-->
आगलागीको कारण एउटा घर जलेर स्वाह

आगलागीको कारण एउटा घर जलेर स्वाह

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 सितम्बर। कालेबुङ शहरदेखि नजिकै अवस्थित डा. ग्राह्म होम्स ब्लक सी अन्तर्गत मङ्गलबार राती लगभग 7 बजेतिर देवी गुरूङको घर जलेर खरानी भएको छ। यस समय घरमा देवी गुरूङ संगै तिनका छोरा सरोज गुरूङ थिए भने उनीहरूलाई कुनै प्रकारको चोटपटक नलागेको थाह लागेको छ। बेलुकी आफू खान बनाइरहेको समयमा अचानक घरमा आगलागी भएको छिमेकीहरूले देखेपछि थाह लागेको अनि स्थानीय गाउँलेहरूले आगोलाई निभाउने प्रयास गरेको देवी गुरूङले जानकारी दिएकी छन्। 
अचानक घरमा आगलागी भएपछि घरभित्रको सम्पूर्ण सरसमान जलेर खरानी भएको छ भने हाल उनीहरू आफ्नै घर नजिक बहिनीको घरमा आश्रय लिएर बसेकी छन्। आगलागीको घटना थाह पाउनसाथ घटना स्थलमा कालेबुङ अग्निसमन विभागका कर्मीहरू पनि पुगेका थिए भने आगोलाई नियन्त्रण ल्याउँदा सम्पूर्ण घर जलेर स्वाह भइसकेको थियो। 
एकाएक आगोको मुस्लो चारेतिर फैलिएर घरलाई चपेटमा लिएपछि घरभित्रका सम्पूर्ण समानहरू निकाल्न नसएको पिढीत देवी गुरूङले बताएकी छन्। 
अर्कोतर्फ क्षेत्रका सभासद निमा तामाङले पनि घटना स्थलको दौडाह गर्दै पिढीत परिवारलाई तत्काल सहयोग स्वरूप दश हजार रूपिया प्रदान गरेका छन्। उनले घटना स्थलको भ्रमण गरेर जानकारी लिएपछि पिढीत परिवारलाई सहयोग स्वरूप नगद राशी प्रदान गरेको हो। यसक्रममा आगमी दिनमा पिढीत परिवारलाई गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पक्षबाट तिनले हाम्रो घर योजना अन्तर्गत घर निर्माण गर्ने प्रतिश्रुति पनि दिएका छन्। यसैक्रममा अक्त आगलागीको घटना थाह पाएपछि आज कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले घटना स्थलको दौडाह गर्दै पिडीत परिवारलाई भेटघाट गरेका छन्। यसक्रममा विधायक छेत्रीले पिढीत परिवारलाई सहयोग गर्दै तारपोलिन अनि आवश्यक लुगाफाट प्रदान गरेका छन्।

0 Response to "आगलागीको कारण एउटा घर जलेर स्वाह"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.