
कोक्राझारलाई पराजित गरेर सिक्किम सेमिफाइनलमा
![]() |
A football match played in majestic Mela Ground, Photo courtesy: Praveen Chhetri |
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 11 अगस्त। आक्रमण फूटबल दल सिक्किमले कोक्राझार असमलाई पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ। यहाँको मेला ग्राउण्डमा सम्पन्न भइरहेको स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्टको आज चौथो क्वाटर फाइनलमा आक्रमण फूटबल दल सिक्किमले कोक्राझार असमलाई 0 को विरूद्ध 1 गोल गरेर बिजय हासिल गरेको हो।
दर्शकवर्गको खचाखच भीड रहेको मेला ग्राउण्डमा कोक्राझार असम दुईजना हब्सिहरूको साथमा मैदानमा ओर्लिए पनि सिक्किमले उनीहरूको बिजय हुने सपनालाई चकनाचूर बनाइदियो। खेलको सुरूआत देखिनै दुवै दलका खेलाडीवर्गले आक्रमक खेल खेले पनि दुवै दलका खेलाडीवर्गले एकाधिक गोल गर्ने मौका गुमाएको थियो। खेल सुरू भएको 26 औँ मिनटमा कोक्राझार असमका खेलाडीले अभाग्यवस डिबक्स क्षेत्रमा ह्याण्ड बल गरेपछि आक्रमण दलले पेनल्टि पाएको थियो। जुन मौकालाई कुनै गल्ति नगरि सिक्किमका 18 नम्बर खेलाडीले गोलमा परिणत गरेर आफ्नो दललाई 1 गोलको बढत दिलाएको थियो भने पछिबाट उक्त गोल नै निर्णायक गोल बनेको थियो।
एक गोलले पछि परेपछि कोक्राझार असमका खेलाडीवर्गले आक्रमक रणनीति अप्नाउँदै सिक्किम प्रति दबाउ बनाए पनि पहिलो सत्रको खेला सम्म कुनै गोल गर्न सकेन। यसैक्रममा सिक्किमका 9 नम्बर खेलाडीले गुल्चे खेल्दा 42 औँ मिनटमा पहेंलो कार्ड देखाइएको थियो। पहिलो सत्रको खेलमा 1 गोलले पछि परेको कोक्राझार असमका खेलाडीवर्गले दोस्रो सत्रमा सिक्किम प्रति आक्रमक बनेर खेललाई आफ्नो दखलमा लिएको थियो। यद्यपी उनीहरूले गोल गर्ने एकाधिक सुन्दर मौकाहरूलाई गोलमा परिणत गर्न सकेन। दोस्रो सत्रको खेला आरम्भ भएको 6 मिनटमा पुन: आक्रमण सिक्किमका 21 नम्बर खेलाडीले गुल्चे गरेपछि उनलाई पहेंलो कार्ड देखाइएको थियो।
यसैक्रममा दोस्रो सत्रको 8 मिनटमा कोक्राझार असमका 18 नम्बर खेलाडीले गोल गर्ने सुन्दर मौकालाई गोलमा परिण गर्न नसक्दा सम्पूर्ण समर्थकवर्ग निराश बन्न परेको थियो। सोहीक्रममा आक्रमक फूटबल खेलेका कोक्राझार असमका 10 नम्बर हब्सि खेलाडीले पुन: गोल गर्ने सुन्दर मौका प्राप्त गरेपनि उनको प्रयास विफल बन्न पुग्यो। एकाधिक गोल गर्ने मौका पाएको कोक्राझार असमका खेलाडीवर्गले दोस्रो सत्रको 20, 22 अनि 27 मिनट पुन: सुन्दर मौकाहरू गुमाए पछि क्वाटर फाइनलबाट विदा हुनुपरेको हो। एक गोलले पछाडीएको कोक्राझार असमका खेलाडीवर्गले दोस्रो सत्रमा खेललाई पूर्णरूपले आफ्नो कब्जामा लिए पनि आक्रमण सिक्किमका खेलाडीवर्गले रक्षात्मक खेल खेल्दै गोल गर्ने कुनै मौका दिएन। फलस्वरूप उनीहरूले कोक्राझार असमलाई 0 को विरूद्ध 1 गोल गरेर सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।
कालेबुङ स्पोर्टस एसोसिएसनको आयोजनामा सम्पन्न भइरहेको 69औँ स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्टको पहिलो सेमिफाइनल भोलि तरूण खेलकुद संघ दार्जीलिङको भिडन्त सुपरस्टार क्लब दार्जीलिङ सित हुनेछ भने दोस्रो सेमिफाइनल खेला 13 अगस्तको दिन स्टेट आर्म पुलिसको भिडन्त आक्रमण फूटबल क्लब सिक्किम सँग हुने भएको छ। (Photo Courtesy link: https://www.facebook.com/photo.php?fbid=10153463628047856&set=gm.947867535273954&type=1&theater)
0 Response to "कोक्राझारलाई पराजित गरेर सिक्किम सेमिफाइनलमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.