लाभा कोलाखाममा पुग्न सकेको छैन एनडीआरएफ दल
6 Jul 2015
Comment

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 6 जुलाई। कालेबुङ महकुमा अधिनस्थ खण्ड दुई अन्तर्गत लाभा कोलाखाम क्षेत्रमा पैह्रोको चपेटमा परेर निखोज बनेका एउटै परिवारका 4 जना सदस्यहरूको शव आजसम्म उद्धार गर्न सकेको छैन।
गत 30 जुनको राती परेको अविरल वर्षाको कारण घरमाथीबाट आएको पैह्रोले सोहेर लापत्त बनेका भगीमाया राई, हर्कमान राई, तारामान राई अनि जेबियर राईलाई स्थानीय गाउँलेहरूले खोजी अभियान जारी राखे पनि आजसम्म उद्धार गर्न सकेको छैन। यसैक्रममा आज पैह्रोको चपेटमा परेर निखोज बनेकाहरूलाई खोजी गर्न एनडीआरएफ टोली घटना स्थलमा जाने प्रयास गरे पनि आजसम्म घटना स्थलमा पुग्न सकेको छैन।
आज बिहान परेको अविरल वर्षाले घटना स्थलमा पुग्ने बाटो पुन: पैह्रो गएर बन्द भए पछि एनडीआरएफको उद्धार टोली पुग्न नसकेको थाह लागेको छ। घटना स्थलमा उद्धार कार्यको निम्ति एनडीआरएफको टोली पुर्याउन प्रशासनले भरपूर प्रयास गरिरहे पनि प्रशासनको प्रयास पनी अविरल वर्षाले विफल बनिरहेको छ। यस्तो अवस्थामा पैह्रो गएर निखोज बनेका सदस्यहरूलाई स्थानीय गाउँलेहरूले 6 दिनदेखि लगातार खोज्ने कार्य गरिरहेको छ। गाउँलेहरूले हप्तादिनदेखि खोजी कार्य जारी राखे पनि अझसम्म कुनै पत्तो लाग्न सकेको छैन।
यसैक्रममा निखोज बनेकाहरूलाई खोजी गर्न एनडीआरएफको उद्धार टोली कालेबुङबाट लाभा कोलाखाम प्रस्थान गरे पनि उनीहरू घटना स्थलमा पुग्न नसकेपछि उनीहरू लाभा सार्बजनिक भवनमा नै बसेका छन्। उनीहरूलाई प्रशासनले घटना स्थलमा पुर्याउने भरपूर प्रयास गरिरहेको छ भने उद्धार टोली भोलि घटना स्थलमा पुग्न सक्ने सम्भावना रहेको छ।
“ठाउँ ठाउँमा आज विहानको पानीले पुन: पैह्रो झरेको छ। जसले गर्दा उद्धार कार्यको निम्ति एनडीआरएफ पुग्न सकेको छैन। घटना स्थलमा उनीहरू भोलि पुग्न असक्ने सम्भावना छ। जसको निम्ति स्थानीय मानिसहरूले पनि सहयोग गरिरहेका छन्” स्थानीय बासिन्दा तोप्देन भोटीयाले भने।
अर्कोतर्फ लाभा प्राथमिक पाठशाला नजिक जीवन राईको घरलाई आज बिहान परेको वर्षाले माथीबाट पैह्रो आउँदा क्षतिग्रस्त बनाएको छ। यस समय घरका सदस्यहरू घरभित्र कोही नभएको कारण बाँचेका छन्। यसैक्रममा पैह्रोले अड्डु डुक्पाको भन्साघरलाई पनि क्षतिग्रस्त बनाइदिएको छ भने बिजय यादवको घरलाई माथीबाट आएको पैह्रोले पुरेको छ। पैह्रो पिँढीत सबै परिवारवर्गलाई तत्काल लाभा प्राथमिक पाठशालामा स्थान्तरण गरिएको छ। उक्त पैह्रोको चपेट परेर कुनै ज्यानमालको भने खती भएन।
0 Response to "लाभा कोलाखाममा पुग्न सकेको छैन एनडीआरएफ दल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.