संगोष्ठी पहाड़मा होइन भारतको विभिन्न प्रन्तमा आवश्यक- भाजपा राष्ट्रिय महासचिव तपिर गाव
राजेश शर्मा, कालिमन्युज, जयगाँउ, 25 अप्रेल 2015 । बर्तमान समयमा मात्र म दार्जीलिङ आएको होइन जब अघिल्लो सरकारको शांसन कालमा नै सिलगड़ी लगायत दार्जीलिङको भ्रमणमा घुम्न भनेर होइन तर भाजपा नेता एल के आडवानीको आदेश अनुरुप म दार्जीलिङ लगायत डुवर्सको इलाकाहरुमा सर्वे गर्नु आएको थिए ।
यसैको आधारमा पहाड़मा गोरामुमोले मागेको छैटौ अनुसूचिको बिल संसदमा रोक्न ठूलो भूमिका निभाएको हु । उक्त कुरा गोर्खाल्याण्ड राज्य निर्माणलाई लिएर आयोजित गोर्खा जनमुक्ति मोर्चाको स्टडी फोरमद्वारा आयोजित राष्ट्रिय संगोष्ठी गोर्खाल्याण्ड 2015-मा भाग लिन दार्जीलिङमा आएका अरुणाचल प्रदेशका पूर्व विधायक एवं भाजपा राष्ट्रिय महासचिव तपिर गावसग एउटा छुटै भेटवार्तामा भएको बातचितमा बताएका हुन।
तिनले भने गोर्खाल्याण्ड बनिनुले सुरक्षाको क्षेत्रमा एउटा ठूलो महत्व पुर्ण काम गरेको हुन्छ। प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रको एकातिर नेपाल अर्कोतिर भूटान अनि बंग्लादेश छ भने सिक्किम राज्यसग सगल्न रहेको चिन देश पनि छ तर यो राज्य निर्माण भयो भने भारतको सुरक्षाको निम्ति धेरै फायदा हुनेछ |
देश भक्त गोर्खा जातिको निम्ति अलग राज्य हुनू पर्छ | उक्त राज्य गठनको निम्ति यस क्षेत्रका मानिसहरुले उक्त आन्दोलनलाई सहिरुपमा अहिंसा पध्दतिमा लानु पर्नेछ।
अहिले घरि यहाँको सभासदहरुले दिल्लीको 547 वटा सांसदहरुलाई दार्जीलिङको समस्यालाई अनि अलग राज्य गोर्खाल्याण्डको मागलाई विस्तार पूर्वक बताउने प्रमुख काम गरि समर्थन जुटाउनू पर्ने आवस्यकता छ ।गोक्षेप्रका सबै सभासदहरुले दिल्लीको पार्लियामेन्ट सेसन चल्दा पहाड़मा बसेर होइन तर दिल्लीमा आएर सांसदहरुलाई दार्जीलिङको प्रख्यात चियापत्ती अनि गोर्खाल्याण्डको दस्तावेजहरु दिने काम गरि समर्थन जुटाउनू पर्छ । यो आन्दोलनबारे दिल्लीको प्रत्येक सरकारी कार्यलय अनि प्रत्येक मन्त्रीहरुलाई बताउनु पर्छ। गोर्खाजातिको मूल मुद्दा गोर्खाल्याण्ड राष्ट्रियकृत गर्नुपर्छ, यसको लागि केवल एक-दुई जना सांसद पक्रेर हुँदैन,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका 45 जना सभासदहरु प्रत्येकले केन्द्रमा रहेका सांसदहरुसँग आफ्नो मागबारे जागरुक गराउनु पर्छ, तपिरले बताए।
दार्जीलिङको प्रमुख बस्तुहरु उपहार दिदै समाचार पत्र –पत्रीका वा मिडियालाई साथैमा लिएर आन्दोलन गर्नु पर्ने - बातचितको समय तपिर गावले बताउदै भने ।अहिलेको आन्दोलनमा मिडियाको खासै भूमिका देखीएन वा सुन्नमा आएको छैन । पहाड़को खबरहरु राष्ट्रिय स्तरमा लगेर प्रकासन गर्न लगाउनू पर्छ जिटिएमा मात्र सिमित रहने हो भने पहाड़को पत्र पत्रीकालाई यसरी नै चलाउदा हुन्छ । यहाँको समाचार पत्रकारलाई साथ लिएर हिड़न पर्छ जब सम्म मिडिया कर्मीलाई साथमा लिएर हिड़िदैन तब सम्म आन्दोलनले उर्जा पाउदैन र आन्दोलनको आवाजले सफलता पाउनमा वाधा हुन्छ, उनले भने ।
यस क्रममा तिनले भने आन्दोलनको सिम्ति सेमिनार एउटा अंश हो, यस्तो सेमिनार दिल्लीमा बारम्बार गर्नु पर्छ अनि गोर्खाल्याण्डका विरोधी भएका स्थानमा खास रुपले आयोजित गर्नू पर्छ । गोर्खा जातिले अलग राज्य बनाउदा भारतका सम्पूर्ण जातिलाई एकसाथ लिएर हिड़नूपर्छ गोर्खा जातिलाई मात्र लिएर अलग राज्य बनाउछु भन्ने बिचार राखे यो कदाचीत उचित हुदैन् यस क्षेत्रमा बसो-बासो गर्ने सम्पूर्ण जातिलाई लिएर आन्दोलन गर्नुपर्छ । प्रधान मन्त्री मोदीज्यूले गोर्खाको सपना मेरो सपना भनेर चुनाव प्रचारको क्रममा भनेर उर्जा दिएकाछन त्यसलाई काममा लगाउनु पर्छ।
सेमिनारको प्रसंग उठाउदै तिनले भने कि भारतको विभिन्न प्रान्तमा यस्तो सेमिनार अवकाशप्राप्त आइएएस,आइपिएसहरुलाई पनि निमन्त्रण गरेर तिनीहरुबाट् गोर्खाल्याण्ड राज्य कसरी गठन गर्नुपर्ने ज्ञानहरु बटुलनू पर्छ अनि अन्दोलन अघि बडाउनु पर्छ।
0 Response to "संगोष्ठी पहाड़मा होइन भारतको विभिन्न प्रन्तमा आवश्यक- भाजपा राष्ट्रिय महासचिव तपिर गाव "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.