-->
स्व डिल्लीराम अधिकारीको परिवार पक्षलाई 2 लाख रूपियाँ पदान

स्व डिल्लीराम अधिकारीको परिवार पक्षलाई 2 लाख रूपियाँ पदान

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 सितम्बर। गत 7 जुलाईको दिन परेको अविरल वर्षाको चपेटमा परेर प्राण गुमाउने डिल्लीराम अधिकारीको परिवार पक्षलाई गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पक्षबाट क्षतिपूर्ती स्वरूप 2 लाख रूपियाँ प्रदान गरेको छ। 
यहाँको लोवर बोङ बस्ती गैरी गाउँ निवासी डिल्लीराम अधिकारीको अविरल वर्षाको कारण भलपैह्रोको चपेटमा परेर मृत्यु भएको थियो। स्वर्गीय अधिकारीको पत्नि कमला अधिकारी अनि उनका भाइ टेकेन्द्र अधिकारीलाई सभासद सुनिल प्रधानको बाहुलीबाट आज उक्त 2 लाख रूपियाको चेक प्रदान गरेको हो। 
यहाँको रिङकिङपोङ रोडमा अवस्थित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको शाखा सचिवालयमा पिढीत परिवार पक्षलाई उक्त क्षतिपूर्ती राशी प्रदान गरिएको छ। अविरल वर्षाको चपेटमा परेर डिल्लीराम अधिकारीलाई एउटा खोल्साले बगाउदा उनले प्राण गुमाएपछि जीटीए प्रमुख बिमल गुरूङले क्षतिपुर्ती राशी 2 लाख दिने अघिबाटै घोषणा गरेका थिए। 
सोही अनुरूप आज उक्त क्षतिपुर्ती राशी जीटीएको पक्षबाट 35 नम्बर समष्टिका क्षेत्रिय सभासद सुनिल प्रदानले पिढीत परिवारलाई प्रदान गरेका हुन्।
यसक्रममा सभासद सुनिल प्रधानले पत्रकारहरूसँ कुराकानी गर्दै गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पक्षबाट पिढीत परिवारपक्षलाई उक्त क्षतिपुर्ती राशी प्रदान गरेको जानकारी दिएका छन्। पिढीत परिवारको पक्षबाट कमला अधिकारीले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रति आभार प्रकट गरेकी छन्। 

0 Response to "स्व डिल्लीराम अधिकारीको परिवार पक्षलाई 2 लाख रूपियाँ पदान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.