गुड़गाँउको घटनामा दार्जीलिङको भूमिका प्रति असंतोष
जीवन धान्न कामको खोजीमा घरदेखि बाहिर अन्यत्र आउनु र जुनै भए पनि काम गर्न वाध्य भएकोले आफुहरु देशको अन्य भागमा पाहुना या परदेशि जस्तो मात्र भएर रहनु परेको छ। यस्तैमा कुटाइ, पिटाइ, हेपाइ खानु, ठगिनु, अत्याचारमा पर्नु, शोषण हुनु पनि आम बात भएका छन तर त्यस्तो समयमा आफ्नो पक्षमा कोइ नहुनु जस्तो मानसिक पिडा अरु हुदैन। यस्तै पिडा यसपालि पनि भोग्नु पर्यो दिल्ली र वरिपरि बसेका गोर्खाहरुले।
दार्जीलिङ अन्तर्गत टिस्टाभ्यालीका तिन यूवकहरुलाई आफै बसेको घर मालिकको छोरा नरेस गुज्जरले 30 देखी 35 जना जति भाड़ाका केटाहरु लिएरआइ अचानक घरको खिड्की तोडेर घरभित्र रहेको सागर राई, अविसेक राई लगायत साथी देव कुमार सुब्बालाई हक्की ब्याट, धारीलो हतियार, रड् आदीले प्राणघातक हमला गरि घायल बनाएको खबरले दिल्ली र भारतको सबै प्रान्तमा बसोबासो गर्ने गोर्खाहरुको मनमा हलचल मच्चाएको थियो । साथै यस घटनाले दिल्लीमा बस्ने सम्पूर्ण गोर्खा जातिहरुलाई एक सूत्रमा बाध्नमा पनि ठुलो भूमीका खेलेको कुरो दिल्लीको गुड़गाँउका किरण बिके लाक्पा लेपचा एवं राजेन छेत्रीले आज दुरभाष मार्फत उक्त जानकारी दिएका छन ।
यसै सिलसिलामा बन्दना राई, समिर राई, रेविका राई, रुवेन गुरुङ, उत्तम कुमार छेत्री, आकास रामुदामु लगायत अन्य 10 जनाले दुरभाषमा स्पष्ट रुपमा बताए कि टिस्टा भ्यालीका तीन यूवकहरु घाइते भएको आठ दिन पछि मात्र गत 27 मइमा दार्जीलिङका सासंदले समय पाएर घाइतेहरुलाई हेर्न अस्पतालमा पुगेका थिए। दिल्लीमा दार्जीलिङका मानिसहरुमाथी यसतो घटना आउदो दिनहरुमा घट्यो भने सांसदको दर्शन पाउन धेरै दुर्लभ हुने रहेछ भन्ने पक्का भयो भने आफ्नै समष्टी टिस्टा भ्यालीका सभासदलाई पनि घाइतेहरुको समक्ष पुग्न 6 दिन लागेकोले हामी आफैलाई असुरक्षित महसुस गरिरहेकाछौ।
यो घटनालाई दिल्लीका सम्पूर्ण गोर्खाहरु मिलेर समाधान न्याय र आवश्यक काम गर्न सफल भयौ भनि उनिहरुले अझै बताए। गोजमुमो पार्टीका अध्यक्ष बिमल गुरुङले गोजमुमो दिल्ली समिति भंग गरेर गएका थिए भने रोशन गिरीले 20 मइमा अचानक मनोज शंकरलाई दिल्लीको कोअर्डिनेटर बनाएर दिल्लीको गोर्खा एकतालाई पुन बिथोलने काम भएको आरोप उनीहरुले फोन मार्फत नै लगाए।
उनिहरुले भने कि दिल्ली भनेको गोर्खाल्याण्ड राज्य गठन गरिने मुख्य स्थान हो तर यहाँ बस्ने गोर्खाहरु प्रति दार्जीलिङका जनताले आजसम्म राम्रो सोच बनाएका छैनन यसमा हामीलाई दुख लागेकोछ। दिल्लीमा गोर्खा एकता एकदमै आवस्यक छ किनकी दिल्लीमा गोर्खाल्याण्डको आवाज उठयो भने मात्र दार्जीलिङको निम्ति केन्द्र सरकारले सोचन बाध्य हुनेछ अनि अहिले दिल्लीलाईनै उपेक्षा गरे आउदो दिनमा हुने आन्दोलनलाई कस्तो प्रभाव पार्ने हो यो बारे दार्जीलिङले सोचनु पर्नेछ ।
यस विषयमा गोजमुमोका महासचिव रोशन गिरीसंग दुरभाषमा जानकारी लिदाँ तिनले भने कि दिल्लीमा अहिले मनोज शंकरलाई कोअर्डिनेटर बनाइएको छ र दिल्लीको निम्ति केही गर्न हामी सोचिरहेका छौ अनि यसै सम्बन्धमा नै काम भइरहेको छ अरु भने कुनै समस्या छैन तथा सबै ठिकै रहेको तिनले बताए ।

0 Response to "गुड़गाँउको घटनामा दार्जीलिङको भूमिका प्रति असंतोष "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.