-->
डुवर्समा डाकिएको बन्द 396वटा मौजा अंतर्भुक्तको निम्ति होइन –जोन बारला

डुवर्समा डाकिएको बन्द 396वटा मौजा अंतर्भुक्तको निम्ति होइन –जोन बारला

राजेश शर्मा, कालिमन्युज, जयगाँउ, 10 नोभेम्बर 2015। गोर्खा जनमुक्ती मोर्चा र यसको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लांटेसन युनियन अनि आदिवासी विकास परिषदको सयुक्त आह्वानमा डाकिएको आजको 12 घण्टा बन्दको असर् डुवर्स अनि तराईमा शांतिपूर्वक रहयो। नगरकट्टा, लुकसान, वीरपाडा, कालचिनी, बानरहाट, चमर्ची आदि क्षेत्रमा बन्द प्राय पूर्णतय पालन भयो। सरकारी कार्यालयहरु भने खुलै रहे। चिया बगानमा काम गर्ने श्रमिकहरु प्रति मालिकवर्गको अन्यायको विरोधमा अनि डुवर्समा बन्द रहेको चिया बगानहरु खोल्ने माग राख्दै डाकिएको आदीवासी तथा पीटीड्ब्ल्युयु नेता जोन बारलाले बताए।
अहिले घरि डुवर्समा धेरै चिया बगानहरु बन्द छन जसको निम्ति बर्तमान राज्य सरकार अनि केन्द्र सरकारलाई केही गरिदिने माग राखिएको छ तर आज सम्म दुवै सरकारले कुनै खास पहल नगरेको आरोप लगाउदै तिनले भने आउदो दिनमा यदि सरकारले श्रमिकहरुको हितमा चिया बगान खोल्ने कुनै पहल नगरे बृहत आन्दोलन गरिनेछ ।
यता गोजमुमोले आजको बन्द पहाड र तराइ डुवर्समा पूर्णरूपमा सफलता पूर्वक पालन गरिएको ठोकुवा गर्दै बन्द समर्थकहरुलाई धन्यवाद दिएकोछ।
आजको बन्दको अवधि पहाडमा पूर्णतय सफल भएता पनि डुवर्सका कतिपय चिया बगानहरु खुल्लै थिए जहा यथावत काम चल्यो । यानवाहनहरुको चलाचल प्राय बन्द रहेता पनि राज्य सरकारका सरकारी एनबीएसटीसी वाहन अनि रेल गाड़ी सबै रुटमा सधै झै चले। बन्दको समय गोर्खा जनमुक्ती मोर्चा अनि आदिवासी विकाश परिषदको झण्डा बाटो बाटोमा लगाएर अन्य वाहन चल्न दिइएन । आजको बन्द डुवर्स र तराइको 396 वटा मौजालाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जिटिए) भित्र अन्तर्भुक्त गर्ने मागको समर्थनमा पनि डाकिएको हो भनेर डुवर्स गोजमुमोले बातएको थियो। तर यस मागलाई जोन वारलाले विरोध जनाउदै यो केवल डुवर्सको चिया बगानहरु खोल्नु मात्रै हो भनि बताए।
बन्द समर्थकहरु माझनै बन्दको उद्धेश्यबारे यसरी मतामत नमिलेको देखिएको छ। यता आजको बन्दको असर पूर्व डुवर्समा पूर्णतय हुन सकेन। बन्दको अवधि कतिपय चिया बगानमा गोर्खा अनि आदिवासी श्रमीकहरुले यथावत काम गरिरहेको पनि देखीयो ।
यता बन्द्ले भोटाङ्लाई खासै असर परेन। भोटाङ्देखी डुवर्समा जाने यान वाहन चलाचल गर्न दिइएन तर भोटाङ जानेहरुले हिडेरै भएपनि अन्तर्राष्ट्रिय सिमा पारगरे।बिहान भोटाङ गेट बन्द भएता पनि अपरान्ह सो खोलि यातायात गराइयो। यता भारतको झण्डा लगाएर भोटाङ् पस्ने बाइक सवारीहरुलाई भारतको झण्डा खोलेर मात्रै भोटाङ्को प्रवेशद्वार छिर्ने अनुमति भोटांङे सुरक्षाकर्मीहरुले दियो।

0 Response to "डुवर्समा डाकिएको बन्द 396वटा मौजा अंतर्भुक्तको निम्ति होइन –जोन बारला"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.