-->
तामाङ बिकास बोर्ड गठनको पहिलो वर्षगाँठ पालन ज्यान जाओस तर पहाडलाई तोड्न र भत्किन दिनेछुइन – ममता ब्यानर्जी

तामाङ बिकास बोर्ड गठनको पहिलो वर्षगाँठ पालन ज्यान जाओस तर पहाडलाई तोड्न र भत्किन दिनेछुइन – ममता ब्यानर्जी

GJM Alleges Interference by Mamata Government, Announces Agitation
Add caption
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 15 सितम्बर। “म पहाड घुम्नलाई आउँदिन। पहाडमा राजनीति गर्न पनि आउँदिन। मलाई पहाड आएर राजनीति गर्ने आवश्यक्ता छैन। म पहाडका मानिसहरूको दु:खमा साथ दिन आउँछु। पिढामा सहभागी बनेर साथ दिनलाई आउँछु” – उक्त कुरा मुख्यमन्त्री ममता ब्यानर्जीले तामाङ सांस्कृतिक बिकास बोर्ड गठनको पहिलो वर्षगाँठ कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्। यहाँको डा. ग्राह्म होम्स परिसरको रोनाल्डसे पार्कमा आयोजित तामङ सांस्कृतिक बोर्डको पहिलो वर्षगाँठ कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जी मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्।
यस अवसरमा उनले पहाड खुशी भए आफू खुशी हुने अनि पहाड दु:खी भए आफू पनि दु:खी हुने बताईन्। “मेरो जीवनमा पहाडमा वर्बाद हुन्छ भने पनि तयार छु। तर, पहाड तोड्न र भत्किन दिनेछुइन। किन भने म पहाडलाई माया गर्छु” - ममता व्यानर्जीले कुनै पनि राजनैतिक पार्टीहरूको नाउँ नलिइ कडा स्वरमा भनिन्। आफ्नो छोटो सम्बोधनको क्रममा उनले “फ्यापुल्लो ! तपाईंहरू कस्तो हुनुहुन्छ ?” भन्दै पहाडमा अहिलेसम्म बिकास नभएको कारण आफूले पहाडको सर्वाङ्गिन बिकास गरेर पहाडवासीको बिकास गर्न चाहेको दाबी गरिन्। यसैक्रममा उनले तामाङ जातिका आर्थिक विपन्न परिवारवर्गलाई घर निर्माणको निम्ति अघिबाट 10 करोड दिएको अनि उक्त पैसाले राम्रो कार्य गरेको बताउँदै पुन एक हजार घर निर्माणको निम्ति 10 करोडको चेक तामाङ बिकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानलाई प्रदान गरिन्।
सोही क्रममा उनले भोटिया बिकास बोर्डलाई 5 करोड अनि शेर्पा बिकास बोर्डलाई 3 करोड 75 लाख रूपियाँको चेक प्रदान गरिन्। यसैक्रममा सफा अनि सुन्दर दार्जीलिङ योजना अन्तर्गत विपन्न परिवारका मानिसहरूको शौचालय निर्माण गर्न लेप्चा बिकास बोर्डलाई 10 हजार, तामाङ बिकास बोर्डलाई 5 हजार, शेर्पा बिकास बोर्डलाई 5 हजार अनि भोटिया बिकास बोर्डलाई 2 हजार 5 सय शौचालय निर्माणको निम्ति धनराशी दिने घोषणा पनि गरिन्। यसक्रममा मङ्गर समुदायका निम्ति भोलि मेला ग्राउण्डबाट घोषणा गर्ने बताएकी छन्। आफ्नो सम्बोधनमा उनले पहाडका कुनै पनि राजनैतिक पार्टी अनि नेताहरूको नाउँ लिएनन्।
बारम्बार पहाडवासी प्रति आफ्नो माया रहेको बताउँदै उनले पहाडमा पिउने पानीको समाधान गर्न राज्य सरकार तयार रहेको अनि शैक्षिक संस्थानहरूको बिकास गर्ने कुरामा जोड दिए। उनले दार्जीलिङ, खर्साङ सँगै आगमी दिनमा कालेबुङको बिकास गर्ने बताउँदै कालेबुङलाई नयाँ दार्जीलिङको रूपमा निर्माण गर्ने घोषणा गरिन्। उनले आफूलाई पहाडवासीबाट केही नचाहिएको बताउँदै “जबसम्म पहाड आउनेछु, मलाई तपाईंहरूको माया मात्रै चाहिन्छ’ भनिन्। यसक्रममा उनले पहाडवासीको प्रशंसा गर्दै पहाडका नारीहरू प्रतिभाशाली रहेको अनि यस प्रतिभालाई भविष्यसमा विश्वसामु प्रस्तुत गर्ने चाहना राखेको तिनले जनाइन्।
आफूलाई पहाडवासीले दिएको मायालाई सधैँ सम्मान गर्ने बताउँदै भविष्यमा आफू जिउँदो भएसम्म पहाड आइरहने प्रतिबद्धता जाहेर गरिन्। अर्कोतर्फ तामाङ सांस्कृतिक बिकास बोर्डको पक्षबाट आज मुख्यमन्त्री ममता ब्यानर्जीलाई “नाङसाङ डोल्मा” अर्थात ‘उज्यालोका देवी’ उपाधीले सम्मानित गरियो। तामाङ सांस्कृतिक बिकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानले भगवान कुङ्जेसुमका प्रतिमा प्रदान गर्दै उनलाई उक्त उपाधीले सम्मानित गरिएको थियो। यसक्रममा सञ्जय मोक्तानले स्वागत सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडवासीको बिकास गर्न चाहेको दाबी गरे। 
यस अवसरमा कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट तामाङ बिकास बोर्डबाट घर निर्माणका निम्ति 20 जना मानिसहरूलाई 2 लाख रूपियाँको चेक प्रदान गरिएको थियो। सोही अवसरमा केही महिना अघि आएको 12 जना भलपैह्रो पिढीतहरूलाई पनि मुख्यमन्त्री ब्यानर्जीको बाहुलीबाट 6 लाख रूपियाको चेक प्रदान गरियो। यस अवसरका कार्यक्रममा तामाङ समुदाय, भोटिया समुदाय, शेर्पा समुदाय अनि मङ्गल समुदायका कलाकारहरूले साँस्कृतिक प्रस्तुती दिएका थिए। कार्यक्रममा राज्यका मुख्य सचिव, पुलिसका उच्च अधिकारीवर्ग सँगै लेप्चा बिकास बोर्डका अध्यक्ष ल्याङसोङ तामसाङ, तृणमूल कङ्ग्रेसका नेतृत्ववर्ग उपस्थित रहेका थिए।

0 Response to "तामाङ बिकास बोर्ड गठनको पहिलो वर्षगाँठ पालन ज्यान जाओस तर पहाडलाई तोड्न र भत्किन दिनेछुइन – ममता ब्यानर्जी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.