वर्षाले कालेबुङ महकुमा क्षेत्रमा अहिलेसम्म 27 करोड भन्दा धेर जनधनको क्षति
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 16 जुलाई। कालेबुङ महकुमा क्षेत्रभरी यसवर्षको भलपैह्रोले अहिलेसम्म मोठ 27 करोड, 12 लाख, 74 हजार रुपीयाँको धनसम्पती नष्ट गरेको छ। उक्त प्रारम्भिक रिपोर्ट कालेबुङ महकुमा अधिकारीको कार्यलयमा अवस्थित आपदा प्रबन्धन विभागले तयार पारेको हो। यसमध्ये कालेबुङ नगरपालिका क्षेत्रभरीमा मोठ 15 करोड 89 लाख, खण्ड एक अधिनस्थ 2 करोड 95 लाख, 20 हजार, खण्ड दुई अधिनस्थ 6 करोड 1 लाख 89 हजार, खण्ड तीन अधिनस्थ 1 करोड 26 लाख 26 हजार रूपियाँको जनधन नष्ट गरेको छ।
उक्त भलपैह्रोको चपेटमा परेर अहिलेसम्म कालेबुङ महकुमा क्षेत्रभरी मोठ 13 जनाको मृत्यु भएको छ भने 8 जनाको शवलाई उद्धार गरिएको छ अनि 5 जनाको शव अझसम्म निखोज रहेका छन्। उक्त भलपैह्रोको चपेटमा परेर कालेबुङ महकुमा क्षेत्रभरीका मोठ 5359 जना मानिसहरू प्रभावित बनेका छन्। यसैक्रममा भलपैह्रोको चपेटमा परेर अहिलेसम्म महकुमा क्षेत्रभरी 8 वटा गाई गोरू, 19 वटा बाख्रा, 43 वटा सुँगुर, 86 वटा ब्रोइलर कुखुरा मरेको आपदा प्रबन्धन विभागले आधिकारिक रिपोर्ट तयार पारेको छ। उक्त भलपैह्रोको कारण महकुमा क्षेत्रभरी मोठ 860 घर पूर्णरूपले क्षतिग्रस्त, 1149 वटा आंशिक क्षतिग्रस्त बनेको छ भने 381 घरहरूलाई सामान्य क्षति पुगेको छ।
गत 30 जुनको साँझ देखि परेको अविरल वर्षाले चारैतिर भलपैह्रो गएर जनधनको व्यापक नोक्सान पुर्याएको हो भने वर्षाको क्रम अझ नसकेको कारण क्षय क्षतिको आँकडा अझ बृद्धि हुने सम्भावना रहेको छ। कालेबुङ आपदा प्रबन्धनन विभागले अहिलेसम्म यसवर्षको रेकर्ड बृष्टि 344 मिलिमिटर दर्ता गरेको छ भने गत वर्ष जुन महिनादेखि सितम्बर महिना सम्म केवल 13.33 मि.मि मात्र वृष्टि दर्ता गरिएको थियो। गत 30 जुनदेखि सुरू भएको अत्याधिक वर्षाले जनधनको व्यापक नोक्सानी गरेपछि हाल पैह्रो पिडीतहरू कालेबुङ महकुमा क्षेत्रको मोठ 26 वटा राहत शिविरहरू स्थापित गरेर राख्ने कार्य गरेको छ। उक्त राहत शिविरहरूमा हालसम्म मोठ 1810 जना मानिसहरू बसिरहेका छन् भने उनीहरूको पुनर्वासको निम्ति सम्बन्धित निकायबाट पहल गर्ने कार्य पनि भइरहेको थाह लागेको छ।
यसवर्षको वर्षाले कालेबुङ महकुमाको लिङ्से ग्राम पञ्चायत अन्तर्गत कोलाखाम क्षेत्रमा सबैभन्दा धेर क्षति पुर्याएको छ। क्षेत्रमा वर्षाले पुर्याएको क्षयक्षतिलाई हेरेर कालेबुङ आपदा प्रबन्धन विभागले कोलाखाम क्षेत्रमा बादल फाटेको अनुमान गरेको छ। हालसम्म वर्षाले पुर्याएको क्षय क्षतिको रिपोर्टलाई कालेबुङ महकुमा आपदा प्रबन्धन विभागले दार्जीलिङ जिल्लापाललाई पठाइसकेको आपदा प्रबन्धन अधिकारी ड्रिममित तामलोङले जानकारी दिएकी छन्।
तामलोङले हालसम्म विभागले तयार पारेको रिपोर्टबारे जानकारी गराउँदै वर्षाको कारण अझ क्षयक्षतिको आँकडा बडनसक्ने बताएकी छन्। विभागले उक्त रिपोर्ट आजसम्म वर्षाले गरेको क्षयक्षतिको तयार पारेको वताउँदै भविष्यमा वर्षाले क्षति गरे त्यसको रिपोर्ट दर्ता गरिने पनि तिनले जानकारी दिइन्।
0 Response to "वर्षाले कालेबुङ महकुमा क्षेत्रमा अहिलेसम्म 27 करोड भन्दा धेर जनधनको क्षति"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.