-->
शहीद दुर्गा मल्लको स्मरणमा भागोपले पालन गर्‍यो बलिदान दिवस

शहीद दुर्गा मल्लको स्मरणमा भागोपले पालन गर्‍यो बलिदान दिवस

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 अगस्त। भारती गोर्खा परिसंघ (भागोप)को आयोजनामा आज यहाँको रामकृष्ण रङ्गमञ्चमा बलिदान दिवस पालन गरियो। भारत स्वतन्त्रता आन्दोलनमा होमिएका मेजर शहीद दुर्गा मल्ललाई 25 अगस्त 1944 को दिन अङ्ग्रेजहरूले फाँसीमा झुण्डाएको हो। त्यसै दिनको स्मरण गर्दै भागोपले 25 अगस्तको दिनलाई बलिदानको दिवसको रूपमा पालन गर्दै आइरहेको छ।
शहीद मेजर दुर्ग मल्लाको स्मरणमा आयोजना गरिएको बलिदान दिवस कार्यक्रमको पूर्वार्द्धमा यहाँको नोभेल्टि परिसरमा स्थापित स्वतन्त्रता सेनानीजंगबीर सापकोटाको सालिग, थाना डाँडामा अवस्थित शहीद दलबहादुर गिरीको सालिग, त्रिकोण पार्कमा स्थापित शहीद स्मारक, मोटर स्ट्याण्डमा स्थापित शहीद स्मारक अनि शहीद रोशन राईको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्ने कार्य सम्पन्न भएको थियो।
यस अवसरमा देशका निम्ति आफ्नो प्राण आहुती दिने वीर शहीदहरूलाई सम्झना गर्दै मुख्य अतिथि, विशिष्ट अतिथि अनि अन्य अतिथिवर्गले माल्यार्पण गरेर श्रद्धाञ्जली चढाएका थिए। सोहीक्रममा शहीद दुर्गा मल्लालाई श्रद्धाञ्जली अर्पण गर्न यहाँको टाउन हल परिसरमा गरिएको दुर्गा मल्लको शहीद बेदी विशेष रूपले निर्माण गरिएको थियो। जहाँ साई इन्टिट्युट अफ् एजुकेशन एण्ड रिसर्चका विद्यार्थीवर्गले व्याण्डको साथमा शोक धुन प्रस्तुत गरेपछि सबैले क्रमबद्ध रूपले श्रद्धाञ्जली चढाएका थिए।
यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा शहीद भएका गोर्खा शहीदहरूको पनि स्मरण गर्दै श्रद्धाञ्जली चढाउने कार्य सम्पन्न भएको थियो। कार्यक्रमको उत्तरार्द्धमा रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भएको बलिदान दिवस कार्यक्रमलाई भागोप कालेबुङ शाखाका कर्यकारी अध्यक्ष दिनेशचन्द्र पौड्यालले अध्यक्षता गरेका थिए भने मुख्य अतिथिका रूपमा अधिवक्ता प्रभाकर देवान उपस्थित बनेका थिए। यसअवसरमा विशिष्ट अतिथिका रूपमा भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष सुखमन मोक्तान, महासचिव मुनिष तामाङ, सर्वोच्च न्यायलयका अधिवक्ता पी.निरूप, क्रामाकपा उपाध्य्क्ष जे.बी.राई आदि उपस्थित रहेका थिए।
यसक्रममा कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीवर्गको पनि विशेष उपस्थिति रहेको थियो। यसैक्रममा कार्यक्रममा शहीद मेजर दुर्गा मल्ल माथी निर्माण गरिएको वृतचित्र पनि प्रस्तुत गरिएको थियो भने पी.के प्रधानले सहीद दुर्गा मल्लको जीवनी प्रस्तुत गरेका थिए। विभिन्न विद्यालयका विद्यार्थीवर्गले शहीद लालबहादुर बस्नेत, शहीद रवीलाल भुजेल, शहीद दलबहादुर गिरी अनि शहीद ठाकुर प्रसाद कुमाई माथी वार्ता प्रस्तुत गरेका थिए। यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि प्रभाकर देवानले शहीद दुर्गा मल्लले देशलाई दिएको बलिदान विषयमा जानकारी गराएका थिए।

0 Response to "शहीद दुर्गा मल्लको स्मरणमा भागोपले पालन गर्‍यो बलिदान दिवस"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.