सांसद आहलुवालियाले उठाए संसदमा गोर्खाल्याण्डको मुद्धा
राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 17 मार्च 2015। भारतको राजधानीमा दिल्लीमा गोजमुमोको अंतिम दिनको धरना चलिरहेको समय दार्जीलिङका सांसद एसएस आहलुवालियाले संसद भवनमा गोर्खाल्याण्ड राज्यको गठनको कुरा उठान गरे।
13 मिनट गोर्खाल्याण्ड्को आवाज उठाएर तिनले गोजमुमोको धरनामा ठूलो जोश र उत्साह जगाए ।
यता धरनामा गोजमुमो अध्यक्ष बिमल गुरुङले आफ्नो सम्बोधनको क्रममा भने कि “गोर्खाहरु जहा बस्छन त्यो स्थानदेखि बंगला देश, नेपाल, चिन र् भूटान सलग्न छ। यो क्षेत्र अन्तर्राष्ट्रिय सिमासंग संगल्न भएको हुदा यसलाई चिकन नेक भनिन्छ जसले भारतको सुरक्षामा ठूलो भूमिका निभाएको छ“। यसैको सुरक्षाको निम्ति पनि हामीले गोर्खाल्याण्ड्को माग गरेको हौ “आज केन्द्र सरकारका कतिपय मंत्रीहरुसंग भेट गर्न सकिएको छ अनि आउदो दिनमा भाजपाको अध्यक्षसंग भेट गरिनेछ “।
एक एकांत भेट्मा गुरुङले यो पनि बताए कि जसवन्त सिंहले जसरी संसदमा गोर्खाल्याण्डको बिषयमा आवाज उठाएका थिए आज एसएस आह्लुवालियाले पनि सन्सदमा त्यसरी नै यो मुद्धा उठाए यो हाम्रो निम्ति एउटा ठूलो कुरो हो । गोर्खाजातीको मांगले अब सफलताको मार्ग लिने छ भन्दै तिनले भने कि अब आउदो दिनमा डुवर्स, तराई एंव सिलगड़ी मिलाएर तिनै पहाड़का भुभाग संग बृहत गोर्खाल्याण्डको माग राखिनेछ। गोर्खा जातीको बंगालले जति नै बिरोध गरेता पनि भाजपाले चाहे सहजै गोर्खाल्याण्ड् बनिन सक्नेछ। तिनले भने अब पनि जनताले नबुझे कहिले बुझने हो भनि प्रश्न गरे ।
यस अवसरमा दार्जीलिङका सांसद एसएस आलुवालियाले भने म पहाड़को गोर्खाको भोटले बिजय भएको हु तथा गोर्खाको सपना मेरो सपना हो भनेर नरेन्द्र मोदीले सिलगड़ीको मतिगडाको चुनाँवी सभामा भनेका थिए भन्ने स्मरण गराउदै तिनले भने यसको निम्ति नै मेलै आज सन्सद भवनमा गोर्खाको अस्मिताको निम्ति चिन्हारी अनि चौतर्फी बिकासको निम्ति बोलेको हु। म संसद भवनमा गोर्खाल्याण्डको आवाज अझै उठाउनेछु ।
यता रोसन गिरीले आफ्नो सम्भाषणमा भने कि आह्लुवालियाको भाषण र जंतर मंतरको धर्नाले गोर्खा जातीको मांगबारे केन्द्र सरकारलाई सोचन बाध्य बनाएकोछ । गोर्खाल्याण्डको मुध्दामा एस एस आहलुवालीयाले आज जुन आवाज उठाए त्यसलाई सराह्ना गर्दै तिनले भने कि गोजमुमोको मुद्धा नै यही हो जसबारे आज आह्लुवालियाले छर्लङ पारे। तिनले भने कि भाजपाका सह सचिवसंग पनि भेटेर गोर्खाल्याण्ड राज्यको सम्वन्धमा हामीले अवगत गराएका छौ । अध्यक्ष बिमल गुरुङको अगुवाइमानै गोर्खाल्याण्ड राज्य गठन हुनेछ तिनले अझै भने।
सम्बोधनको क्रममा विधायक डाक्टर हर्क बहादुर् छेत्रीले भने कि नरेन्द्र मोदीले बिगत दिनमा आफ्नो बक्तब्यमा भनेका थिए कि जिउनको निम्ति नजर झूकाएर होइन नजर मिलाएर जिउन पर्छ तर मोदीले दिएको वाचा झुठो ठहनेर्छ ।पहाड़देखि हामी आएका छौ तर हामीले नजर मिलाएर बस्न चाहदा पनि तिनले नजर मिलाउन चाहेका छैनन यो कस्तो अचम्भको कुरो हो भन्ने थप टिपप्णी गरे। तिनले ममता ब्यानर्जीलाई पनि निसाना बनाउदै भने कि बंगालमा गोर्खाल्याण्डको हुदैन भन्थिन तर आफैले गोर्खाल्याण्डको शब्द वा गोर्खाल्याण्डलाई सरकारी मोहर लगाइन । यसमा भारत सरकारले पनि मोहर लगाएको छ तब सरकारलाई किन राज्य दिन अफठयारो छ? तिनले प्रश्न गरे।
गत 9 तारीखदेखी आरम्भ भएको धरना प्रदर्शनको आज अन्तीम दिनको सभाको संचालन दिवाकर गुरुङले गरेका थिए । यसमा दिल्ली शाखाको चिफ कन्भेनर लोपसांग लामा, स्वराज थापा, रमेस आले, तंरग पण्डीत, ज्याती कूमार राई, रमेस लामा, लोपसांग लामा, महेन्द्र प्रधान, रेबिका राई, आकास रामुदामु, यूधिष्टिर शाहा लगायत आदिले भाग लिएका थिए ।
0 Response to "सांसद आहलुवालियाले उठाए संसदमा गोर्खाल्याण्डको मुद्धा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.