-->
गुड्गाउको घटनामा प्रमुख सहयोगी हुन असमका सांसद आरपी शर्मा- उतम छेत्री

गुड्गाउको घटनामा प्रमुख सहयोगी हुन असमका सांसद आरपी शर्मा- उतम छेत्री

राजेश शर्मा, कालिमन्युज, जयगाँउ , नयाँ दिल्ली 21 मई । दिल्लीमा गत ह्प्ताह्को शनिवार राती दार्जीलिंग जिल्लाको टिस्टा भ्याली निवासी सागर राई 22, अविसेक राई 20 अनि देव् कुमार सुब्बा 25 माथी भएको आक्रमण पछि सहायता पुर्याउने प्रमुख व्यक्तिहरुमा असमका सांसद आर पी शर्मा एक हुन। 
गुड्गाउ स्थित भाडामा बसेको यी तिन गोर्खाहरुलाई आफ्नो घर मालिकको छोरा नरेस गुज्जरले 30 देखी 35 जना भाड़ामा केटाहरु लिएर आएर अचानक घरको खिड्की तोड़ेर घरभित्र तिनैजनालाई हक्कीको ब्याट, धारीलो हतियार, रड् आदीले प्राणघातक हमला गरि गम्भिर घायल बनाएको खबर सुन्नसाथ दिल्ली र हरीयाणा सीपीआरएम राज्य समिति, आरनोभा इंडिया, मणिपुर गोर्खा स्टुडेंट् अनि दिल्ली एन सी आर् का पुर्वोउत्तरका मूलनिवासीहरु मिलेर अभियुक्तहरुलाई सजाय दिलाउनको निम्ति संघर्ष गरी रहेका थिए। दिल्ली शाखा सिपिआरएमका अध्यक्ष उत्तम कुमार छेत्रीले एउटा बिज्ञप्तीद्वारा उक्त कुरो जनाउदै भनेका छन कि यो सुचना पाएर् यसमा सहायता गर्नेहरुमा असम राज्यका सांसद आरपी शर्माको मुख्य भूमीका रहेको छ । 
यस बिषयमा थप जानकारी दिदै छेत्रीले भनेका छन कि बिमल गुरुङले हालैमा दिल्लीको जंतरमंतरमा धर्ना प्रदशनीमा भागलिन आउदाँ दिल्ली गोजमुमो शाखा विघटन गरेका थिए। जब गोजमुमो पार्टीनै छैन भने कसरी त्यहा सहायता पुर्याएत भन्ने प्रश्न राख्दै छेत्रीले भनेका छन् कि यहा राजनैतिक लाभ उठाउने प्रयास भैरहेको छ। यस बिषयलाई पुन दोहराउदै विज्ञप्तिमामा भनिएको छ कि यस घटनालाई राष्ट्रिय स्तरमा पुरयाउने हाम्रा असमका सांसद आर. पी. शर्मा हुनु हुन्छ जसको सतप्रयासले आज हामीले यो केसलाई यहाँ सम्म पुर्‍याउन सक्यौ तथा एफ. आइ. आर. गर्न सकियो। 
सीपीआरएम दिल्ली राज्य समिति र हरीयाणा राज्य समिति अनि आरनोभा इंडियाका वंदना राई, रुवेन गुरुङ रेविका राई, मणिपुर गोर्खा स्टुडेंट् का अध्यक्ष राजेन छेत्री अनि दिल्ली एन सी आर्मा बसोबासो गर्ने पुर्वोउत्तरका मूलनिवासीहरु साथै गुड़गाउका लाक्पा शेर्पाको टोली मिलेर अभियुक्तहरुलाई सजाय दिलाउन संघर्ष गरी रहेका छन्। यस कार्यक्रममा गत दिनमा गुड़गाँउको सहारा मलदेखी 8 किलोमिटर टाड़ा गुड़गाँउ अवस्थित नाथुपुर सब्जी मंण्डी नगिज रहेको डिसिपी कार्यलयमा हजारौको संख्याले जुलूस निकालेर गुड़गाँउको डिसिपिलाई एउटा ज्ञापन दियो । 
विज्ञप्तिमा थप लेखीएको छ कि यो काम दिल्ली अनि हरियाणाको गोर्खाहरुको एकताको कारण सफल भएको छ भने यहा गोर्खा जनमुक्ति मोर्चाको कुनै भूमिका छैन कारण दिल्ली र हरियाणामा अहिले गोर्खा जनमुक्ति मोर्चाको कुनै अस्तित्व नै छैन। कतिजना जातीद्रोहीहरुले गोर्खा जनमुक्ति मोर्चाको नाममा भ्रामक प्रचार गरीरहेका छन् त्यो सबै असत्य कुरा हो.। गोर्खा जनमुक्ति मोर्चा दिल्ली अनि हरीयाणा शाखा दुइ महिना पहिला नै भंग भईसकेको छ, जब कुनै संस्था अस्तित्वमा नै छैन भने त्यसले कुन आधारमा चैं काम गर्छ भन्ने प्रश्न पनि विज्ञप्तिमा सोधिएको छ । यस प्रकारको असत्य र भ्रामक समाचार पत्र पत्रीकामा छापिएकोमा तिनले अचम्भ मानेको कुरो टेलिफोनिक वार्ता मार्फत बताएका छन । 
तिनले यसबारे प्रस्ट पार्दै भने कि एस एस आहलुवालियाले केवल दुइवटा वाट्सएप संदेश मात्र पठाउनु भयो पुलिस कमिस्नरलाई.अनि गोर्खा जनमुक्ति मोर्चाले पिडितहरुलाई दवाई पानी र आर्थिक सहयोग पनि गर्यो भनेर तर यो सहयोग गरेको कुरो असत्य हो । तिनले CPRM दिल्ली राज्य समितिले भारतको प्रधान मंत्री नरेन्द्र मोदीलाई अनि गृह मंत्रीलाई तथा मानव अधिकार आयोगलाई पत्र लेखी सकेको अवगत गराउदै भनेका छन् कि अहिले पिड़ित परिवारलाई घटना घटेको स्थानदेखी अन्य स्थान शकुरपुर गुड़गाँउ लाने काम भइरहेको छ । 
अहिलेसम्म काम गर्ने एउटा अनि पेपरमा आफ्नो नाम छपाउने अरुनै रहेकोले दिल्लीको गोर्खा जाति माझ फूट ल्याउने काम गरि रहेको छ भनि छेत्रीले मंतव्य पोखेका छन् । दिल्लीमा यो समस्या हुदा भारतको सबै स्थानहरुमा नै यसको बिरोध प्रदर्शन हुनू आवस्यक रहेको पनि तिनले थप जनाएका छन् ।

Related Posts

0 Response to "गुड्गाउको घटनामा प्रमुख सहयोगी हुन असमका सांसद आरपी शर्मा- उतम छेत्री "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.