
कालेबुङ विज्ञान केन्द्रमा थ्री-डी थिएटरको उद्घाटन
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 7 नोभेम्बर। कालेबुङ बिज्ञान केन्द्रमा आज थ्री-डी थिएटरको उद्घाटन गरिएको छ। यहाँको डेलो नजिक अवस्थित बिज्ञान केन्द्रमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित जीटीए शिक्षा विभागमा कार्यकारी निर्देशक के.बी. जोगीको बाहुलीबाट उक्त थ्री-डी थिएटर उद्घाटन गरिएको हो। यस अवसरमा विशिष्ट अतिथिका रुपमा जीटीए वित्त विभागीय अधिकारी एस डी भोटिया विशेष रुपले उपस्थित रहेका थिए भने सोनाम योगेल भोटिया, पावल सिमिक, प्रवीण राई आदिको पनि उपस्थिती रहेको थियो। विज्ञान केन्द्रका तक्निकी सहायक हेमन थापद्वारा सञ्चालित कार्यक्रमलाई केन्द्रमा प्रमुख डा. बी.बी गुरुङले स्वागत सम्बोधन राख्दै थ्री-डी थिएटर बैज्ञानिक युगमा ठूलो उपलब्धी हो भने। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा 38 लाख 50 हजारमा निर्माण भएको उक्त थ्री-डी थिएटरमा मोठ 50 जना मानिसहरू आरमले बसेर थ्री-डी चलचित्र हेर्न सक्नेछन्। यस अवसरमा गोर्खा नृत्य संगीतालयका कलाकारले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। दार्जीलिङ पहाडमा नै पहिलोपल्ट निर्माण भएको उक्त थ्री-डी थिएटरले विशेष गरेर बिज्ञान विषयमा चासो राख्ने विद्यार्थीवर्गलाई धेरै लाभ पुग्ने बिज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरुङले बताएका छन्। कालेबुङ विज्ञान केन्द्रमा निर्मित उक्त थ्री-डी थिएटर कालेबुङको मात्र नभएर सम्पूर्ण पहाडवासीको निम्ति एउटा ठूलो तक्निकी उपलब्धी रहेको बताए। ‘जीटीएको पक्षबाट निर्माण भएको उक्त थ्री-डी थिएटर पहाडवासीको निम्ति एउटा तक्निकी उपलब्धी हो। यसबाट भविष्यमा बिज्ञान विषयमा चासो राख्ने विद्यार्थीवर्ग लाभान्वित बन्नेछन्’ डा. बी.बी गुरुङले भने। सोहीक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि के.बी. जोगीले तक्निकीको समयमा विद्यार्थीवर्गलाई तक्निकी ज्ञान प्रदान गर्न थ्री-डी थिएटर एउटा महत्वपूर्ण उपलब्धी रहेको बताए।
0 Response to "कालेबुङ विज्ञान केन्द्रमा थ्री-डी थिएटरको उद्घाटन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.