-->
पहाड़ हाँसे तराई अनि समतल हाँस्छ – ममता  ब्यानर्जी

पहाड़ हाँसे तराई अनि समतल हाँस्छ – ममता ब्यानर्जी

राजेश शर्मा, कालिमन्युज, मालबजार 4 नोभेम्बर । मलाई अशान्ती मनपर्दैन शान्ती अनि विकासको मार्गलाई म प्राथमीकता दिन्छु। पहाड़ हाँसे तराई डुवर्स अनि समतल पनि हाँस्नेछ अनि जहाँ शान्ति हुन्छ त्यहाँ नै पर्यटकहरु बडी मात्रामा आउनेछन - आज जलपाईगड़ी जिल्लाको मालबजार परिमल कलेजको परिसरमा आयोजीत जनसभामा बंगालको मुख्य मंत्री ममता ब्यानर्जीले  यसो भनेका हुन । 
तिनले उक्त सरकारी कार्यक्रममा 15 हजार पाइलट् साईकल अनि कन्याश्री योजनाको चेक कतिपय बिध्यार्थीहरुलाई अनि कृषकहरुलाई ट्र्याक्टर, पाइप मसिन, स्प्रे मसिन, मोटर, लगायत जमिनको पट्टा आदि बितरण गरिन । 
भाषणको क्रममा बोल्दै तिनले भनिन बामफ्रण्ट सरकारले यहा कुनै विकासको काम गरेन तर तिनको सरकारले 4 साल भित्र विकासको काम धेरै गरेकोछ भनि ठोकुवा गर्दै गरिब परिवारका विध्यार्थीहरुको निम्ति अझ 30 हजार साइकल बाडिने जनाइन। 
बन्द रहेको चिया बगानमा काम गर्ने मजदुरको हितमा 2 रुपियाँ किलोको दरमा 5 किलो चामल 5 किलो गहू 3रुपीया प्रति किलो अनि 400 ग्राम मटितेल प्रति व्यक्ति वितरण गरिरहेको अनि यति सस्तो दरमा कुनै सरकारले पनि दिन नसकेको बताइन। बन्द चिया बगानहरुको निम्ति 15 हजार कड़ोरको बजेट बनिएको पनि तिनले बताइन । 
तिनले बानरहाटमा हिन्दी कलेज बनाएर हिन्दी भाषीलाई सम्मान दिने काम गरेको स्मरण् गराइन । 13 हजार कड़ोरको लागतमा एसियन डेभलपमेन्टबाट् 4 लेनको बाटो बनाईदै छ जो बंग्लादेश सिमाको चेग्ड़ाबन्दा अनि भोटाङ् लगायत नेपाल सिमासंग जोड़ने बाटो हुनेछ भन्ने तिनले जनाइन। तिनले भनिन यो क्षेत्रमा पर्यटक आउन पर्छ यसैले सिलगड़ीको नगिच एउटा चिड़ीयाखाना बनि रहेको छ अनि जल्दापाड़ा, गोरुमारा, जयन्ती अदि स्थानहरुमा धेरै बिकासको काम भइ रहेको छ अनि यसरी पर्यटकहरुको आगमन भए आफै आफ बिकास हुनेछ । 
ममता ब्यानर्जीले आफ्नो सम्बोधन शेष गरे पछि तिनी सिलगड़ी नगिच सुकुना गइन ।

Related Posts

0 Response to "पहाड़ हाँसे तराई अनि समतल हाँस्छ – ममता ब्यानर्जी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.