-->
बंग्लादेशमा भारतको प्रधान मंत्रीको स्वागतमा तैयारी.. मोदी आज ढाका आइपुग्ने

बंग्लादेशमा भारतको प्रधान मंत्रीको स्वागतमा तैयारी.. मोदी आज ढाका आइपुग्ने

ढाका देखी राजेश शर्मा, कालिमन्युज, ढाका 5 जुन । बंगला देशमा भारतको प्रधान मंत्री नरेन्द्र मोदीको आगमनलाई लिएर बंगला देशले जोड तोड्ले तैयारी पुरा गरेकोछ। प्रधान मंत्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा आज 10 बजेर 15 मिनटमा बंग्लादेशको ढाका हावाई अडामा उत्रीनेछन। बाटो घाटो सबैतिर भारतको प्रधान मंत्री नरेन्द्र मोदी अनि बंगालको मुख्य मंत्री ममता बेनर्जी अनि बंगला देशको प्रधान मंत्री सेख हसिनाको ठूला ठूला होडींग लगाएर पुरा ढाकानै ढाकिएको देखिएकोछ ।
प्रधान मंत्री नरेन्द्र मोदीको स्वागतमा सधै भन्दा बेग्लै प्रकारको छुट्टै रौनक देखीएको छ । यस अवसरमा बंगला देशी नागरीकहरुलाई प्रश्न गर्दा उनिहरुले बताए कि बंग्लादेश एउटा सानो गरिब देश हो यसैले भारतको प्रधान मंत्रीले सायद बंगला देशको निम्ति कुनै राम्रो सहयोग गर्नेछन भन्ने बंगलादेशका नागरिकहरुले आशा राखेका छन । आउने दिनमा बंगलादेशलाई पनि राम्रो दिन देख्नमा सहयोग पुराउने छन् भनि बंगलादेशी नागरीकहरु आशावादी छन । मोदीको स्वागतमा आहिले विमानस्थलदेखी मोदी बस्ने होटल सोनारगांवसम्म बाटाको दुइतिर भारत अनि बंगलादेशका झण्डाहरु लगाइएको छ।
प्रधान मंत्री मोदीले 1971 सालमा शहिद हुनेहरुको आत्माको शान्तीको निम्ति शहीद वेदीमा नमन गर्नेछन् । भ्रमणको समय नरेन्द्र मोदीले बंग्लादेश अनि भारतको हितको निम्त केही कुरोहरुमा समझौता गर्ने छन् । तर आजसम्म मोदीले बंग्लादेशको निम्ति के सहयोग दिने वा गर्नेछन भन्ने कुरो गोप्यनै रहेकोछ। मोदीको भ्रमण
कभरेज गर्न भारतबाट विभिन्न मिडियाका पत्रकारहरु बंग्ला देशको ढाकाको सानारगांवको मिडिया सेन्टरमा हिजैदेखि उपस्थित छन । मोदीको आगमन र भ्रमणलाई मध्य नजरमा राख्दै बंग्लादेशमा पूर्ण सुरक्षाको कडा व्यवस्था गरिएकोछ।

0 Response to "बंग्लादेशमा भारतको प्रधान मंत्रीको स्वागतमा तैयारी.. मोदी आज ढाका आइपुग्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.