-->
पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदका अध्यक्ष कालेबुङमा

पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदका अध्यक्ष कालेबुङमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 मई। पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदका अध्यक्ष डा. कल्याणमय गांगुली तीन दिने कालेबुङ भ्रमणमा आएका छन्। यस अवसरमा उनलाई आज यहाँको एसयुएमआई विद्यालयमा एक कार्यक्रमको आयोजना गरी माध्यमिक विद्यालयहरूको पक्षबाट भव्य स्वागत जनाइएको थियो। एसयुएमआई विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विभिन्न माध्यमिक विद्यालयका प्रमुखहरूको पनि विशेष उपस्थिति रहेको थियो।
यस अवसरमा उनलाई सबैले खदा अर्पण गरेर स्वागत गरेका थिए। सोही अवसरमा जनमुक्ति सेकेण्डरी टिचर्स अर्गनाइजेसनको पक्षबाट उनलाई एक ज्ञापन पत्र सुम्पिएको थियो। विशेष गरेर पश्चिम बङ्गाल शिक्षा परिषले प्रकाशित गरेर यसवर्षको नवौँ कक्षाको नेपाली पाठ्य पुस्तकमा रहेको भूलहरूबारे अवगत गराउँदै संगठनले उक्त पुस्तकलाई यथाशिघ्र संशोधन गर्नुपर्ने माग राखेको छ। यसका साथै परिषदले नि:शुल्क प्रदान गर्ने पाठ्य पुस्तकहरू दार्जीलिङ पहाडका विद्यालयहरूमा अत्यन्तै ढिलो गरि प्राप्त हुने विषयमा पनि ज्ञापनमा अवगत गराइएको थियो। यस अतिरिक्त अहिलेघरी नवौँ देखी बाह्रौ कक्षा सम्म नया पाठ्यक्रम निर्माण गरिएको विषयमा शिक्षा परिषदले शिक्षकवर्गलाई ओरिएन्टेसन कार्यक्रम आयोजना गर्नुपर्ने पनि माग गरिएको छ।
यस समबन्धमा पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदका अध्यक्ष डा कल्याणमय गांगुलीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली पाठ्य पुस्तकहरू प्रकाशित गर्दा हुने भूलहरू स्वीकार गर्दै यसलाई तक्निकी कारणले भूल छापिने गरेको स्पष्टिकरण दिए। उनले यस्ता पुस्तकहरूमा हुने भूलहरू समाप्त गर्नका निम्ति नेपाली पाठ्य पुस्तक प्रकाशन अघि आउन आवश्यक रहेको बाताउँदै नेपाली प्रकाशनले नै पुस्तक प्रकाशित गरे मात्र पुस्तकमा त्रुटी कम हुने जानकारी गराए।
“पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदले प्रथम भाषाको पुस्तक सरकारी छापाखानामा छाप्ने कार्य गर्छ। यहाँ नेपाली भाषा ज्ञान भएका व्यक्तिहरूको कमीले पुस्तकमा त्रुटी हुने गरेको हो। यो तक्निकी कारणले त्रुटी भएको हामीले महशुस गरेक्ला छौँ। अब यस्तो गल्ती पाठ्य पुस्तकमा नहुनका निम्ति नेपालली पाठ्य पुस्तक नीजि छापाखानामा नै छाप्न आवश्यक छ। नेपाली प्रकाशनहरू यस कार्यका निम्ति अघि आउनुपर्छ” गांगुलीले भने।
उनले नयाँ पाठ्यक्रमबारे शिक्षकवर्गलाई जानकारी गराउनका निम्ति ओरिन्टेसन कार्यक्रम आयोजना गर्ने विषयमा कोलकोता पुगेर शिक्षा विभागमा कुरा उठान गर्ने आश्वासन दिएका छन्। उक्त स्वागत कार्यक्रममा यहाँको 15 भन्दा अधिक माध्यमिक विद्यालयका विद्यार्थीवर्गले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको दोस्रो चरणमा माध्यमिक विद्यालयका शिक्षा सम्बन्धि विभिन्न विद्यालयका प्रमुखहरू माझ गांगुलीले अन्तर्क्रिया गरेका थिए।

Related Posts

0 Response to "पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदका अध्यक्ष कालेबुङमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.