-->
मुकूल रोयले नयाँ पार्टी गठन गर्ने खबरले बंगालमा नयाँ राजनैतिक मोढ़ ल्याउने संकेत

मुकूल रोयले नयाँ पार्टी गठन गर्ने खबरले बंगालमा नयाँ राजनैतिक मोढ़ ल्याउने संकेत

राजेश शर्मा, कालिमन्युज, जयगांव/कलकत्ता, 7 जुलाई 2015 : एक समयका मुख्यमंत्री ममता ब्यानर्जीका निकटतम पार्टी कार्यकर्ता मुकुल रोयबाट पार्टीको सबै जिम्मेवारी खोसिएपछि ममता ब्यानर्जीले मुकुलको गतिविधिमा कडा नजर राखेकि छिन। पार्टी औ प्रशासनिक स्तरमा तिनले मुकुलको गतिविधिको जानकारी लिइरहेकी छिन।
सूत्र अनुसार राज्यको खुफिया पुलिसले मुकुलको गतिविधि सम्बन्धमा गृह विभागलाई एक रिपोर्ट सुम्पेको छ। उनले एक नया राजनैतिक पार्टी गठन गर्ने प्रक्रिया शुरू गरेको प्रमाण सहित सो रिपोर्टमा उल्लेख गरिएको छ। नया पार्टी तैयार गर्न तृणमूलका चार सांसद एव सात विधायकहरुको सहयोग मुकुललाई प्राप्त भैरहेको कुरो थाहा लागेको छ। खुफिया पुलिसको रिपोर्टमा ति सात विधायकहरुको नाम बताइएको छ जसमा सिउली साहा औ शीलभद्र दत्तका नाम पनि सामेल छन्। यसैकारण गत सप्ताह मुकुलको उक्त पार्टीमा सिउली साहा र शीलभद्र दत्त शामिल हुने खबर प्राप्त हुन साथ ममताले उनिहरुलाई तत्कालै निलंबित गर्ने निर्देश दिएकी थिइन।
राजनैतिक पर्यवेक्षकहरु अनुसार ममताले आफ्नो दुई विधायकहरुलाई निलंबित गर्न साथ मुकुललाई अझै बल मिलेको छ। अब उनी यस नया पार्टीको गठन घोषणा गर्नज्यादा विलम्ब गर्ने पक्षमा छैनन। पार्टी गठन गर्ने कुरो मुकुल स्वयले भनेका छैनन तर नया पार्टी गठन गर्ने दिशामा उनि अघि बडी रहेका छन अनि कुनै पनि समय सो गठनको कुरो उनले सर्वजनिक गर्नेछन। पूर्व विधायक दीपक घोषले यो बताएका थिए कि ईद पछि यो नया पार्टी गठनको घोषणा गरिनेछ । मुकुलको राजनैतिक गतिविधिबाट यो स्पष्ट हुन्छ कि उनले अझै बेसी ढिलो गर्ने छैनन ।
तृणमूल कांग्रेसका केहि सांसद औ विधायकहरुलाई लिएर तथा अन्य राजनीतिक दलहरुका केहि नेता अनि अल्पसंख्यक वर्गलाई लिएर नया पार्टी गठन गरिनेछ। यसैले उनी रमजानको समय इफ्तार पार्टिहरुमा शामिल हुन विशेष रुचि लिइ रहेका छन । केहि दिन अघि उनले आफ्नो निजाम प्यालेस स्थित निवासमा इफ्तार पार्टी दिएका थिए। उनको यस इफ्तार पार्टीमा शामिल भएको आरोपमा तृणमूल कांग्रेस नेतृत्वले दुई विधायकहरु सिउली साहा औ शीलभद्र दत्तलाई निलंबित गरेको थियो।
वर्तमानमा मुकुलको अल्पसंख्यक समुदायसंग मिलजुल हुने प्रक्रिया अझै तेज हुन लागेको छ। 14 जुलाईको दिन पूर्व माकपा नेता अब्दुर्रज्जाक मोल्ला द्वारा आयोजित इफ्तार पार्टीमा उनी शामिल हुनेछन। 8 जुलाईको दिन फुरफुरा शरीफ पीरजादा इब्राहीम सिद्दीकीले आयोजन गरेको यस इफ्तार पार्टीमा पनि मुकुल शामिल हुनेछन। राजनैतिक सूत्रहरु अनुसार मुकुलले 21 जुलाईको दिन ममता ब्यानर्जीको शहीद दिवस र्यामली पश्चात आफ्नो राजनीतिक पार्टी गठन गर्ने प्रक्रिया शुरू गरिने खुफिया रिपोर्ट अनुसार यस नया पार्टी गठनबारे जान्न जनता उत्सूक छन ।

0 Response to "मुकूल रोयले नयाँ पार्टी गठन गर्ने खबरले बंगालमा नयाँ राजनैतिक मोढ़ ल्याउने संकेत"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.