-->
स्थायीकरणको मागमा अस्थायी कर्मचारीवर्गद्वारा ‘पेन-डाउन’ हडताल सुरू  ..........   स्थायीकरणको निम्ति भविष्यमा जोडदार आन्दोलन गर्न तयार छौँ – के.सी. राई

स्थायीकरणको मागमा अस्थायी कर्मचारीवर्गद्वारा ‘पेन-डाउन’ हडताल सुरू .......... स्थायीकरणको निम्ति भविष्यमा जोडदार आन्दोलन गर्न तयार छौँ – के.सी. राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ३ दिसम्बर। पश्चिम बङ्गालमा ब्रामफ्रण्ट सरकारदेखि तृणमूल सरकारसम्म अनि दार्जीलिङ पहाडमा दागोपापदेखि जीटीए सम्म आइपुग्दा पनि अस्थायी कर्चारीवर्गको स्थायीकरण हुने सपना पुरा हुन सकेको छैन। जसले गर्दा उनीहरू दिर्घ दिनदेखि स्थायीकरणको माग गर्दै आन्दोलन गर्न वाध्य बनिरहेका छन्। स्थायीकरणको मागमा बारम्बार आन्दोलन गर्दा पनि समस्या समाधान नभए पछि यसपल्ट भने अस्थायीकर्मचारीवर्गले जोडदार आन्दोलन गर्ने तर्खर गरिरहेको छ। 
यसैक्रममा जनमुक्ति अस्थायी कर्मचारी संगठनले आज देखि आगमी 5 दिसम्बर सम्म तीन दिनव्यापी ‘पेन डाउन’ हडताल सुरू गरेको छ। जीटीए क्षेत्रका सम्पूर्ण पे-व्याण्ड अस्थायी कर्मचारीवर्गलाई सरकारको उदासीन नीतिको कारण अहिलेसम्म स्थायीकरण नगरेको आरोप लगाउँदै यथाशिघ्र सरकारले स्थायीकरण गर्नुपर्ने माग गर्दै उनीहरूले प्रारम्भिक चरणमा तीन दिनव्यापी पेन डाउन हडताल सुरू गरेको हो। 
‘पेन डाउन हडताल हाम्रो सरकारलाई ध्यान आकर्षण गराउन गरिएको सांकेतिक विरोध हो। यदि सरकारले आगमी दिनमा अस्थायी कर्मचारीवर्गको समस्या समाधान गर्दैन भने हामी सडकमा उत्रेर आन्दोलन गर्न वाध्य हुनेछौँ’ – अस्थायी कर्मचारी संगठन कालेबुङ महकुमा समितिका अध्यक्ष के.सी. राईले भने। 
उनले दिएको जानकारी अनुसार गत 9 नोभेम्बरका दिन कोलकोतामा राज्य सरकार अनि जीटीए प्रतिनिधी माझ सम्पन्न भएको बैठकमा अस्थायी कर्मचारीवर्गको समस्या समाधान गर्न राज्य सरकारेले जीटीएलाई एक महिना भित्रमा सम्पूर्ण विवरण पठाउनु पर्ने आदेश दिएको थियो। जसले गर्दा आगामी 15 दिसम्बरको दिन हुने दुई पक्षिय वार्ता अस्थायीकर्चारीवर्गको समस्या समाधानको निम्ति निर्णय गर्न सकोस् भनि राज्य सरकारले आदेश दिएको थियो। जसबारे सरकारलाई जीटीएले पत्रचार पठाएको अनि आगमी 15 दिसम्बरको दिन सम्पन्न हुने दुईपक्षिय वार्तामा चुढान्त निर्णय गरिनुपर्छ भनि दबाव दिन नै अस्थायी कर्मचारीवर्गले पेन-डाउन हडताल सुरू गरेको राईले जानकारी गराए। 
‘जीटीएले सरकारलाई सम्पूर्ण विवरण पठाएको जानकारी पाएका छौँ। उक्त पत्र सम्बन्धित निकायमा पुगेर आगमी वार्तामा चुढान्त निर्णय गरिनुपर्छ भन्ने अस्थायी कर्मचारीवर्गको माग हो। यदि त्यस वार्तामा निर्णय हुन सकेन भने हामी सडकमा ओर्लिएर आन्दोलन गर्न बाध्य बन्नेछौँ’ के.सी राईले स्पष्ट भने। आजसम्म अस्थायी कर्मचारीहरूको समाधान गर्न सरकार तत्पर नबनेको कारण यस समस्या समाधान नभएको आरोप लगाउँदै सरकारको उदासिन नीतिले अस्थायी कर्मचारीवर्ग समस्यामा परिरहेको उनले आरोप लगाए। यसबारे जीटीएले पनि सरकारलाई दबाव दिएर समस्या समाधानको निम्ति पहल गर्नु पर्ने उनले माग गरेका छन्।
स्थायीकरणको मागमा आफूहरूले पेन डाउन हडताल गरेर साधारण जनतालाई समस्यामा पार्न नचाहे पनि धेरैवटा कार्यलयहरूमा जनसाधरणले भोग्न पर्ने असुविधाहरूबारे उनले खेद प्रकट गरेका छौँ। 
‘हामी साधारण जनतालाई समस्या दिन चाहँदैनौँ। यद्यपी पेन डाउन गर्दा समस्या भएको खण्डमा हामी खेद प्रकट गर्छौँ। हाम्रो यस विकट समस्या समाधानको निम्ति यसघडीमा जनताले पनि साथ दिनुहुनेछ भन्ने अपेक्षा साँचेका छौँ’ – के.सी राईले अझ भने। 
स्थायीकरणको मुद्दालाई सरकारले गम्भीरता सँग लिएर समाधान नगरेको खण्डमा यदि भविष्यमा जोडदार आन्दोलन गर्न परे कतिपय विभागहरू पूर्णरूपले बन्द हुने अवस्थामा पुग्न सक्ने पनि उनले जनाए। किन भने कतिपय विभागहरूमा स्थायी भन्दा अस्थायी कर्मचारीवर्गको संख्या नै धेर भएको कारण नै उनीहरूले आन्दोलन गरे विभागहरू बन्दको मुखमा पर्न सक्ने तिनले जानकारी गराए। यद्यपी समस्या समाधान नभए भविष्यमा सम्पूर्ण अस्थायी कर्मचारीवर्ग आन्दोलन गर्नका निम्ति तयार रहेको तिनले अझ बताएका छन्। 

0 Response to "स्थायीकरणको मागमा अस्थायी कर्मचारीवर्गद्वारा ‘पेन-डाउन’ हडताल सुरू .......... स्थायीकरणको निम्ति भविष्यमा जोडदार आन्दोलन गर्न तयार छौँ – के.सी. राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.