-->
ननिता गौतम पुन: चुनिए गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्षा पदमा चयनित

ननिता गौतम पुन: चुनिए गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्षा पदमा चयनित

डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 सितम्बर। गोजमुमो पार्टीको भातृ संगठन नारी मोर्चा कालेबुङ महकुमा समितिका संस्थापक अध्यक्षा ननिता गौतमलाई पुन: नारी मोर्चा कालेबुङ महकुमा समिति अध्यक्षा चयन गरिएको छ।
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको नारा लिएर गठन भएको गोजमुमो पार्टीलाई कालेबुङ महकुमा क्षेत्रमा बिस्तार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ननिता गौतमले दलगत मनमुटाव भएपछि राजीनामा दिएर केही महिना अघि तृणमूल कङ्ग्रेसमा समेल भएकी थिईन। यसैक्रममा मोर्चाले पार्टी त्यागेर गएकाहरूलाई पुन: पार्टीमा फर्काउने क्रममा श्रीमती गौतमलाई पनि पुन: तृणमूल कङ्ग्रेसबाट मोर्चामा फर्काएर ल्याउन सक्षम बनेको थियो। गोजमुमो अध्यक्ष बिमल गुरूङ स्वंयले पार्टीमा पुन: फर्केका ननीता गौतमलाई दलको झण्डा प्रदान गरि सांगठनिक सचिवको पदमा आसिन गराएका थिए भने अहिले पुन: उनलाई औपचारिक रूपले नारी मोर्चा कालेबुङ महकुमा समिति अध्यक्षा चयन गरिएको छ।
धेरै लामो समय देखि रिक्त रहेको नारी मोर्चा कालेबुङ महकुमा समितिको नयाँ समिति अहिलेसम्म गठन गरिएको थिएन। जसले गर्दा पार्टीलाई सांगठनिक कार्य अघि बढाउन समस्या भइरहेको थियो। यसैक्रममा संगठनलाई दह्रिलो बनाउँन आज नारी मोर्चा कालेबुङ महकुमा समितिको गठन गरेको छ। यहाँको पार्टी कार्यलयमा एक सभाको आयोजना गरेर नारी मोर्चा महकुमा समिति गठन गरिएको हो।
गोजमुमो कालेबुङ महकुमा समिति अध्यक्ष नोर्देन लामाको अध्यक्षतामा सम्पन्न भएको सभामा नवगठित नारी मोर्चा अध्यक्ष पदमा पुन: कालेबुङका संस्थापक अध्यक्षा ननिता गौतमलाई सर्वसमितिले चयन गरेको छ। यस अवधी उक्त सभामा सभासद कर्णल रमेश आले, दावा लेप्चा, सामुएल गुरूङ, सुनिल प्रधान, निमा तामाङ लगायत अन्य सभासद साथै पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। 
धेरै समय देखि नारी मोर्चा कालेबुङ महकुमा समितिको गठन भएको थिएन जसको कारण पार्टीको सांगठनिक कार्यहरूलाई सम्हाल्न पुन: कमिटि गठन गरिएको हो। उक्त नवगठित नारी मोर्चाका अध्यक्ष ननीता गौतम सँगै उपाध्यक्ष जस्फिन प्रधान, बिनिता राई अनि उषा लामा, सचिव डिका तामाङ, उपसचिव अरूणा गुरूङ अनि निसि कालिकोटी, कोषाध्यक्ष सपना छेत्री अनि कलावती आचर्यलाई सर्वसमितिले चयन गरेको छ। नारी मोर्चा कालेबुङ महकुमा समितिको गठन पछि नवगठित पदअधिकारीवर्गलाई पार्टीका कार्यकर्ताहरूले खदा माला लगाएर बधाई दिएका थिए भने उनीहरूले पार्टीको निर्देश अनुरूप कार्य गर्ने बताएका छन्। 
यसैक्रममा उक्त नवगठित नारी मोर्चा कालेबुङ महकुमा समितिको सन्दर्भमा महकुमा सचिव कुमार चामलिङले जानकारी दिँदै उनले उक्त समिति केन्द्रिय समितिको निर्देश अनुरूप गठन गरिएको बताएका छन्। यसैक्रममा नवगठित नारी मोर्चा अध्यक्षा मदमा चयनित बनेका ननिता गौतमले यसभन्दा अघि पनि आफूले उक्त पदमा बसेर पार्टीको कार्यलाई अघि बडाएको जानकारी दिँदै भविष्यमा पनि संगठनलाई दह्रिलो बनाएर लैजाने प्रतिबद्धता जाहेर गरे। उनले पार्टीको सम्पूर्ण कार्यहरूलाई केन्द्रिय समितिको निर्देशनमा अघि बडाएर अगि लैजान आफू तयार बनेको यसअवधी जानकारी दिएकी छन्।

0 Response to "ननिता गौतम पुन: चुनिए गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्षा पदमा चयनित"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.