केन्द्र सरकारले गोर्खा र बोडोलाई अन्याय गरेकोछ- दाइमारी
राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 17 दिसम्बर । केन्द्र सरकारले गोर्खा अनि बोडो जातिसंग कोल्टे निति अपनाएको छ । वर्तमान भाजपा सरकारले जसरी तेलांगाना राज्य गठन गर्यो त्यसरी नै बोडोल्याण्ड अनि गोर्खाल्याण्ड राज्य गठन गर्न सक्ने थ्यो तर त्यसो नगरेर अन्याय गरेको छ। उक्त आरोप राज्य सभाका सांसद विश्वजीत दाइमारीले आफ्नो भाषणको क्रममा गोजमुमोद्वारा दिलीमा आयोजित् धरनामा लगाएका हुन।
गोर्खा राष्ट्रिय नारी मोर्चाको अगुवाईमा गत 9 तारीख देखी चलेको धारावाहिक धरना समापन भए पछि आज देखि गोर्खा जन मुक्ती मोर्चाको अगुवाईमा 3 दिने धर्ना दिल्लीको जन्तर मन्तरको प्रागनमा आरम्भ भयो । धरना बारे बताउदै गोजमुमो अध्यक्ष बिमल गुरुङले भने कि अलग राज्य गोर्खाल्याण्डको मागमा विभिन्न राज्य, पहाड़, तराई एवं डुवर्सबाट् हजारौको संख्यामा सदस्यहरु आएका छन। दार्जीलिङ बंगालको अंश कहिले थिएन भन्ने कुरो उनिहरु बताउन आएका छन जुन कुरोलाई बंगालको मुख्य मंत्री स्वर्गीय ज्योती बसुको समयमा प्रकाशित श्वेत्त पत्रमा नै उल्लेख गरिएको थियो, उनले बताए।
यो हाम्रो माग बंगालसंग होइन तर केन्द्र सरकार संग हो ।
यदि अलग राज्य गोर्खाल्याण्ड बनिन्छ भने भारत देशको सुरक्षाको निम्त अति उतम हुनेछ। दार्जीलिङको चारैतिर रहेको नेपाल, भोटाङ् ,बंग्लादेश अनि चिन देशसग जोड़ीने अन्तराष्ट्रीय सिमाना अति नगिच रहेको हुदाँ गोर्खाल्याण्ड राज्य गठन हुदा देशको सुरक्षा बलियो हुनेछ। नयाँ दिल्लीको प्रेस कल्बमा आयोजित एउटा पत्रकार सम्मेलनमा गुरुङ्ले उक्त कुरो हिजो बताएका थिए ।
तिनले भने, गोर्खा सेनाहरुले भारतको विभिन्न सिमाहरुमा सुरक्षा गरेको हुदा आज सम्पूर्ण भारतीय नागरिकहरु शान्तिले जीवन बिताउन सकि रहेको छन । तर त्यही गोर्खा जातीको निम्ति आज सम्म भारत सरकरारले कुनै ठोस कदम नचालेको आरोप पनि तिनले लगाए।
आउदो 2016को चुनाउमा गोजमुमोले गोर्खा जातीको शक्तीको प्रमाण दिने छ त्यो सरकारले अवस्यनै बुझनेछ तिनले पत्रकार सम्मेलनमा बताए। गोजमुमो महा सचिव रोसन गिरीले आफ्नो भाषणमा बताए कि बंगाली जातिको बंगाल राज्य छ ,बिहारीको बिहार राज्य छ, उसरीनै गोर्खाहरुको गोर्खाल्याण्ड राज्यको हुनु पर्छ । धरनामा भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता राज पताप रुड़ी पनि गोजमुमो नेताहरुलाई भेटन उपस्थित थिए ।
0 Response to "केन्द्र सरकारले गोर्खा र बोडोलाई अन्याय गरेकोछ- दाइमारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.