ईल्टाको आयोजनामा विभिन्न जातगोष्ठिलाई लिएर सांस्कृतिक कार्यक्रम सम्पन्न
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २० दिसम्बर । विभिन्न जात गोष्ठिका मानिसहरूलाई लिएर ईन्डिजेनस लेप्चा ट्राइबल एसोसिएसन (ईल्टा) को आयोजनामा यहाँको मेला ग्राउण्डमा आज साँस्कृतिक कार्यक्रम सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रुपमा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री उपस्थित रहेका थिए भने बिशिष्ट अतिथिका रुपमा डा. महेन्द्र पी. लामा उपस्थित रहेका थिए।
कार्यक्रममा लेप्चा बिकास बोर्डद्वारा प्रकाशित बहुभाषिक पत्रिका ‘टिस्टा रङ्गीत’को लोकार्पण गरियो। कार्यक्रमका मुख्य अतिथि डा. हर्कबहादुर छेत्री, विशिष्ट अतिथि डा. महेन्द्र पी. लामा, लेप्चा बिकास बोर्डका अध्यक्ष एल.एस तामसाङ लगायत विभिन्न जात गोष्ठिका प्रतिनिधीवर्गको बाहुलीबाट उक्त बहुभाषिक पत्रिका टिस्टा रङ्गीतको लोकार्पण गरिएको थियो।
यसक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चा बिकास बोर्डका अध्यक्ष एल.एस तामसाङले सम्पूर्ण जात गोष्ठिलाई समेटेर एकसाथ हिँड्ने उद्देश्य राखेर नै यसरी उक्त पत्रिका प्रकाशित गरेको जानकारी गराए। यस अवसरमा कार्यक्रममा लेप्चा, तामाङ, शेर्पा, मंगर, खम्बु राईट्स मुभमेन्टका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. हर्कबहादुर छेत्रीले सिङ्गो गोर्खा जाति विभिन्न जात गोष्ठिहरू मिलेर बनेको बताउँदै एकार्कमा मिलेर सँगै अघि बड्नु गोर्खा जातिको परिचय हो भने। ‘गोर्खा जाति भित्र विभिन्न उपजातिहरू छन्। त्यही उपजातिहरूको भाषा, साहित्य संस्कृतिबारे सबैले जानेर सबैमाझ मिलेर एकसाथ अघि बढ्नु गोर्खा जातिको परिचय हो। यसरी एकसाथ मिलेर अघि बढ्ने कार्य अहिले टिस्टा रङ्गीत पत्रिकाले गरिरहेको छ” डा हर्कबहादुर छेत्रीले भने। जात-जातको बिकास बोर्ड गठन पछि एकार्कामा विभाजन भएको आरोप लगाउने मोर्चाको नियत प्रति कटाक्ष गर्दै उप-जाति माझ मिलेर अघि बड्नु सिङ्गो जातिको परिचय हो भने।
उनले मोर्चाप्रति कटाक्ष गर्दै भने – ‘अरुलाई काँडाले हिर्काएर आफूलाई फूलले हिर्काउँछ भन्ने अपेक्षा राख्नु हुँदैन। काँडाले हिर्काए पछि अरूले पनि काँडाले नै हिर्काउँछ’ डा छेत्रीले भने। उनले राम्रो कार्यका निम्ति सबै एकबद्ध हुनपर्ने आह्वान गरे।
यसैक्रममा डा. महेन्द्र पी लामाले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाको खेती गर्ने कुरामा नै जोड दिए। शिक्षाले मात्र गाउँ-समाज र राष्ट्रको बिकास हुने बताउँदै पहाडका नेताहरूले शिक्षाको खेती गर्नको साटो शिक्षाको अवस्था दिनोदिन दयनिय बनाउने गरेको आरोप लगाए। विश्वमा अन्य मानिसको समान पुग्न शिक्षा नै महत्वपूर्ण रहेको बताउदै यसले मात्र सम्पूर्ण समस्याहरूको समाधानको निम्ति मानिसलाई अग्रसर गराउने दाबी गरे।
0 Response to "ईल्टाको आयोजनामा विभिन्न जातगोष्ठिलाई लिएर सांस्कृतिक कार्यक्रम सम्पन्न"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.