खम्बुहरूको बिकास बोर्ड गठन गरीदिने ममता ब्यानर्जीको आश्वासन ....... मुख्यमन्त्रीलाई भव्य स्वागत गरिनेछ – सन्दिप कुलुङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 2 दिसम्बर। लेप्चा, तामाङ, शेर्पा, भोटिया, मंगर बिकास बोर्ड पछि अब किराँती खम्बु राईहरूले बिकास बोर्ड पाउने निश्चित भएको छ। सम्पूर्ण राई जातिको भाषा, साहित्य र संस्कृतिको बिकासको निम्ति जनजातिको मान्यता सँगै बिकास बोर्ड गठनको माग गरिरहेका खम्बु राईट्स मुभमेन्ट (खरामु) का प्रतिनिधीवर्गलाई आगामी विधानसभा चुनाव अघि नै बिकास बोर्ड गठन गरिदिने मुख्यमन्त्री ममता व्यानर्जीले आश्वासन दिएकी छन्।
सरकार पक्षबाट निमन्त्रण पाएर आईतबार कोलकोता प्रस्थान गरेका खम्बु राईट्स मुभमेन्टका प्रतिनिधीवर्गले सोमबार कालिघाटमा मुख्यमन्त्री ममता ब्यानर्जीसित भेटघाट गरेका थिए। यसै अवसरमा मुख्यमन्त्रीले राई बिकास बोर्ड चाँडै गठन गरिदिने आश्वासन दिएको कोलकोताबाट कालेबुङ आइपुगेका प्रतिनिधी टोलिले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका हुन्।
मुख्यमन्त्री सितको भेटवार्ताबारे जानकारी गराउँदै खरामुका महासचिव सन्दिप कुलुङले यसपल्टको वार्ता धेरै फलदायक रहेको बताए।
उनले भने – ‘यसभन्दा अघि हामीले खम्बु जातिको बिकास र अधिकारको निम्ति धेरै पल्ट मुख्यमन्त्री अनि सम्बन्धित विभागमा पत्रचार गरीसकेका थियौं। यसपल्टको भेटमा मुख्यमन्त्रीले राई जातिको निम्ति अब छिट्टै बिकास बोर्ड गठन गरीदिने बताएकी छन्।’ बिकास बोर्डको विषयमा खम्बु राइट्स मुभमेन्ट्सको पक्षबाट धेरैवटा पत्र पाइसकेको अनि यस विषयमा आफु अगावै अवगत रहेको बताउँदै मुख्यमन्त्रीले राई जातिको बिकास र उत्थानको निम्ति पहल गरीदिने पनि मुख्यमन्त्रीले बताएको कुलुङले अझ बताए।
यसक्रममा सन्दिप कुलुङले पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राई जातिप्रतिको भावनालाई कदर गर्दै केही दिनमा कालेबुङ आउँदा हजारैं खम्बुहरू थुपारेर खम्बु राइट्स मुभमेन्ट्ले स्वागत जनाउँदै आभार व्यक्त गर्ने बताएका छन्। ‘यसभन्दा अघि पनि खरामुले मुख्यमन्त्री कालेबुङ आउँदा स्वागत जनाइसकेको छ भने अब आउँदा अझै भव्य रूपमा स्वागत गरिने छ’ सन्दिप कुलुङले भने।
उनले उक्त भेटघाटको क्रममा मुख्यमन्त्रीसित खम्बुहरूको दिर्घमियादी माग जनजाति मान्यता एंव राज्यको स्वीकृतिबारे पनि कुरा राखेको बताउँदै यसबारे पनि उनले पहल गरिदिने आस्वासन दिएको थप जानकारी गराए।
अर्कोतिर खम्बु राइट्स मुभमेन्ट्सका संयोजक एंव एपेक्स बडीका मुख्य संयोजक बिनेस खम्बुले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीको पहल सम्पुर्ण खम्बुहरूको हितमा रहेको कारण सबै खम्बुहरू एक हुने समय आएको बताए। बिकास बोर्ड कुनै व्यक्ति विशेषले मात्र सञ्चालन गर्न नपाउने बताउँदै यसमा बंगाल भरीका खम्बु तथा खम्बु संगठनहरू अघि आउनपर्छ अनि यसको निम्ति फुटेर होइन जुटेर अघि बडने समय हो भनि बिनेश खम्बुले बताए।
‘हामी जातिको अधिकारको निम्ति अघि आएका छौं, खम्बु युवा अनि नानीहरूको भविष्यको निम्ति हामी खरामुका युवाहरू वर्तमान गुमाउन तयार छौं। तसर्थ हाम्रो कार्यमाथि औंला उठाउँनेहरूप्रति हामीलाई भन्नु केही छैन। हामी कर्ममा विश्वास गर्छौं’ बिनेश खम्बुले भने।
उनले खम्बु राईहरुको प्रमुख माग अनुसुचित जनजातीको रहेको बताउँदै यस मागको निम्ति पनि आफूहरू अडिग रहेको प्रतिबद्धता जाहेर गरेका छन्।
‘जनजातिको माग माग्नु पर्ने ठाउँमा, उचित ढङ्गमा अनि गर्नु पर्ने सबै तक्निकी र लेखापडी अनुसार गर्नु गर्ने काम खरामुले गर्दैछ। केवल मन्त्री र अधिकारीलाई भेटेर वा ज्ञापन बुझाएर मात्रै यो सम्भव छैन। यसको तकनिकी पक्ष पनि हेर्नू अनि जान्नु अनिवार्य छ’ बिनेश खम्बुले अझ भने। जनजातिको मान्यता प्राप्त गर्नका निम्ति राज्य सरकारले केन्द्र सरकारलाई अनुमोदन गरेर पठाउनु पर्ने भएको कारण पनि आफूहरूले राज्य सरकारको ढोका ढक्-ढकाएको बिनेश राईले जनाए।
आजसम्म राजनैतिक दलहरुले खम्बुहरुको शक्ति, बल, ज्ञान-बुद्धि र अन्य क्षमता प्रयोग गरेको बताउँदै अब उसो सम्पूर्ण खम्बुअहरू सचेत बन्नु पर्ने पनि उनले आह्वान गरे।
0 Response to "खम्बुहरूको बिकास बोर्ड गठन गरीदिने ममता ब्यानर्जीको आश्वासन ....... मुख्यमन्त्रीलाई भव्य स्वागत गरिनेछ – सन्दिप कुलुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.