-->
कालेबुङ जिल्लाको मागमा खण्ड बिकास अधिकारीलाई ज्ञापन

कालेबुङ जिल्लाको मागमा खण्ड बिकास अधिकारीलाई ज्ञापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ ३० नोभेम्बर। कालेबुङ जिल्ला माग समितिको पूर्वघोषित कार्यक्रम अनुसार आज शहरमा एउटा जुलुस निकालिएको थियो। यहाँको टाउन हल परिसरबाट सुरू भएको उक्त जुलुसले थाना डाँडा, मेनरोड, डम्बर चौक, दशमाइल फाटक हुँदै आरसी मिन्त्रि रोड, ओङदेन रोड भएर शहर परिक्रमा गरेपछि यहाँको खण्ड बिकास कार्यलयमा पुगेर समापन भएको थियो।
जिल्ला माग समितिका संयोजक नयन प्रधानको नेतृत्वमा निकालिएको उक्त जुलुसमा जिल्ला समर्थकहरूले डा. हर्कबहादुर छेत्री जिन्दावाद ! कालेबुङ जिल्ला गठन गर्नैपर्छ !! जस्ता नाराबाजी लगाएका थिए।
यस अवसरमा विभिन्न स्थानहरूबाट जिल्ला समर्थकहरू सयौँको संख्यामा भेला भएका थिए। जुलुसले शहर परिक्रमा गरेर खण्ड बिकास कार्यलयमा पुगेपछि नयन प्रधानको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले खण्ड बिकास अधिकारी बिमलेन्दु दासलाई कालेबुङ महकुमालाई छुट्टै जिल्ला गठन गर्नुपर्ने माग गर्दै ज्ञापन चढाए। उनले उक्त ज्ञापन पत्रलाई आफ्नो पक्षबाट उच्च अधिकारिलाई पठाउने आश्वासन दिएका छन्।
यसैक्रममा नयन प्रधानले उपस्थित जिल्ला समर्थकहरूलाई सम्बोधन गर्दै छुट्टै जिल्लाको माग गर्दै विभिन्न ग्राम पञ्चायत कार्यलयहरूमा चढाएको ज्ञापन पत्र खण्ड बिकास अधिकारी समक्ष आइपुगेको अनि उक्त ज्ञापनलाई खण्ड बिकास अधिकारीले सरकारसमक्ष पठाइदिने जानकारी गराए।
यसैक्रममा उनले जिल्लाको मागलाई सम्पूर्ण कालेबुङवासीले जोडदार अघि बडाउनुपर्ने आह्वान गर्दै जिल्ला गठन भएपछि कालेबुङवासीलाई हरेक क्षेत्रमा लाभ पुग्ने दाबी गरे। उनले छुट्टै जिल्लाको मागमा कालेबुङमा मात्र जुलुस नभएर अलगडा खण्ड अनि गोरुबथान खण्डमा पनि पूर्वघोषित कार्यक्रम अनुसार जिल्ला समर्थकहरूले जिल्लाको माग गर्दै सम्बन्धित खण्डका खण्ड विकास अधिकारीलाई ज्ञापन चढाएको जानकारी गराउँदै यसले जिल्लाको आवाज अझ दह्रोसँग सरकार समक्ष पुग्ने जानकारी गराएका छन्।

Related Posts

0 Response to "कालेबुङ जिल्लाको मागमा खण्ड बिकास अधिकारीलाई ज्ञापन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.