-->
कालेबुङ महाविद्यालयमा केन्द्रिय पुस्तकालयको उद्घाटन   ....... पहाडमा उच्च शिक्षामा धेरै समस्या छ-प्रो. सुब्बा

कालेबुङ महाविद्यालयमा केन्द्रिय पुस्तकालयको उद्घाटन ....... पहाडमा उच्च शिक्षामा धेरै समस्या छ-प्रो. सुब्बा

प्रज्जवल छेत्री, कालिमन्युज, कालेबुङ, 26 जून। कालेबुङ महाविद्यालयमा आज एक कार्यक्रममाझ केन्द्रिय पुस्तकालयको उद्घाटन गरिएको छ। सिक्किम विश्वविद्यालयका उप-कूलपति टङ्कबहादुर सुब्बाको बाहुलीबाट पुस्तकालय भवनको उद्घाटन गरिएको हो।
महाविद्यालयले स्थापनाको 50औँ वर्षगाँठको अवसरमा स्वर्ण जयन्ती केन्द्रिय पुस्तकालय स्थापना गरेको हो। पुस्तकालयभित्र विज्ञान, इतिहास, साहित्य, भूगोल जियोलोजी जस्ता विषयमा लेखिएका हजारौँ पुस्तकहरू राखिएको छ भने कलेजले अघिदेखि इ-लाइब्रेरी पनि सञ्चालनमा ल्याइरहेको छ।
आजको उद्घाटन कार्यक्रमअवधि टङ्कबहादुर सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा कलेजका पूर्व प्राचार्य डा. जीएस योञ्जन, सभासद् सुनिल प्रधान, क्रामाकपाका केन्द्रिय उपाध्यक्ष जेबी राई लगायत विभिन्न शैक्षिक एवं सामाजिक संस्थानका प्रतिनिधिहरू उपस्थित थिए।
यसअवधि मुख्य अतिथि टङ्कबहादुर सुब्बाले दार्जीलिङ पहाडमा उच्च शिक्षा व्यवस्थामा देखापरेको समस्या अनि यसको निवारण सम्बन्धी आफ्नो विचार राखेका थिए। उनले दार्जीलिङ पहाडको उच्च शिक्षा व्यवस्थामा समस्या देखिनुका पछि अनेकौँ कारणहरू रहेको बताए।
पहाडमा केन्द्रिय विश्वविद्यालयको विश्वविद्यालयको निर्माणले मात्र पहाडको उच्च शिक्षा व्यवस्थामा सुधार आउने सुब्बाले बताए। यसका अतिरिक्त कलेज तहमा आउने सरकारी कोषको कमि, शिक्षक-शिक्षिका नियुक्ति प्रणाली, हाई स्कूल तहको शिक्षाको खस्कँदो अवस्था, कलेजमा पूर्व विद्यार्थीहरूको सहभागिता, उच्चशिक्षाप्रति समाजका सचेतवर्गको सोच साथै यहाँका कलेजहरूको नीति निर्धारण क्षेत्रीय प्रशासनबाट नभएर कोलकोतातिरबाट हुने भएका कारण नै पहाडको उच्च शिक्षा व्यवस्थामा सुधार हुन नसकेको सुब्बाले बताए।
उनले भने, पहाडमा उच्च शिक्षामा धेरै समस्या छ। यी उल्लेखित कुराहरूमा ध्यान दिएमात्र पहाडको शिक्षा व्यवस्थामा सुधार आउनसक्छ। 
अर्कोतिर कलेजका प्राचार्य आरपी ढकालले कालेबुङ कलेजले स्थापनादेखि आजसम्म पर्याप्त मात्रामा सामाजिक योगदान दिएको भएपनि कलेज आफैमा धेरै पूर्वाधारहरूको अभाव रहेको बताए। कलेजको आफ्नै जमीन नहुनु यसको एक प्रमुख कारण भएपनि भर्खरै कलेजले जमीनको मालिकाना हक पाएको कारण अब कलेजले पूर्वाधार निर्माणको दिशामा काम गरिरहेको बताए। 
कार्यक्रममा कलेजका विद्यार्थी बर्सना भूसाल अनि निहारिका तिवारीले पनि पुस्तकालय निर्माण र विद्यार्थीहरूले भोग्न परिरहेको असुविधा सम्बन्धी आफ्नो टिप्पणी राखेकी थिइन्। 
कलेज सञ्चालन समितिका अध्यक्ष कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कलेजका कलाकार विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

Related Posts

0 Response to "कालेबुङ महाविद्यालयमा केन्द्रिय पुस्तकालयको उद्घाटन ....... पहाडमा उच्च शिक्षामा धेरै समस्या छ-प्रो. सुब्बा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.