-->
केन्द्रको भाजपा अनि पहाडको गोजमुमो इमान्दार छैन – तारा सुन्दास

केन्द्रको भाजपा अनि पहाडको गोजमुमो इमान्दार छैन – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 मार्च 2015। केन्द्रको भाजपा अनि पहाडको गोजमुमो पार्टी पहाडका जनताप्रति इमान्दार नरहेको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन्। जीटीए क्षेत्रमा केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति आम बजेटमा धनराशी अनुमोदन नभए पछि माकपा नेता सुन्दासले उक्त आरोप लगाएका हुन्। 
जीटीए क्षेत्रमा केन्द्रिय विश्वविद्यालय निर्माणको माग धेरै दिन देखि चल्दै आए पनि संसदमा पेश गरिएको आम बजेटमा केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति धनराशी अनुमोदन भएन। संसदमा केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति जीटीएले डीपीआर नपठाएको कारण धनराशी अनुमोदन नभएको सांसद एस.एस आहलुवालीयाको बयान आज सार्बजनिक भए पछि यता मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता तारा सुन्दासले कडा प्रतिक्रिया जनाएको छ। 
माकपा नेता सुन्दासले आज पार्टी कार्यलयमा पत्रकार सम्मेलन डाकेर नै केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति डीपीआर नबुझाएको कारण कोष आवण्टित नभएको सन्दर्भमा पार्टीको पक्षबाट तिखो प्रतिक्रिया व्यक्त गर्दै भारतीय जनता पार्टीले जनताली ढाँटेको आरोप लगाए। 
पहाडमा केन्द्रिय विश्वविद्यालय निर्माणको माग धेरै पुरानो रहेको बताउँदै यस अघि गोजमुमो नेताहरूले दिल्लीमा केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति कुरा उठाएको अनि यो चाँडै निर्माण प्रक्रिया आरम्भ हुनेछ भने पहाडका जनतालाई भ्रममा राखेको आरोप लगाए। ‘गोजमुमो पार्टीले आफैलाई राजग पार्टीको घटक दल मान्ने गर्छ। जुन दलको केन्द्रमा सरकार छ अनि यता जसले आफैलाई केन्द्रमा सत्तासिन राजगको घटक दल रहेको दाबी गर्छ आज त्यहीँ दलले पहाडमा केन्दिय विश्वविद्यालय निर्माणको निम्ति कोषण आवण्टित नगर्नु दुर्भाग्यपूर्ण मात्र होइन जनतालाई बोरामा हाल्ने काम गरेको छ’ – माकपा नेता तारा सुन्दासले कडा प्रतिक्रिया व्यक्त गर्दै भने। 
डीपीआर नबुझाएको कारण केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति कोष आवाण्टित नभएको सन्दर्भमा बोल्दै उनले केही महिना अघि नै जीटीए क्षेत्रमा केन्द्रिय विश्वविद्यालय निर्माण प्रक्रिया आरम्भ भएको अनि यस कार्यको निम्ति डीपीआर तयार पारिरहेको रिपोर्ट सार्बजनिक भएको समाचार पत्र समेत देखाए। यसरी अघिबाटै केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति कार्य गरिरहेको दाबी गर्ने जीटीएले कसरी सरकारलाई केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति डीपीआर पठाउँन सकेन भन्ने प्रश्न तेर्साए। यद्यपी केन्द्रको भाजपा सरकार पहाडका जनतासँग उदासिन रहेको कारण नै विश्वविद्यालय निर्माणको पहल नगरेको पनि आरोप लगाए। 
सुन्दासले केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति डीपीआर नबुझाए पनि भाजपा सरकार इमान्दार भएको भए कोष आवाण्टित गर्न सक्थ्यो भन्ने दाबी गरे। ‘केन्द्रको सरकार पहाडप्रति इमान्दार छैन। यदि इमान्दार हुँदो हो भने केन्द्रिय विश्वविद्यालय निर्माणको प्रक्रियाको निम्ति धनराशी अनुमोदन गर्ने थियो। सरकारले केन्द्रिय बजेटमा आइ.आइ.टी तथा अन्य शिक्षण संस्थाहरू खोल्ने दाबी गर्‍यो। जुन आइ.आइ.टी तथा अन्य शिक्षण संस्थाहरू खोल्ने सरकारले घोषणा गरेको छ त्यसको डीपीआर रिपोर्ट परेन। त्यसो हो भने दार्जीलिङ पहाडमा केन्द्रिय विश्वविद्यालय खोल्नको निम्ति किन डीपीआर आवश्यक पर्‍यो ?’ तारा सुन्दासले प्रश्न तेर्साए। 
यसैक्रममा दार्जीलिङ पहाडमा अघिबाटै आइ.आइ.टी खोल्ने, खर्साङका अस्पताललाई एम्स स्तरको अस्पताल बनाउँने घोषणा जीटीएले गरे पनि यस विषमा केन्द्रिय बजेटमा कुनै उल्लेख नभएको बताउँदै भाजपा सँगै सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीले पनि पहाडका जनतालाई ढाँटिरहेको आरोप लगाएका छन्।

Related Posts

0 Response to "केन्द्रको भाजपा अनि पहाडको गोजमुमो इमान्दार छैन – तारा सुन्दास"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.