2 अक्टोबर देखि पदयात्रा सँगै दिल्लीमुखि कार्यक्रमको घोषणा ममता ब्यानर्जीले स्वीजरल्याण्ड होइन मुर्दाल्याण्ड बनाएको छ – विमल गुरुङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 30 सितम्बर। “दुशमनलाई मित्रताको व्यवहार गर्दा यसको फाइदा उठायो। अब दुशमनलाई दुशमनकै व्यवहार गरिनेछ। बङ्गाललाई अब ईंटाको जवाब ढुंगाले दिनेछौँ”- उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले भनेका हुन्। उनी आज यहाँको मेला ग्राउण्डमा आयोजित युवा मोर्चाको महाजनसभामा मुख्य वक्ताको रुपमा उपस्थित भएका थिए।
यस अवसरमा गुरुङले आगामी 2 अक्टोबर गाँधी जयन्तीको दिनदेखि कालेबुङबाट दार्जीलिङसम्मको पदयात्रा गर्ने घोषणा गरेका छन्। यसक्रममा गुरुङले अब गोर्खाल्याण्डको आन्दोलन बङ्गालमुखि नभएर दिल्लीमुखी हुने घोषणा गर्दै आगामी नोभेम्बर-दिसम्बरमा संसदको शितकालीन सत्रमा 7 दिनव्यापी धर्ना प्रदर्शन गर्ने घोषणा गरेका छन्।
“हामी गोर्खाल्याण्डको निम्ति आगामी शितकालिन सत्रमा दिल्लीमा धर्ना प्रदर्शन गर्नेछौँ। जसमा 7 दिन नारी मोर्चा अनि 3 दिन युवा अनि विद्यार्थी मोर्चाले धर्ना प्रदर्शन गर्नेछन्”-विमल गुरुङले घोषणा गरे। आफ्नो सम्बोधनको क्रममा उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आक्रोश पोख्दै 27 पल्ट मुख्यमन्त्रीले पहाड भ्रमण गरेर पहाडको उन्नतीको साटो केवल जात-जातमा विभाजन गर्ने कार्य गरेको आरोप लगाए।
“मुख्यमन्त्री 27 पल्ट दार्जीलिङ पहाड आए भनेर दाबी गर्छन्। यत्रो भ्रमणमा पहाडको उन्नती के गरेको छ ? स्वीजरल्याण्ड बनाउँछु भन्ने मुख्यमन्त्रीले यहाँ मुर्दाल्याण्ड बनाएको छ” विमल गुरुङले कटाक्ष गर्दै भने।
मुख्यमन्त्रीले आफ्नो भ्रमणमा यहाँका भोटे, लाप्चे अनि नेपाली माझ विभाजनको नीति अप्नाएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउने कार्य गरिरहेको पनि गुरुङले आरोप लगाए। पहाडमा विकास गरेको दाबी गर्ने ममता व्यानर्जीले बङ्गालको आर्थिक कोषबाट अहिलेसम्म बिकास कार्य नगरेको दाबी गर्दै दार्जीलिङ पहाडमा जति पनि विकासका कार्यहरू भइरहेका छन् उक्त कार्यहरू सबै केन्द्रिय कोषबाट बिकास भइरहेको गुरुङले अझ दाबी गरे।
उनले अहिलेघरी जीटीएमा भ्रष्टचार भयो भन्ने प्रसंगको प्रतिउत्तर दिँदै भ्रष्टचार गर्यो भन्नेहरूले जाँच गर्न सक्ने सुझाव दिए। गोर्खा जाति एउटा स्वाभिमानी जाति भएको कारण गोर्खाहरूले कहिल्यै आफ्नो स्वाभिमान बिक्री नगर्ने दाबी गर्दै कतिपय व्यक्तिहरूले भने आफ्नो जातिको स्वाभिमानलाई बिक्री गर्न खोजिरहेको पनि आरोप लगाए। यसको निम्ति सम्पूर्ण गोर्खाहरू सचेत हुनपर्ने आह्वान गर्दै आफ्नो स्वाभिमानलाई बचाएर राख्नु भनि सुझाव दिएका छन्।
गुरुङले आफ्नो सम्बोधनको क्रममा बङ्गाल सरकारको अत्याचार अब सहन नगर्ने बताउँदै गोर्खा जनमुक्ति युवा मोर्चाले घोषणा गरेको कार्यक्रममा पार्टीको पूर्ण सहयोग हुने बताए।
“अब अत्यचार सहन गरिनेछैन। हामी गणतान्त्रिक आन्दोलन गर्छौँ। यदि गणतान्त्रिक आन्दोलनलाई दबाउन पुलिस प्रशासन लगाएर नेताहरू पक्राऊ गर्छ भने हजारौँ युवाहरू सडकमा उत्रनेछन्। यसको निम्ति कुनै प्रकारको असुविधा भए बङ्गाल सरकार दोषी हुनेछ” विमल गुरुङले सरकारलाई चेतावनी दिँदै भने।
उनले आगामी 2 अक्टोबरको दिनदेखि कालेबुङको डम्बरचौकबाट पदयात्रा सुरू गर्ने घोषणा गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सम्पूर्ण मानिसहरूलाई जागरुक गराउँन घरदैलोमा पुग्ने बताएका छन्। यसक्रममा उनले आगमी केहि दिनमा खर्साङमा नारी मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति शक्ति प्रदर्शन गर्ने बताएका छन्।
हाल बङ्गाल सरकारले अल्पसंख्यक समुदायको कोषबाट यहाँ विकास बोर्डहरूलाई आर्थिक सहयोग प्रदान गरिरहेको दाबी गर्दै अल्पसंख्यक समुदायहरुले आफ्नो अधिकार खोज्नपर्ने बताएका छन्। यसैक्रममा बङ्गालकी मुख्यमन्त्री प्रति कटाक्ष गर्दै यदि जनतालाई साँचो माया गर्छु भन्ने भावना छ भने डुवर्सका 18 वटा बन्द चियाकमानका मानिसहरूलाई पैसा अनि खाद्यान्न वितरण गर्नु भनि सुझाव दिएका छन्।
उनले बारम्बार जीटीएलाई राज्य सरकारले अचल बनाउनको निम्ति हस्तक्षेप गरेको आरोप लगाउदै यदि उनीहरूलाई जीटीए सञ्चालन गर्ने ईच्छा भने चुनाव लडेर देखाउने चेतावनी दिएका छन्। “22 वर्ष दागोपाप चलाउँदा बामफ्रण्ट सरकारले हस्तक्षेप गरेन। आज किन जीटीएमा भने हस्तक्षेप गर्दैछ ? यदि जीटीए चलाउनु ईच्छा छ भने मुख्यमन्त्री ममता ब्यानर्जीले मसँग चुनावमा प्रतिद्वन्द् गरेर देखाओस। त्यो चुनावमा ममता ब्यानर्जीलाई फोरपिट गरिदिनेछु” विमल गुरुङले ममता ब्यानर्जीलाई चुनौति दिए।
उनले डुवर्सलाई कहिल्यै नछोड्ने दाबी गर्दै ममता ब्यानर्जी जसरी बारम्बार दार्जीलिङ आउँछन् त्यसरी नै आफू पनि बारम्बार डुवर्स गइरहेने बताएका छन्। यसक्रममा उनले जीटीएलाई आफूले नत्याग्ने स्पष्ट घोषणा गर्दै भविष्यमा समय आएपछि नै जीटीएको अस्तित्व आफै टुङ्गो लाग्ने थप जनाए।
“ममता व्यानर्जीले चेयरमा बसेर धम्कि दिने गर्छ। म पनि चेयरमा नै बसेर धम्कि दिन्छु” गुरुङले भने। उनले हाल कालेबुङ जिल्लाको प्रसंग उठिरहेको सन्दर्भमा बोल्दै गोजमुमो पार्टीले कालेबुङ, दार्जीलिङ, खर्साङ, सिलगडी-मिरिक अनि डुवर्सलाई तीनवटा जिल्लाहरूमा विभाजान गर्नुपर्छ भन्ने अघिबाटै माग राखिसकेको पनि दाबी गरे। लगभग एकघण्टा लामो सम्बोधनमा उनले केहि दिन अघि मात्रै गोजमुमो पार्टीबाट राजीनामा दिएका कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीको नाउँ भने उच्चारण समेत गरेनन्। तथापि उनले परोक्षमा रुपमा ‘अबका डाक्टरहरु हाम्रो समाजमा ईमान्दार जन्माउनुपर्छ’ भने।

0 Response to "2 अक्टोबर देखि पदयात्रा सँगै दिल्लीमुखि कार्यक्रमको घोषणा ममता ब्यानर्जीले स्वीजरल्याण्ड होइन मुर्दाल्याण्ड बनाएको छ – विमल गुरुङ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.