
जिल्ला माग समितिको जन्सम्पर्क अभियान जारी ...... दिल्ली जानेहरूले केही ल्याउन सक्दैन – डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २८ नोभेम्बर। ‘बङ्गालकी मुख्य मन्त्री ममता ब्यानर्जीले हिज मात्रै चारवटा नयाँ जिल्लाहरू क्रमैले बसिरहाट, झारग्राम, आसनसोल र सुन्दरवन गठन हुने घोषणा गरिन्। हामी यस घोषणाले खुशी छौँ अनि यसको निम्ति हामी मुख्यमन्त्रीलाई धन्यवाद पनि दिन्छौँ। यस घोषणाले जिल्ला गठन गर्न कुनै असुविधा छैन भन्ने कुराको पनि पुष्टि भएको छ’ – उक्त कुरा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले आज साङ्सेर सिन्कोना बगानमा आयोजित पथसभालाई सम्बोधन गर्दै भनेका हुन्।
छुट्टै कालेबुङ जिल्लाको मागमा ‘जिल्ला माग समिति’ले जनसम्पर्क अभियान चलाइरहेको क्रममा आज साङ्सेर सिन्कोना बगानमा उक्त पथसभा आयोजना गरिएको थियो। सिन्कोना बगानका मानिसहरूलाई जिल्ला गठनको औचित्य अनि आवश्यक्ताबारे अवगत गराउँन आयोजना गरिएको पथसभामा जिल्ला माग समितिका मुख्य संयोजक एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री मुख्य वक्ताका रुपमा उपस्थित रहेका थिए।
उनले आफ्नो सम्बोधनको क्रममा जिल्ला गठनले पुग्ने लाभ अनि सुविधाहरू मात्र बताएनन् तर आजसम्म जनताले सही नेता चुन्न नसकेको कारण भोग्न परिरहेको कष्टहरूबारे पनि खुलेर चर्चा गर्दै ‘नेता शिक्षित हुनपर्छ’ समेत भने। ‘पहिला गोर्खाहरूका नेतहरू सबै पढेका व्यक्तिहरू थिए। त्यससमय जनता पढेका थिएनन्। अहिले सबै जनता पढेका छन् तर नेताले स्कूल नै देखेका छैनन्। यसकारण जनताले कुरा बुझ्नसख्ने पढेका नेता चुन्न नसकेको कारण आजसम्म यसरी दु:ख भोग्न परिरहेको अनि यदि भविष्यमा पनि शिक्षित नेताहरू चुन्न नसकेको यस्तो दु:ख बारम्बार भोग्न परिरहनेछ’ - डा हर्कबहादुर छेत्रीले भने।

जनतालाई सम्बोधन गर्ने क्रममा उनले गोजमुमो पार्टीका नेताहरूको खरो आलोचना गर्दै ‘साथीहरूका निम्ति गोर्खाल्याण्ड भइसक्यो’ समेत भने। “आज यो पदयात्रामा जुन प्रकराले पैसा बाढ्दै हिँडदैछन् त्यो पैसा कहाँबाट आउँदैछ ? के उनीहरू टाटा बिड्लाको सन्तान हुन् ? के उनीहरूको पैसा बनाउँने कारखाणा छ ? यो सबै पैसा चिल्लो सडक नबनाएर चोरेको हो। नानीहरूको स्कूलको छानाबाट चोरेको पैसा हो। पिउने पानीबाट चोरेको पैसा हो’ – विधायक छेत्रीले कसैको नाउँ नलिई नेताहरूप्रति बर्सिन्दै आरोप लगाए। जनताको निम्ति बिकास कार्य गर्न आएका पैसाहरूलाई आज काम नगरी दुरुप्रयोग गरिरहेको उनले आरोप लगाए।
“जिल्ला माग समितिले कालेबुङमा हैरान बनाइसक्यो भनेर कुनै वहना बनाएर दिल्लीबाट फर्केर जनतालाई ढाँट्न उनीहरू दिल्ली गएका हुन्। दिल्लीमा केही हुनेवाला छैन। यो केहि महिना भित्रमा जनजातिको मान्यता पाउने जुन खबर छ त्यो ‘केहि महिना’ कति वर्ष वितेर जाँदा पनि आउनेछैन” डा. हर्कबहादुर छेत्रीले दिल्ली यात्रामा गएका विमल गुरुङ अनि टोलिको टिप्पणी गर्दै भने। जनजातिको मान्यता पाउनलाई राज्य सरकारको अनुमोदन आवश्यक भएको कारण राज्यले अनुमोदन नगरेसम्म कसैले जनजाति नपाउने छेत्रील दाबी गरे। यसकारण जनजातिको मान्यता पाउनको निम्ति समेत राज्यसरकारसित सम्बन्ध राम्रो हुनपर्ने छेत्रीले सुझाव दिए।
उनले आफ्नो सम्बोधनको क्रममा कालेबुङ महकुमा भित्र सातवटा चियाकमान अनि सिन्कोना कमान रहेको बताउँदै चियाकमान र सिन्कोना कमानवासीहरूलाई पर्चा पट्टाको माग गरेको बताए। “सिन्कोनावासी पुस्तौदेखि त्यहाँ बस्दै आइरहेका छन्। उनीहरूलाई पर्चा पट्टा दिनुपर्छ भनेर मैले मुख्यमन्त्रीलाई समेत भनिसकेको छ। यसक्रममा केहि दिन अघि मुख्य सचिवलाई समेत भनेको छु” डा. छेत्रीले भने। उक्त पर्चा पट्टा सम्बन्धिमा मुख्य सचिवले पर्च्चा पट्टा दिन सकिने कुरा बताएको पनि उनले जानकारी गराए। ‘सिन्कोनावासीले पर्चा पट्टा पाए उनीहरूका निम्ति गोर्खाल्याण्ड त्यहीँ नै हो” छेत्रीले स्पष्ट भने।
“केन्द्र सरकारसित प्रत्येक वार्तामा बस्दा के के भयो भन्ने सम्पूर्ण कुरा मलाई थाहा छ। नवौँ वर्तामा ग़ृहराज्य मन्त्री अजय माकनसँग वार्तामा बस्दा कङ्ग्रेस सरकारले छुट्टै राज्य होइन केन्द्रशासित प्रदेश दिनसक्नेछ भनेका थिए। तर, त्यस कुरालाई पार्टीका मुख्य नेताले नै लुकाए” डा छेत्रीले भने।
यसक्रममा पी. चिदम्बरम गृहम मन्त्री हुँदा जीटीएलाई सक्षमताको साथ सञ्चालन गर्न सके अझ यसलाई सरकारको पक्षबाट पूर्ण सहयोग गर्ने आवश्वासन दिएको पनि छेत्रीले जानकारी दिए। यद्यपी जीटीएलाई सञ्चालन गर्नेहरूले नै सही रुपले सञ्चालन गर्न नसकेको कारण नै आजको परिस्थिति सिर्जना भएको उनले आरोप लगाए।
ग्रामीण क्षेत्रका मानैसहरूसित जनसम्पर्क अभियान चलाउने क्रममा सम्पन्न भएको उक्त पथसभालाई जिल्ला माग समितिका संयोजक नयन प्रधान, सरिफ राई, धना प्रधान आदिले सम्बोधन गरेका थिए।
0 Response to "जिल्ला माग समितिको जन्सम्पर्क अभियान जारी ...... दिल्ली जानेहरूले केही ल्याउन सक्दैन – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.