-->
गोर्खाल्याण्डको राज्य दिन्छ भने  केन्द्र सरकारले  दिन्छ र राज्य सरकारले होइन – बिमल गुरुङ   ... डुवर्स आन्दोलनको निम्ती तयार हुने घोषणा

गोर्खाल्याण्डको राज्य दिन्छ भने केन्द्र सरकारले दिन्छ र राज्य सरकारले होइन – बिमल गुरुङ ... डुवर्स आन्दोलनको निम्ती तयार हुने घोषणा

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 8 मार्च ।भारत भोटाङ् सिमा क्षेत्रमा रहेको गोर्खा जातीको जातीय धरोहरको रुपमा रहेको जयगाँउ समाज कल्याण संघको नव निर्मित् गोर्खा भवनको उद्घाटन गर्न आएका गोजमुमो अध्यक्ष तथा गोक्षेप्र प्रमुख कार्यकारि बिमल गुरुङले डुवर्सलाई आफ्नो मुटू ठानेको र यसलाई कसरी भूलन् सक्नेछु भन्ने कुरो दोहोर्याए। कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै गुरुङ्ले डुवर्सले एक चोटी पुन एकजुट भएर गोर्खाल्याण्डको आन्दोलनको निम्ति तयार हुने आवहान गरे । 
यस अवसरमा तिनले भने गोरखाल्याण्ड भन्ने शब्दलाई भारत सरकारले मान्यता दिइ सकेको छ । गोर्खाल्याण्डको मांग अब बंगाल सरकार समक्ष मांगनु पर्ने कुनै सवाल उठदैन भन्दै तिनले भने यदी गोर्खाको सपना पुरा गर्छ भने केवल केन्द्र सरकारले गर्नेछ । तसर्थ भोलिदेखी भारतको राजधानी दिल्लीमा पहाड़को चुनित सदस्यहरुलाई लिएर जन्तर मंतरमा धरना हुनेछ । 
तिनले भने भारत अवाधीन भएको 68 वर्ष पुग्दा पनि आजसम्म डुवर्समा गोर्खाको एतिहासीक धरोहर स्थापित गर्नुमा समाज कल्याण संघले जुन कदम चालेको छ त्यो एउटा सराहनिय कदम हो । स्वागत भाषणमा शंकरनाथ प्रधानले भवन निर्माण कार्य अधुरो रहेको र बिस्तारै बिस्तारै पूर्ण गरिने कुरो बताएकोमा तिनले थप्दै भने कि इनकम्प्लीट भन्ने शब्द गोर्खा जातीलाई सुहाउदैन। डुवर्समा धेरै बुध्दीजिवी एंव उच्च स्तरीय मानिस छन एक अर्कामा सहयोग गरे चाड़ै यस गोर्खा भवन पूर्ण हुनेछ । 
तिनले भने आजसम्म पनि मैले सहयोग दिदै आएको छु यस भवन निर्माण गर्नको निम्ति यदि आवस्यकता परे अझ सहयोग गर्न सक्ने आस्वासन पनि तिनले दिए । तिनले भने हामीले जाती समाजको निम्ति काम गर्नुपर्छ म डुवर्समा आउदा बिपक्षी नेताको निन्द्राउड़ने हुनाले तिनीहरुले गलत सोचनू हुदैन् मेरै जस्तो अनुहार भएका मेरा सन्तान छन यस डुवर्समा । फरक यतिमात्र हो कि डुवर्समा बस्ने गोर्खा जातीको रहन सहन बेग्लै छ तर पूता पूर्खा भने एकै हुन । पहाड़ र डुवर्समा आमा, बाबा, छेमा, काका, नाती पनाती आदी मेरा संतान यहा छन तिनीहरुलाई भेटन म आएको हु । स्वार्गीय के बि प्रधान मंचदेखी गोर्खा भवन नव निर्माणबारे बोल्दै तिनले भने कि डुवर्समा यो गोर्खा भवनको निर्माण डुवर्सको निम्ति इतिहास हो । अब वीरपाडामा पनि गोर्खा भवन नव निर्माण गरिनेछ साथै कालचिनि, चमर्ची लगायत दलसिंगपाडामा पनि गोर्खा भवन बनिनेछ त्यसमा सहयोग पुर्याउने तिनले घोषणा गरे । 
तिनले 1986को आन्दोलनको सम्झना गराउदै त्यस समय डुवर्सलाई एउटा खेलौनाको रुपमा प्रयोग गरिएको बताउदै अब यस्तो कदापी नहुने तिनले बताए। तिनले भने डुवर्सको भूमी पूत्रले दिएको प्राणको आहुती, शहिद बिक्की लामा अनि अकबर लामाले दिएको बलिदान खेरो जादैन । हामीले पहाड़देखी सुनकोस सम्म सिमाना कोरेर केन्द्र सरकार समक्ष बुझाइ सकेको छौ र अवस्य आउने दिनमा डुवर्स मिलाएर गोर्खाल्याण्ड राज्य बनिनेछ, जसको निम्ति यस क्षेत्रका जनताले अब अन्तीम लड़ाइको निम्ति एक भएर चिन्हारीको निम्ति सहयोग पुराउनू पर्छ। भनि गोर्खा भवनको उदघाटमा अएका बिमल गुरुङले गोर्खाल्याण्ड राज्यको निम्ति गोर्खा जातीलाई तयार बस्ने आवहानको रुपमा बक्तब्य राखे । 
2016 को बिधान सभा चुनाउमा यो गोर्खा अनुहारनै चुनाउमा उत्रीन पर्ने र यसको निम्ति यस क्षेत्रका मानिसले अहिलैवाट तयारी गर्नु पर्छ अनि दर्कार परे बिमल गुरुङले त्यस बेला पनि सहयोग पुऱ्याएको हुन्छ भनि तिनले आफ्नो वतक्व्य राखे । तिनले भने समाज कल्याण संघको गोर्खा भवनको उद्घाटनमा बिभिन्न पार्टीको व्यक्तिहरुएकै मंचमा आसिन देखदा धेरै आनन्द महसुस गरेको अनि हाम्रो लक्ष्य एक मात्र यही हो भन्ने बताए । 2,3 ,4 अप्रेल महिनामा एउटा कार्यक्रम जयगाँउमा हुने छ र त्यस समयमा फेरी यस डुवर्स क्षेत्रमा आउने पनि तिनले बताए। 
यस अवसरमा दार्जीलिङ गोक्षेप्रका सभासद ज्योती कुमार राई , टि सि रोका , डाक्टर हर्क बहादुर छेत्री , कार्यकारी सचिव दिवाकर गुरुङ , उपाद्यक्ष आर पि वाइवा अदिको उपस्थिति थियो भने, समाज कल्याम संघका स्थापक सदस्य सिरि प्रसाद लामा लगायत आदिवासी नेता जोन वारला पनि उपस्थीत थिए ।

Related Posts

0 Response to "गोर्खाल्याण्डको राज्य दिन्छ भने केन्द्र सरकारले दिन्छ र राज्य सरकारले होइन – बिमल गुरुङ ... डुवर्स आन्दोलनको निम्ती तयार हुने घोषणा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.