-->
अगष्ट महिनामा पैह्रोको रिपोर्ट दिल्ली पुर्‍याउनेछु – बिमल गुरूङ

अगष्ट महिनामा पैह्रोको रिपोर्ट दिल्ली पुर्‍याउनेछु – बिमल गुरूङ

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 10 जुलाई 2015। “कोलाखामको अवस्था एकदै सोंचनीय छ। क्षेत्रको स्थलगत भ्रमण गर्दा त्यहाँका मानिसहरूको अवस्था पैह्रो कारण धेरै क्षति भएको देखे। विशेष क्षेत्रमा पुग्ने सडक अनि पूलहरू भत्किएको छ। हामीले जीटीएको पक्षबट तत्काल क्षेत्रमा पुग्नका निम्ति पूल निर्माण गर्ने योजना बनाइरहेका छौँ” उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख बिमल गुरूङले भनेका हुन्। 
उनी आज एउटा पुरानो मामिलामा आफ्नो उपस्थिति दिन कालेबुङ न्यायलयमा आएका थिए। यसै समय पत्रकारहरू सँग कुराकानी गर्दै गुरूङले कोलाखाम क्षेत्रमा पैह्रो व्यापक क्षति पुर्‍याएको बताएका हुन्। उक्त स्थानमा वर्षाको कारण अझ पैह्रो जाने व्यापक सम्भावनाहरू रहेको बताउँदै भविष्यमा क्षेत्रवासीलाई जीटीएले पुनर्वासको निम्ति कार्य गर्ने पनि जानकारी गराए। “कोलाखामका बासिन्दाहरू हाल राहत शिविरहरूमा बसिरहेका छन्। उनीहरूलाई उक्त स्थानमा बस्न अत्यन्तै डर छ। यसकारण भविष्यमा उनीहरूको पुनर्वास गर्ने कार्य पनि हामी गर्नेछौँ” बिमल गुरूङले अझ भने।
उक्त स्थानमा पुग्नलाई विशेष यातायातको समस्या सिर्जना भएको बताउँदै बाटोमा झरेको पैह्रोहरू सफा गर्न मात्र तीन महिना भन्दा धेर समय लाग्न सक्ने पनि तिनले पत्रकारहरूलाई अवगत गराए। “कालेबुङ महकुमाको विभिन्न क्षेत्रहरूको स्थलगत भ्रमण गर्दा अत्यन्तै पैह्रोले क्षति बनाएको देख्न सके। पैह्रोले पहाडभरी एकहजार करोड भन्दा अधिकको क्षति भएको छ। एक-दुई सय करोडले पुन:निर्माण हुन सक्दैन। यसकारण आगमी अगष्ट महिनामा सम्पूर्ण क्षय क्षतिको रिपोर्ट तयार पारेर केन्द्र सरकारलाई बुझाउन दिल्ली जानेछु” बिमल गुरूङले स्पष्ट भने। 
उनले दिल्ली पुगेर सरकारलाई सम्पूर्ण रिपोर्ट पेश गरेर पहाडलाई पुन: निर्माणको निम्ति कुराकानी गर्ने बताउदै एकहजार करोडले पनि सम्पूर्ण ग्रामिण क्षेत्रलाई पुन: निर्माण गर्न भने सम्भव नहुने बताएका छन्। यसैक्रममा उनले पैह्रो पिढीतहरूलाई सहयोग गर्न सपूर्ण समष्टीलाई अपिल गरिसकेको पनि जानकारी दिएका छन्। 
गत 2 जुलाईको दिनदेखि कालेबुङको पैह्रोजन्य क्षेत्रको भ्रमणमा रहेको गुरूङले अहिलेसम्म यहाँका अधिकांक्ष समष्टिको भ्रमण गरिसकेका छन्। यस भ्रमणअवधि गुरूङले पहाडमा ब्यापक रूपमा क्षययति भएको भन्दै लगभग 1 हजार करोड रुपियाँको नोक्सीनी भएको बताइसकेका हुन्। 
गुरूङ अनुसार अहिले जीटीएको सम्पूर्ण टोली नै क्षयक्षतिको विवरण जुटाउन लागिपरेका छन्। यसैले चाँडै पहाडको क्षयतिको सम्पूर्ण विवरण जीटीएले तयार गरी अगस्त महिनामा केन्द्र अनि राज्य सरकारलाई बुझाउने गुरूङले बताएका हुन्। आफ्नो भ्रमणबारे जानकारी गराउने क्रममा गुरूङले लाभा कोलाखाम क्षेत्रमा भएको क्षयक्षति अत्याधिक रहेको कारण क्षेत्रमा क्षेत्रमा चाँडै स्वास्थ्य केन्द्र निर्माणको आवश्यक रहेको बताउँदै स्वास्थ्य केन्द्र निर्माणको पहल पनि जीटीएले गर्ने जानकारी दिएका छन्। 
अर्कोतर्फ जीटीए प्रमुख बिमल गुरूङले कालेबुङ शहरभित्र रहेका अव्यवस्थित झोडा नालाहरूको स्थितिले आफूलाई चिन्ता लागेको जानकारी गराए। शहरभित्र अवस्थित झोडा नालाहरू अझपनि व्यवस्थित गर्न नसकिए अबको केहीवर्षभित्र सम्पूर्ण शहर नै खतराको सम्मुखिन हुने गुरूङको धारणा छ। यसैले कालेबुङ शहरलाई सुरक्षित राख्न चाँडै झोडा नालाहरू व्यवस्थित गर्ने दिशामा जीटीएले पहल गर्ने भएको छ। गुरूङले आज एक भेटमा शहरका झोडा नाला व्यवस्थापनका निम्ति जीटीएले काम गर्ने प्रतिश्रुति दिँदै अबउसो भवन अनि सडकहरू निर्माण गर्दा झोडा नालालाई व्यवस्थित राखेर काम गर्नुपर्ने सुझाउ दिएका छन्।

Related Posts

0 Response to "अगष्ट महिनामा पैह्रोको रिपोर्ट दिल्ली पुर्‍याउनेछु – बिमल गुरूङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.