-->
जयगांउमा एकलाखको लागतमा मुर्दा जलाउने स्थान निर्माण

जयगांउमा एकलाखको लागतमा मुर्दा जलाउने स्थान निर्माण

राजेश शर्मा, कालिमन्युज, जयगांव 26 जुलाई 2015। भारत भोटाङ सिमा क्षेत्रमा अवस्थित जयगांउको तल्ला बस्ती मुर्दा खेल मैदान तथा भोटांङ्बाट भएर बहने तोर्सा नदिको किनारमा मुक्तीधाम मुर्दा जलाउने घाट्को उदघाटन आज गरियो । यस चुल्हा उद्घाटनको कारणले स्थानिय वासिन्दाहरुको धेरै दिनको समस्या समाधान भएकोछ ।
स्थानिय व्यापारी शम्भूदयाल अग्रवाल (एसडि अग्रवाल)ले एकलाख रुपिया लगाएर यस सामाजिक मुक्तीधाम घाटको निर्माण गरेर यसलाई समाजको निम्ति सुम्पेका छन ।
पश्चिम बंगाल सरकारका बनमंत्री विनय कृष्ण बर्मनको बाहुलीबाट आज एक कार्यक्रम बीच यस मुर्दा जलाउने घाट्को उद्घाटन सम्पन्न भयो। कार्यक्रममा कालचिनि विधायक विलसन चम्प्रमारी , कालचिनि सभाधिपति मोहन शर्मा लगायत स्थानिय जयगाउका गन्यमान्य ब्यक्तिहरुको उपस्थिति थियो ।
यस अवसरमा प्रमुख दानकर्ता शम्भू दयाल अग्रवाललाई स्थानिय खाटु स्याम गौरक्षक समितिको तर्फबाट एक पितलको गाईको मुर्ती दिएर सम्मान गरियो।
उसरीनै कालचिनिका जिल्ला परिषद एंव अलिपूरव्दार जिल्ला सभाधिपति मोहन शर्माले बताए कि शम्भुदयाल शर्माले जुन काम समाजको निम्ति गरे यो प्रशंसनिय छ, यो सबैले सिक्न पर्ने एक असल उदाहरण हो, आउने दिनमा यसै तरहले काम गर्ने उर्जा सबैलाई मिलेको छ ।
अर्कोतिर बनमंत्री विनय कृष्ण बर्मनले भने कि उक्त घाटमा मुर्दा जलाउने दाउरा बनविभागले दिलाउने छ । यता कालचिनिका विधायक विलसन चम्प्रमारीले पनि सांसद एंव विधायक लगायत जिल्ला परिषदको तर्फबाट् शव जलाउन लाने वाहन प्रदान गर्ने घोषणा गरे ।

Related Posts

0 Response to "जयगांउमा एकलाखको लागतमा मुर्दा जलाउने स्थान निर्माण"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.