डुवर्सका गोजमुमोले तृणमूललाई 2016 मा पाठ् सिकाउन पर्ने – रोहित थापा
राजेश शर्मा, कालिमन्युज, जयगाउँ 2 अगस्त । यदि गोर्खा अनि आदिवासी डुवर्समा एक जुट भएर मिले कुनै पनि राजनैतिक पार्टीको दाल गल्नेवाला छैन। आगामी 2016को विधान सभा चुनाउमा गोर्खाहरु गोर्खा विरोधि तत्वहरुको प्रलोभनमा फस्नु र गोर्खा जातीलाई फूटाउने षड़यत्रमा फस्नु हुदैन ।
आज आइतवार भारत भोटांङ् सिमा क्षेत्रमा रहेको जयगाउँ एक ग्राम पञ्चायत पार्टी कार्यलयमा गोर्खा जनमुक्ती मोर्चाका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै डुवर्सका सांगठनीक सचिव रोहित थापाले उक्त कुरो बताए।
तिनी भन्दै थिए तिनको राजनैतिक जीवनको प्रारम्भ भारतीय जनता पार्टीबाट भएको थियो पछी 2007मा गोर्खा जातीको चिन्हारी अनि अस्मिताको लड़ाईमा बिमल गुरुङले आरम्भ गरेको आन्दोलनमा तिनी पनि योद्धा भै गोजमुमोको सहभागी भए। तर पञ्चायत चुनाउको समय तिनी तृणमूलमा सामील भएका थिए तर त्यहा गोर्खा जातीको उत्थानको साटो विलय देखे पछि तिनी पुन गोजमुमोमा सामिल भएका हुन भनि तिनले बताए।
तिनले भने गोर्खा जातिको हितमा तृणमूल सरकार छैन किनकि अहिले घरि ममता ब्यानर्जी विदेश गएर विदेशका उध्योगपतिहरु आमन्त्रण गर्ने काममा व्यस्त छन । यस क्षेत्रको निम्ति ममता ब्यानर्जीले सोचेको भए आज कतिपय चिया बगानहरु बन्द हुने थिएन। चिया बगानमा काम गर्ने श्रमीकहरु भोक भोकै मर्नु पर्ने स्थिति आउने थिएन ।
तृणमूल पार्टीको कतिपय भित्रि आन्द्रा भुडीबारे आफुलाई धेरै जानकारी रहेकोले त्यो भन्दा त गोजमुमो नै राम्रो भएकोले तिनी गोजमुमोमा पुन फर्केको कुरो तिनले खुलस्त पारे। तिनले भने बिमल गुरुङले भनि सकेको छन् कि आउदो 2016को विधान सभा चुनाउँमा आफ्नै अनुहारको मानिस उठाएर् बिजय बनाउनू पर्छ अनि यस क्षेत्रमा गोर्खाहरुको बहुमत एकतामा रहेको प्रमाण सरकार समक्ष दर्शाउन आवस्यक रहेको छ । तिनले भने यस क्षेत्रबाट् विलसन चम्प्रमारीलाई गोर्खा भोटले दुई चोटी विजय बनाएको हो । तर गोर्खा भोटको महत्व नबुझेर तृणमूलमा सामिल हुने विलसन चम्प्रमारीलाई यसपाली हराउनु पर्छ त्यसको निम्ति गोर्खाहरु एक जुट हुनु पर्ने तिनले आवहान गरे ।
यस सभामा ब्लक सचिव राजेश बिश्वकर्म, केन्द्रिय कमिटि सदस्य मदन लामा, नारी मोर्चा ग्राप एक सचिव अम्रीता राई, यूवा मोर्चा नेता राजु थापा लगायत ग्राप एक सचिव दुर्गा राई लगायत बंगाली मोर्चादेखी पनि गोजमुमो समर्थकहरुको उपस्थिति थियो ।
आजको यस सभामा केन्द्रिय कमिटि सदस्य मदन लामाले भाषणमा भने कि अब हुने आन्दोलन वार कि पारको हुन्छ यसैले गोर्खाल्याण्ड राज्य गठनको निम्ति तयार रहनु पर्ने लामाले बताए । अड़ी बहादुर प्रधानले संचालन गरेको आजको सभामा पूर्व पञ्चायत सदस्य अम्बिका थापा अनि कान्छी प्रधान लगायत 10 घर तृणमूल समर्थकहरुलाई गोजमुमोको झण्डा प्रदान गरेर् उनिहरु गोजमुमो सामेल भएको घोषणा गरियो ।
0 Response to "डुवर्सका गोजमुमोले तृणमूललाई 2016 मा पाठ् सिकाउन पर्ने – रोहित थापा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.