
दुई दिवसिय कालेबुङ महोत्सव सुरू जिल्लाको बील अन्तरिम बजेट सत्रमा पारित हुनेछ – डा. हर्क
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २८ दिसम्बर। ‘आगामी फरवरी महिनामा सरकारले कार्यकालको अन्तिम अन्तरिम बजेट पेश गर्नेछ अनि त्यसै बजट् सत्रमा जिल्लाको बिल पेश हुनेछ। त्यसपछि सदनमा पूर्ण बहुमतमा भएका सरकारले बिल पारित गरेपछि कानुनी रुप बनिनलाई अघि बढाउनेछ। यति भएपछि जिल्लाको बिल पारित नहुने कुनै अप्ठ्यारो छैन’ – उक्त कुरा कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
सृजनशील समुहको आयोजनामा यहाँको टाउन हलमा सम्पन्न भइरहेको दुई दिवसीय कालेबुङ महोत्सवको जिल्लाको बहस कार्यक्रममा विधायक डा. हर्कबहादुर छेत्री, जिल्लाको माग गर्ने पासाङ तामाङ, गोजमुमो पार्टीबाट सभासद दावा लेप्चा, अनिल लोप्चन अनि कालेबुङ महाविद्यालयका प्राचार्य डा. आर.पी. ढकाल प्यानलिस्टका रुपमा उपस्थित रहेका थिए। उक्त बहस कार्यक्रमलाई प्रदिप लोहागुणले सञ्चालन गरेका थिए।
यसैक्रममा क्याबिनेटले पारित गरेको बीललाई कानुनी रुप दिनका निम्ति आइपर्ने अड्चनहरूबारे डा. छेत्रीलाई प्रश्न गर्दा उनले कुनै अड्चन नरहेको दाबी गरे। ‘कालेबुङ जिल्लाको श्रेय गोजमुमो लिन खोजेको आरोप छ नि !’ भनि सभासद दावा लेप्चालाई प्रश्न गर्दा उनले गोजमुमोले नै जिल्लाको माग अघि बढाएको दाबी गरे जसलाई विधायक डा. छेत्रीले स्पष्टरुपमा मोर्चाले कालेबुङ जिल्लाको माग नगरेको दाबी गरे। यद्यपी बहसमा कालेबुङ जिल्ला गठनले सम्पूर्ण पहाडवासीलाई लाभ हुने सबै प्यानलिस्टहरूले दाबी गरे।
बहसमा जिल्लाको मुद्दालाई राजनीतिकरण गर्नका निम्ति सरकारले हतियारको रुपमा अघि लगाएको हुनसक्ने सम्भावनाहरूबारे पनि निक्कै तर्का तर्की भएको थियो भने अनिल लोप्चनले कालेबुङ जिल्ला गठनको क्रममा आउन सक्ने सम्भावित अड्चनहरूबारे बताएका थिए।
यसक्रममा डा. आर.पी ढकालले कालेबुङ जिल्ला गठन पछि पहाडको दुवैवटा जिल्लाहरूमा त्रीस्तरीय पञ्चायत व्यवस्था संवैधानिक रुपले लागु गर्नपर्ने जोड दिँदै यसबाट पुग्ने लाभहरूबारे बताए। दुवैवटा जिल्ला माथी क्षेत्रीय व्यवस्था जीटीएको कस्तो भूमिका हुनपर्ने अनि दुईवटा जिल्लासँग जीटीएको सम्बन्ध कसरी स्थापित गर्न पर्छ भन्ने विषयमा राजनैतिक दल अनि सबैले बिमर्श गर्न आवश्यक रहेको बताए।
कालेबुङ जिल्लाको सिमाङ्कनबारे पनि बहसमा चर्चा चलेको थियो भने विधायक छेत्रीले सिमाङ्कनबारे सरकारलाई बुझाएको पत्रबारे प्रकाश पारेका थिए जसमा मोर्चाले माल मटेली सबैको दाबी गरेको तर्क सभासद दावा लेप्चाले राखे।
यद्यपी उनले यसबारे सरकारलाई मोर्चाले आधिकारिक पत्र लेखेको भने स्पष्ट पार्न सकेनन्।
बहसको कार्यक्रममा ‘कालेबुङ र आम समस्या’ बिषयमा पनि अर्को छुट्टै बहस सम्पन्न भएको थियो। जहाँ प्यानलिस्टका रुपमा माकपा नेता तारा सुन्दास, अतिरिक्त पुलिस अधिक्षक भोलानाथ पाण्डे, चालक महासँघका महेन्द्र छेत्री उपस्थित थिए भने उक्त बहसलाई पत्रकार प्रज्वल छेत्रीले सञ्चालन गरेका थिए। उक्त बहसमा अहिलेघरी कालेबुङमा भएको पिउने पानी, पार्किङको समस्या, बाटो, बिजुली आदि आम समस्याहरूबारे बहस भएको थियो।
अर्कोतर्फ कार्यक्रममा कालेबुङमा अधिवक्ता अनमोल प्रसाद अनि डा. महेन्द्र पी. लामाले आफ्नो वार्ता प्रस्तुत गरेका थिए। ‘समकालीन राजनीति: जटिलता र सम्भावना’ विषयमा आफ्नो वार्ता प्रस्तुत गर्दै अधिवक्ता अनमोल प्रसादले विगतदेखि वर्तमान सम्मका राजनैतिक परिस्थितिहरूबारे गहन बिचार प्रकट गरे।
“हामी एउटा चौतारी आइपुगेका छौँ जुन चौतारीबाट पहिलेका घटनाहरू हेरेर भविष्य तय गर्ने पर्नेछ। हामीलाई विगतका दिनहरूमा प्रत्येक घुम्तिबाट नेतृत्वहरूले गलत बाटोमा हिँडाउने काम गरेछन्। अब भविष्यको बाटो हामीले यसै चौतारीबाट तय गर्न पर्नेछ’ अधिवक्ता अनमोल प्रसादले भने।
उनले आफ्नो सम्बोधनका गोरामुमो पार्टीको शाषणकालमा भएका भूलहरूलाई पन्साएर नयाँ बाटो निर्माणको निम्ति गोजमुमो एउटा शक्तिको रुपमा उदय भएको बताउँदै पछिबाट गोजमुमो पार्टीले पनि विगतका भूलहरू दोहोर्याउने कार्य गरेको बताए।
‘हामी अहिले दुईवटा कुरामा मात्र सोंच्ने भएका छौँ। पहिलो कुरा कसले टेण्डर पाउँछ र त्यस टेण्डर कसले बाँड्छ अनि दोस्रो कुरा कसले रोजगार बाँड्छ र कसले रोजगार पाउँछ’ अनमोल प्रसादले वर्तमान खस्किन्दो राजनैतिक संस्कारको चर्चा गर्दै भने।
यसक्रममा उनले अब पहाडमा दुईवटा जिल्लाहरूले आगमी पाँच वर्षमा ठूलो परिवर्तन ल्याउन सकिने बताए। यसको निम्ति काम गर्नेहरूमा सकारात्म सोंच हुनपर्ने बताए।
‘दिल्लीबाट ल्याएको सांसदले यहाँको बिकास हुँदैन। हाम्रो यहाँकै मान्छे सांसद बनेर संसदमा क्षेत्रको आवज उठाएको हुनपर्छ। तबमात्र हाम्रो आफ्नो माग पुरा गर्न सक्छौँ’ अनमोल प्रसादले भने।
उनले राज्य माग्नेहरूलाई बस माग्नेहरूको उदाहरण दिँदै भने – “हामी बास मागीरहेका छौँ तर सरकारले न्यानो चलाएर देखाऊ भनि दिँदैछ। यस्तो अवस्थामा हामी बस माग्नेहरू न्यानो कुदाउनको साटो खाल्डोमा हाल्दैछौँ अनि फेरि न्यानो खाल्डोमा हालेर बस मागिरहेका छौँ।
अब न्यानो राम्ररी कुदाएर देखाउनुपर्छ अनि पछि सरकारले बस निश्चय दिनेछ’ अनमोल प्रसादले गोर्खाल्याण्ड राज्यको मागबारे कुरा बङ्गाएर भने।
अर्कोतर्फ कार्यक्रममा डा. महेन्द्र पी. लामाले आफ्नो वार्ता प्रस्तुत गर्दै केन्द्रको राजनीति र क्षेत्रिय राजनीतिबारे विस्तृत रुपमा व्याख्या दिए। ‘अब लडाई पाखुरा सुर्काएर होइन बुद्धिले लड्नपर्छ। जबसम्म हामी बुद्धिको लडाई लड्दैनौँ तबसम्म हाम्रो युद्धमा जित हुँदैन’ डा. लामाले भने। उनले छुट्टै राज्य प्राप्तिको निम्ति नेताहरूले जनताली ठूलो ठूलो सपना देखार अन्तमा खाडलमा हालेको बताउँदै यस्तो “ढँटुवारे राजनीतिबाट माथी उठ्नपर्छ’ भने।
उनले दार्जीलिङ पहाडमा सम्पूर्ण व्यवस्था बिग्रेको बताउँदै राजनैतिक संस्कार र कार्यप्रणालीमा सुधार आउन आवश्यक रहेको पनि बताए। ‘खेल जित्नका निम्ति मैदान भित्रै खेल खेल्नपर्छ। गोजमुमोका साथीहरू मैदानबाहिर खेल खेलेको कारण कहिल्यै जित्न सकेन। डा. छेत्रीले मैदान भित्र खेल खेले अनि उनले गोल गरे।
अबको खेला भनेको मैदान भित्र हुनपर्छ अनि यसका निम्ति जनता तयार बस्नपर्छ’ – डा. लामाले भने। उनले पनि दार्जीलिङ अनि कालेबुङ जिल्लामा संवैधानिक त्रीस्तरीय पञ्चायत हुनपर्ने कुरामा जोडदिँदै कालेबुङलाई नमुना जिल्ला बनाउँन सकिने सम्भावनाहरूबारे जनाए।
तीनवटा सत्रमा विभाजीत कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न भएको थियो भने यता टाउन हल परिसरमा विभिन्न जात गोष्टिका मानिसहरूले जातिय खद्यन्नहरूको प्रदर्शनी राखेका छन्।
0 Response to "दुई दिवसिय कालेबुङ महोत्सव सुरू जिल्लाको बील अन्तरिम बजेट सत्रमा पारित हुनेछ – डा. हर्क"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.