति धेरै जिल्ला बनायो उति अलग राज्य पाउन सजिलो हो भनेर साथीहरूले अघिबाटै भनेका हुन्। त्यसो हो भने कालेबुङ जिल्ला बनिँदा कसरी गोर्खाल्याण्डको मुद्दा कमजोर हुन्छ? बरू उनीहरूले त मलाई धन्यवाद पो दिनु पर्ने हो।”
यसक्रममा डा. छेत्रीले कुनै पनि लक्ष्य प्राप्तिको निम्ति सही रणनीतिको आवश्यक्ता हुने बताउँदै गोजमुमोको पनि आफ्नो माग र मुद्दाहरूप्रति गम्भीर र सही रणनीतिसँग अघि बढ्नु पर्ने संकेत गरेका छन। “यहानेर संकेत के छ भने राज्य चहाने साथीहरूले गम्भीरपूर्वक रणनीति बनाउनु पर्यो। आधार भत्केको कारणहरूको अध्ययन र निवारण खोज्नुपर्यो। उद्देश्यमा मात्र इमानदार भएर भएन, रणनीति पनि सशक्त हुनुपर्यो। रणनीतिले अलग राज्य पाइन्छ। रणनीतिमा त्रुटी भएकै कारणले आजको परिस्थिति निर्माण भएको हो’ डा. छेत्रीले गोजमुमो नेताहरूको नाउँ नलिइ कटाक्ष गर्दै भने। आजसम्म मोर्चाले सही रणनीति बनाउन नसकेको कारण नै उनीहरूको कार्यक्रम सफल हुन नसकेको सङ्केत गर्दै ‘सरकारले त्यसबेला मात्र रणनीति बनाउँछ जतिबेला मागतिर अघिबढी रहेका मानिसहरू सही रणनीतिसँग तयारी गरिरहेका हुदैनन’ भन्दै आफ्नो रणनीति फस्न सक्ने प्रकारका नरहेको बताए।
यसक्रममा उनले जिल्ला दिएर राज्यको स्वार्थ र दृष्टिकोण जेसुकै भए पनि मोर्चाले यसलाई गलत प्रमाणित गरेर आफ्नो राजनैतिक परिपक्वता देखाउनुपर्ने सुझाव दिएका छन। “जिल्ला गठन गरेर गोर्खाल्याण्डलाई कमजोर पार्ने सकिन्छ भन्ने राज्यको दृष्टिकोण होला, यसलाई भूल प्रमाणित गर्न सक्नु पर्छ। प्रमाणित गरेर देखाउनु सके भने त्यो उनीहरूको सही राजनैतिक पदक्षेप मान्न सकिन्छ। सकेनन् भने त्यो योग्यता छैन भनेर बुझ्दा भयो’ डा छेत्रीले गोजमुमो नेताहरूलाई चुनौति नै दिएर भने। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले आगमी जिल्लाको मुद्दा पूर्ण रूपले फत्ते भएपछि चिया अनि सिन्कोना अनि वनबस्तीबासीहरूको पर्चापट्टाको मुद्दालाई लिएर अघि बढ्ने संकेत दिएका छन। “अब अर्को मूल मुद्दा,चिया अनि सिन्कोनाबगान अनि वनबस्तीका बासिन्दाहरूको पर्चापट्टाको कुरा हामी बलियो तरिकाले उठाउनु पर्छ। यसबारे मुख्यमन्त्री समक्ष चर्चा गरेको पनि छु” – डा. छेत्रीले अझ भने।

0 Response to "हाम्रो रणनीति सही दिशामा अघि बढीरहेको छ – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.