दुष्कर्मको दोषिलाई पुलिसले पक्राउ नगरे जयगाउँ बन्दको चेतावनी
22 Jul 2015
Comment
राजेश शर्मा, कालिमन्युज, जयगाउँ 21 जुलाई । भारत भोटाङ् सिमा संग्लन रहेको जयगाँउको दुइ नम्बर ग्राम पञ्चायत अधिकृत रहेको छोटा मेचे बस्तिमा दुई जना महिलामाथी धारिलो हतियारले प्रहार गर्दै दुस्कर्मको प्रयास गर्ने आरोपितलाई चाढ़ै पक्राउको माग गर्दै आज मंगलवार जयगाउँका नारी मोर्चाले स्थानीय जयगाँउ थाना प्रभारी कस्यप राई समक्ष एउटा ज्ञापन बुझाए । गत 5 जुलाईको दिन जयगाउँ गुवाबाडी वार्डका मोहमद फजलुल हक उर्फ राजुले धारिलो हतियारले हिर्काएर दुई नारीहरुलाई दुस्कर्म गर्ने प्रयास गरेको बिषयलाई लिएर थानामा प्राथमिकी दिइएको थियो तर आजसम्म पनि आरोपितलाई पक्राउ नगरेकोमा स्थानिय गोर्खा जनमुक्ति नारी मोर्चाले पुलिसलाई पुन अर्को ज्ञापन दिएको छ ।
जयगाउॅ एक ग्राम पञ्चायत प्रधान मन्जु दर्जी लगायत गोर्खा जनमुक्ति नारी मोर्चा सचिव अमृता राई, सचिव अरुणा त्रिखत्री, जयगाउॅ ब्लक नारी मोर्चा सभानेत्री शान्ती प्रधान, रोमिला लेप्चाले बताए कि मेचिया बस्तिका गरिब परिवारका आमा छोरी माथी गत 5 जुलाईको दिन गुवाबाडी वार्डका मो फजलुल हकले धारिलो हतियारक¨ भरमा दुवैलाई दुस्कर्म गर्ने प्रयास गरेको थियो अनि यस बिषयमा थानामा अभियोग दर्ता गरिएको थियो । उनिहरुले दुःख प्रकट् गर्दै भने कि यसमा थाना अधिकारीले कानमा तेल हालेर बसेकोले आरोपित् छाती फुकाएर घुमी रहेको छ । उनिहरुले प्रभारी कस्यप राई समक्ष नै भने कि यसमा थानाको पूर्ण लापरवाहि देखिएको छ ।
पंचायत प्रधान मन्जु दर्जीले बताए कि घटनाको दिन पिडिता आमा सन्चमती गुरुंग (50) अनि छोरी सुनीता गुरुंग (25) माथी आरोपित् फजलुल हकले प्रथम आमालाई छुरीले आक्रंमण गरे भने छोरीलाई कुटपिट गरेको थियो । आमाको हातमा चोट लागेकोले14 सिलाई गर्नु पर्ने परेको थियो अनि छोरीलाई अधमरो पारेको थियो भनि तिनले बताईन । अहिले दुवैनै बिरपाडा सरकारी अस्पतालमा चिकिस्ताधिन अवस्थामा उपचारमा भई रहेकाछन भनि तिनले थप जनाईन । शान्ती प्रधानले भनिन यस बिषयमा गत 11 जुलाईको दिन थाना प्रभारीसित बात गरेका थियौ अनि तिनले 18 जुलाई सम्ममा आरोपितलाई पक्राउ गर्ने समय मागेका थिए । तर आज 21 जुलाई सम्ममा पनि प्रभारीले आरोपितलाई पक्राउ गर्न असफल भएकोमा दोस्याउदै अब 7 दिन भित्रमा आरोपित् पक्राउ नभए थाना परिसरमा भोक हडताल गरिने छ भने जानकारी दिईन ।
तिनले भनिन सरकारसित न्यायको गुहार गर्दै छौ, जनताको सुरक्षामा ध्यान दिइनु पर्छ भन्ने मांग पनि राखेका छौ। नारीहरुमाथी अत्याचार गर्ने अपराधीहरुलाई खुल्ला छुट दिनुनै अपराधमा बृद्धि गराउनु हो। यस्ता बलात्कारी ज्यान मारा हत्यारालाई आजसम्म पक्राउ गर्नु नसक्नुमा प्रशासनको निस्कृयता र लापरवाहि देखिएको छ । दोषि ब्याक्तिलाई प्रशासनले काखी च्यापेर आफ्नो छत्र छायामा राखेको पनि तिनले आरोप लगाईन ।
प्रशासनको निस्किृयता माथी घोर भत्सर्ना गर्दै आपत्ति जनाउदै तिनले जनाइन कि अब पनि प्रशासनले झट्ट भन्दा झट्ट कार्वाहि नगरे नारी मोर्चाले कडा पाईला लिने छ । तिनले दुख प्रकट गर्दैभनिन जयगाउॅका गोर्खा नारीहरु राती हिडनु डराई राखेका छन, यहा नारीहरु असुरक्षित छन भन्ने जानकारी दिदै प्रशासनको कमजोरिले गर्दा नारीहरुको थाना प्रशासन माथी भरोसा बिस्तारै खतम हुदै गई रहेको छ ।
यस सम्बधमा जयगाउॅ थाना प्रभारी कस्यप राईले भने कि प्रशासनले गर्ने कुराहरु गरि रहेकोछ । आरोपितको खोजी हुदैछ । आरोपित मोहमद फजलुल हकको घरमा नजर राखिएको छ भने तिनको लुकने अड्डामा पनि नजर राखि रहेको बताउदै तिनले आरोपितलाई खोजनु यहाँ एउटा टोलीले कुचबिहारको सुटबारीमासम्म पुगेको अनि चाढ़ै अर्को गाउॅमा जाने पनि तरखरमा रहेको बताए । आरोपित पक्रा परेपछि जमानत हुदैन अनि कडा भन्दा कडा सजाय हुनेछ भन्ने जानकारी पनि तिनले दिए । ज्ञापन पत्र दिदा मोर्चा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

0 Response to "दुष्कर्मको दोषिलाई पुलिसले पक्राउ नगरे जयगाउँ बन्दको चेतावनी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.