-->
भारतको छिमेकी राष्ट्र भोटाङ्मा 69 वा स्वतंत्रता दिवस भब्य रुपमा पालन

भारतको छिमेकी राष्ट्र भोटाङ्मा 69 वा स्वतंत्रता दिवस भब्य रुपमा पालन


राजेश शर्मा, जयगाँउ, 16 अगस्त 2015। भारतको 69 वा स्वतंत्रता दिवसको अवसरमा छिमेकी राष्ट्र भोटाङ्मा पनि 69 वा स्वतंत्रता दिवस हर्षोल्लासको साथ पालन गरीयो ।
भोटाङ्को राजधानी बाहेक् सिमावर्ती क्षेत्र जयगाँउका विभिन्न स्थानमा पनि स्वतंत्रता दिवस भव्यतासाथ पालन गरीयो ।
समारोहमा भोटाङ्का प्रधान मंत्री छिरीङ तोब्गे अनि फुन्छोलिङ कानसुलेटका कंसोलुट जनरल पियूस गुप्ता अनि कंसोलर एस के कोठीदारको उपस्थिति थियो भने भोटाङ्का डासो राबदेन डुक्पा, इमिग्रेसन डिरेक्टर सांगे तेन्जींग, डासो सोनाम, वनविभागका वागचुला,लगायत इमट्राट्का उच्च अधिकारीहरुको उपस्थिति थियो।
यता भोटाङ् पुलिसले भारतीय वाहनहरुलाई तिरंगा झण्डा लगाएर भोटाङ् प्रवेश गर्न रोक लगाएको देखीयो । सिमावर्ती क्षेत्रमा सुरक्षाको कार्यभार सम्बधीत विभागहरुले खासै रुपमा निभाएको देखिएन । सिमा वार्ती क्षेत्रमा कार्यभार पाएका एसएसबी पनि जाँचको नाममा आफ्नो जिम्मा निभाउन भन्दा बेसि स्वतंत्रता दिवस मनाउनमा ज्यादा व्यस्त देखियो ।

0 Response to "भारतको छिमेकी राष्ट्र भोटाङ्मा 69 वा स्वतंत्रता दिवस भब्य रुपमा पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.