-->
तीन युवकहरूलाई कुटपिट गरेर गम्भिर रुपमा घाइते बनाएको घटनामा पाच व्यक्तिको पक्राउ

तीन युवकहरूलाई कुटपिट गरेर गम्भिर रुपमा घाइते बनाएको घटनामा पाच व्यक्तिको पक्राउ

दैनन्दिनी समाचार, कालिमन्युज, कालेबुङ 19 मई। गुडगाउँमा तक्दाह टिस्टाभ्यालीका तीनजना युवकहरूलाई कुटपिट गरेर गम्भिर रुपमा घाइते बनाएको घटनामा पाच व्यक्तिको पक्राउ गरिएकोछ ।
प्राप्त जानकारी अनुसार तक्दाह टस्टाभ्याल्ली निवासी अभिषेक राई 20, सागर राई 22 अनि देव कुमार सुब्बा 23 गुडगाउमा बसोवास गर्दै आइरहेका थिए। उनीहरू जुन घरमा बसोवास गर्दै आइरहेका थिए त्यसै घर मालिकका छोरा अनि साथीहरूले उनीहरूलाई कुटपिट गरेको आरोप लागेको छ। उक्त घटना नाथुपुर डीएलएफ फेज 3 गुडगाउँ हरियाणमा राती 11 बजे भएको हो।
उक्त कुटपिटको घटना त्यसबेला भएको हो जब किरायामा बस्ने अभिषेक र सागरसंग उनिहरुका मित्र देव कुमार ह्प्ताहको छुट्टी बिताउन आएका थिए यसै क्रमम राती देव कुमारले एउटा ट्म्बलर फुटाइ पठाए। उक्त युवाहरूले फुटेको ट्म्बलरको टुक्रा डस्टबिनमा हाल्दा डस्टबिनको अर्को छेउ फुट्न पुग्यो। डस्टबिनको अर्को छेउ फुटेपछि घरमालिकका छोरा अनि उक्त युवाहरू बिच सामान्य भनावैरी चलेको थियो। अर्को एउटा कथन अनुसार ट्म्बलरको टुक्रा उनिहरु बसेको माथिल्लो तलाको खिड्कीबाट फ्याक्दा उछिट्टिएर तल्लो तलामा एक व्यक्तिलाई लाग्यो जसको कारण सामान्य भनावैरि भयो तर तिन युवकहरुले क्षमा मागे। सामान्य भनावैरीको घटनापछि घर मालिकका छोरा नरेश गुज्जरले क्षेत्रका युवाहरूलाई भेला पारेर उक्त तीनजना युवाहरूलाई निर्मम तरिकाले कुटपिट गरेर गम्भिर घाइते बनाएका छन्।
घर मालिकका छोराले आफ्ना साथीहरू भेला पारेर लट्ठि, पेटि, चेन कादिले कुटपिट गरेपछि तीनै जना युवाहरूको शरिरमा गम्भिर चोटहरू लागेको छ भने सागर राई अझ गम्भिर घाइते भएका छन्। जसको कारण हाल उनलाई दिल्ली एम्स अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनीहरूको टाउको, ढाँड, हात, खुटा, अनुहार सबै ठाउँहरूमा चोट लागेको छ भने दुइजना पिडीतहरू अभिषेक राई अनि देव कुमार सुब्बाको अवस्था भने हाल सामान्य रहेको थाह लागेको छ।
तिनका साथीहरूले निर्ममता पूर्वक कुटपिट गरेको घटना प्रकाशमा आउन साथै दिल्ली अनि गुडगाउँमा वसोवास गर्दै आएका गोर्खा युवाहरूले उनीहरूलाई तत्काल उद्धार गरेर उपचारको निम्ति अस्पताल पुर्यााएका थिए। यसैक्रममा उनीहरूले घटनाबारे तत्काल पुलिसलाई सूचित गरे पनि पुलिसले भने घटनाबारे कुनै प्राथमिकी दर्ता गर्न नमानेको आरोप रहेको छ। यद्यपी पछिबाट चारैतिरबाट दबाव दिएपछि भने पुलिसले प्राथमिकी दर्ता गरेर कानुनी कार्वाही सुरू गरेको थाह लागेको छ।
घटनाबारे जानकारी प्राप्त हुनसाथै दिल्ली पुलिसका जोइन्ट कमिश्नर रोबिन हिबु, सचेन राई अनि अन्य गोर्खा युवाहरूले तत्काल सहयोगका हात अघि बडाएका थिए भने यसबारे दार्जीलिङ पहाडका सांसद एसएस आहलुवालीयालाई पनि सूचित गरेपछि उनले यसबारे पुलिसलाई कार्वाही गर्ने आदेश दिएका थिए। यसैक्रममा उत्तरपूर्वीय क्षेत्रका दिल्लि पुलिस जोइन्ट कमिश्नर रोबिन हिबुले घटनाबारे दार्जीलिङ सांसद, सिक्किम सरकार आदिलाई तत्काल सूचित गरेर सहयोग गरेका थिए।
सोही क्रममा पुलिसले कार्वाही सुरु गरेपछि अहिलेसम्म दिल्ली पुलिसले घर मालिकका छोरा नरेश गुज्जर, रामपाल यादव, गौरभ पण्डित, बुरेसिह खुशवाह, अनि बलराम गुप्तालाई पक्राऊ गरिसकेको छ। पुलिसले पक्रा गरेका पाँचजना आरोपीहरू बिरूद्ध भारतीय दण्ड संहिताको धारा 147,148,149,320,506 अनि 452 अन्तर्गत मुद्दा दर्ता गरेर कार्वाही सुरू गरेको छ। अहिलेघरी उक्त घटनाका पिडितहरूलाई दिल्ली अनि संलग्न क्षेत्रका गोर्खा युवाहरूले सहयोग गरिरहेका छन् भने पिडित सागर राईको अवस्था भने अझसम्म गम्भिर नै रहेको थाह लागेको छ।
यस सम्बन्धमा सागर राईको आफंत पुनम राईले भने अनुसार शनिवार राति 10.30 बजे तिर गुड़गांवको नाथुपुर सब्जी मंण्डी नगिजमा एउटा भाड़ाको घर लिएर बस्ने सागर राई, 22 अनि अविसेक राई 20 ले गत आइतबारको दिन रमाइलो गर्न साथीको देव कुमार सुब्बालाई निम्त्याएका थिए । तर खेले खेलमै अचानक साथी –साथीमा बाताबात हुँदा बतलको ग्लास भितामा हिर्काउदाँ माथिलो तल्लामा बसेका सागर राई एंव अविसेक राईको खिड्कीखेबाट एउटा सानो टुक्रा तल्लो तलामा झर्यो। टुक्राले तल्लो तला बस्ने अन्य किराइदारलाई लाग्दा घर मालिकलाई सुचना गरेको हुदाँ घर मालिकको पुत्र नरेस गुज्जरले 30 देखी 35 जाना जति केटाहरु लिएर अचानक घरको खिड्की तोड़ेर घरभित्र रहेको सागर अनि अविसेक लगायत साथि देव कुमार सुब्बालाई हक्की ब्याट, पेटी, चेन, धारीलो हतियार, रड् आदीले बड़ो प्राणघातक हमला गरि घायल अवस्थामा छोड़ी गए। 
यसबारे भोलीपल्ट आइतबार डिएलएफ 3 मा रहेको थानामा प्राथमिकि गर्न जादाँ सो पनि लिन पुलिसले इन्कार गर्यो। त्यसपछि दिल्लीमा रहेको नर्थ इष्ट सेल समक्ष पुगेपछि नर्थ इष्ट सेलको ज्वान्ट कमिसनर रविन हिबुले हरियाणको कमिसनर नकवार सिंहसंग जोगा जोग गरेपछि सोमबार सागर राईले प्राथमिकी दर्जा गर्न सके भनि बताए । तिनले भनिन अहिले घरि सागर राई दिल्लीको एम्स अस्पतालको ट्रमा सेन्टरमा सिकीस्त अवस्थामा रहेको छ भने अभिसेक राई अनि देव कुमार सुब्बालाई सफ्दरजंग अस्पतालमा भर्ती लिन जादा भर्ती लिन इंकार गर्दा घर फर्काएदिएकोछ । 
सागर राई अनि अविसेक राई लगायत देवकुमारलाई अस्पतालमा भर्ती लिन नमान्दा पिड़ीत पविवारले दार्जीलिङको सांसद एसएस आह्लुवालिया संग सहायता मांग्दा सांसदले फोन मार्फतनै अस्पतालमा सागर राईलाई भर्ती गराइ दिएका हुन । यो घटनाको निम्ति नर्थ इष्ट सेल अनि दार्जीलिङको सांसद एसएस आह्लुवालीयाले घटना माथी पहल गरे पछि गुडगाँउ पुलिसले घर मालीक बिल्लु गुजरको छोरा नरेस लगायत रामपाल यादव उत्तर प्रदेश निवासी गौरभ पण्डीत, भूरे सिह बलाराम गुप्तालाई पक्राउ गरेको छ । 
एफ आइ आर संख्या दिनाक 19/05/2015 को 250 ईएलएफ फेस 2 गुड़गांउमा दर्ता भएको छ । यस संम्बन्धमा दिल्ली नर्थ इस्ट सेलको जोइन्ट कमिसनर रविन हिबुसग फोनमा जानकारी लिदा हिज गुड़गाँउको पुलिसले प्रथमिक पनि लिएको थिएन जब नर्थ इष्ट सेलले हरियाणाको पुलिस कमिसनर नकविर सिंहसंग बातचित गरे पछि मात्र प्राथमिकी दर्जा भएको छ ।

1 Response to "तीन युवकहरूलाई कुटपिट गरेर गम्भिर रुपमा घाइते बनाएको घटनामा पाच व्यक्तिको पक्राउ "

  1. There needs to be a support group for victims like these in places where the hill folks are residing. Our people are being constantly bullied.

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.