हत्याको आरोपमा नेतृत्ववर्गको नाउ आउनु गोर्खाल्याण्ड निर्माणको निम्ति बाधा – दावा पाख्रिन
गोरानिमो अध्यक्ष दावा पाख्रिनले आफ्नै नीजि वासस्थानमा एक पत्रकार सम्मेलन डाकेर उक्त घटनाले आफू दुखी बनेको बताए। केन्द्रीय अन्वेषण जाँच ब्यूरो (सीबीआई)ले मदन तामाङ हत्याकाण्डको आरोपमा दर्ता गरेको चार्जसिटको आधारमा न्यायालयले पक्राऊ वारण्ट जारी गरेको घटना पछि पहिलोपल्ट मुख खोल्दै पाख्रिनले मोर्चा नेताहरूको पक्षधर लिएका छन्। यद्यपी उनले यसलाई गोर्खा जातिलाई नै कलङ्कित पार्ने कार्य गरेको हो भन्दै यस घटनाले गोर्खाल्याण्डको मुद्दालाई बाधा पुर्याउने कार्य गरेको समेत आरोप लगाएका छन्।
“देशमा भाजपा सरकार बहुमतमा भएको समय यसबेला अलग राज्य गोर्खाल्याण्डको मागलाई अघि बढाउनुपर्ने हो। तर गोर्खाहरू आफ्नो परिचयको लडाइँ लडिरहेको समय घरिघरि गोर्खाहरूको परिचयमाथि नै प्रश्नचिन्ह खडा हुने काम हुन्छ। यसले गोर्खाहरू आफ्नै दाजु भाइको हत्या गर्नेहरू हुन् भन्ने प्रमाणित पारेर कलङ्कित पार्ने षडयन्त्र चल्दैछ” दावा पाख्रिनले भने।
उक्त मदन तामाङ हत्याकाण्डमा मोर्चा नेताहरूको नाउँ जोडिनुको घटनाले मोर्चा नेताहरूको मात्र बदनाम नभएको सम्पूर्ण गोर्खा जातिकै बदनाम हुने पनि तिनले दाबी गरे। गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउने क्रममा गोर्खा जनमुक्ति मोर्चा नेताहरू माथी घरी असमबाट हतियार भित्राएको आरोप लाग्नु अनि घरी हत्याको आरोप लाग्नु वास्तवमा गोर्खाल्याण्डको आवाजलाई दबाउने सुनियोजित षडयन्त्र हुनसक्ने पनि पाख्रिनले आशंखा व्यक्त गरे। “यस्तो घटनाहरूले गोर्खाल्याण्डको बाटोमा बाधा सिर्जना गर्छ।
यो अत्यन्तै दुर्भाग्यपूर्ण हो” पाख्रिनले अझ भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति निर्माण हुँदै गरेको साँघुलाई यस्ता घटनाहरूले बिगार्ने कार्य गरेको पनि बताएका छन्। यति भन्दा भन्दै पनि तिनले स्व मदन तामाङको मुद्दा एउटा न्यायिक मुद्दा भएको कारण यसबारे धेर बोल्न नमिल्ने पनि बताए। तथापि न्यायालयले मोर्चा नेतृत्वहरूको नाममा जारी गरेको पक्राऊ वारण्टको घटनासित कुनै हिसाबले पनि राजनैतिक षड्यन्त्र हुननसक्ने पाख्रिनले दावी गरेका छन्।
राज्यका मन्त्री लगायत केन्द्रीय मन्त्रीहरू समेत सीबीआईको पञ्जामा परेको घटनालई उदाहरण दिँदै पाख्रिनले यस घटनालाई राजनीतिसित जोड्न नमिल्ने बताएका छन्।
अर्कोतिर उनले भर्खरै गठन भएको गणतान्त्रिक मञ्चलाई पार्टीको समर्थन अनि विरोध दुवै नरहेको आशय पोखेका छन्। गणतान्त्रिक मोर्चाले गणतन्त्र बहालीको माग गर्नु सकारात्मक पक्ष रहेको भएपनि गोरानिमो भने अलग राज्य गठननै निम्ति सङ्घर्षरत् रहने पाख्रिनले बताए।
अर्कोतिर उनले गोरानिमोले उठान गरिरहेको अलग कालेबुङ जिल्लाको मागलाई जनताको पूर्ण सहयोग रहेको भन्दै यसका निम्ति दलीय कार्यक्रम जारी रहेको बताएका छन्।
0 Response to "हत्याको आरोपमा नेतृत्ववर्गको नाउ आउनु गोर्खाल्याण्ड निर्माणको निम्ति बाधा – दावा पाख्रिन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.