कालेबुङमा वर्षाले पुन: एकजनाको ज्यान लियो
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 जुलाई 2015। मङ्गलबार अपरान्ह परेको हात्तिसुँढे पानीले कालेबुङमा एकजनाको ज्यान लिएको छ। अचानक परेको हात्तिसुँढे पानीले गैरी गाउँ निवासी डिल्लिराम अधिकारी (53) को गाउँकै झोडाले बगाएर मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार डिल्लिराम अधिकारी अपरान्ह पानी पर्दा खेतबाट घर फर्किरहेका थिए। घरको बाटोमा पर्ने बोजे झोडा तर्ने क्रममा उनलाई उक्त झोडाले बगाएर लगेको थियो। झोडाले बगाएर लगेको अधिकारीलाई आज स्थानीय मानिसहरूले खोजी अभियान चलाउँदा ढुङ्गाको चेप्मा अल्झिरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय मानिसहरूले डिल्लिराम अधिकारीको शवलाई झोडामा अल्झिरहेको देखेपछि तत्कालै कालेबुङ पुलिस अनि अग्निसमन विभागलाई सूचित गरेको थियो।
सोहीक्रममा घटना स्थलमा पुलिस अनि अग्निशमन विभागका कर्मीहरू पुगेर शवलाई उद्धार गरी पोष्टमार्टमको निम्ति कालेबुङ महकुमा अस्पताल पठाइएको थियो। शारीरिक रूपमा केही असक्षम दिल्लीराम झोडा तर्दैगर्दा अचानक उर्लिएर आएको भलले उनलाई बगाएर लगेको बताइएको छ। उनलाई झोडाले बगाएर लगेको स्थानीय गाउँलेहरूले थाह पाएपछि खोजी अभियान चलाए पनि आज बिहान मात्र शवलाई भेट्टाइएको थियो। अचानक आएको वर्षाले यस समय चारैतिर खोला बगेको कारण मानिसहरूलाई खोजी कार्य गर्नमा बाधा पुगेको थियो।
यसरी दिल्लीरामको मृत्युपछि यसपल्टको प्राकृतिक आपदामा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या कालेबुङ महकुमामा 13 पुगेको छ।
स्मरण रहोस यस अघि गत 30 जुनको राती आएको अविरल वर्षाले कालेबुङ महकुमा क्षेत्रमा मोठ 12 जनाले ज्यान गुमाएका थिए, जसमध्ये 7 जनाको शवलाई उद्धार गरिएको छ भने 5 जना अझसम्म निखोज बनेका छन्। यता उक्त वर्षाको कारण विभिन्न स्थानहरूमा पुन: पैह्रो गएर मानिसहरू प्रभावित बनेको समाचार प्राप्त भएको छ भने वर्षाले अरु कसैको ज्यान नोक्सानी भएको खबर भने प्राप्त भएको छैन।
0 Response to "कालेबुङमा वर्षाले पुन: एकजनाको ज्यान लियो"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.