-->
आर्नोल्ड एम्याचुर इन्टरनेशनल च्याम्पियनसिप बिजेता मनोज कुमार मजुमदार सम्वर्द्धित

आर्नोल्ड एम्याचुर इन्टरनेशनल च्याम्पियनसिप बिजेता मनोज कुमार मजुमदार सम्वर्द्धित

डी के वाइबा, कालेबुङ 14 मार्च 2014। भारतलाई प्रतिनिधीत्व गर्दै अमेरिकाको ओहियोमा सम्पन्न "आर्नोल्ड एम्याचुर इन्टरनेशनल च्याम्पियनसिप मेन्स क्लासिक बडी बिल्डिङ’ प्रतिगोयितामा स्वर्ण पदक बिजयी बनेका मनोज मजुमदारलाई आज एक कार्यक्रमको आयोजना गरी कालेबुङ गोर्खा बडी विल्डर्स एण्ड युथ एशोसिएसनले सम्बर्द्धना जनायो। उक्त प्रतियोगिता अमेरीकामा गत 3 अनि 4 मार्चको सम्पन्न भएको थियो भने उनले स्वर्ण पदक जितेर देशलाई नै गौरव प्रदान गरे। 
बडी बिल्डरहरूका निम्ति महत्वपूर्ण मानिने उक्त "आर्नोल्ड एम्याचुर इन्टरनेशनल च्याम्पियनसिप मेन्स क्लासिक बडी बिल्डिङ’ प्रतियोगितामा उनले पहिलो स्थान ओगट्‌न सफल बनेपछि आज कालेबुङ गोर्खा बडी विल्डर्स एण्ड युथ एशोसिएसनले सम्बर्द्धना जनाएको हो। मजुमदारको विजयले नयॉं बडी विल्डरहरूलाई अझ प्रोत्साहन प्रदान गर्ने विश्वास बोक्दै सङ्गठनका पूर्व अध्यक्ष सोनाम याक्खाले बताएका छन्। 
यस अवसरमा सोनाम याक्खा, सचिव नर्बु छिरिङ भोटिया, गोर्खा बडी बिल्डर्स एण्ड फिटनेश एशोसिएसनका उपाध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक गनु गिरी(गुरुजी) आदिको बाहुलीबाट उनलाई खदा ओडाएर प्रशस्ति पत्र प्रदान गरि सम्वर्द्धना जनाइएको थियो। 
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै च्याम्पियनसिपको उपाधी जितेकोमा गर्व महशुस गर्दै अन्तराष्ट्रिय स्तरमा खेल्न जानु सजिलो छैन भने। उनले खेलाडीहरूलाई देशले भनेजस्तो सहायता गर्ने नगरेको पनि आफ्नो सम्बोधनमा गुनासो पोखे। 
“कुनैसमय यस्तो थियो जतिबेला आमाले गहना बिक्री गरेर मलाई एसियन गेम खेल्न पठाइन्‌। यसपल्ट गोर्खा बडी बिल्डर्स एण्ड फिटनेश एशोसिएसन अनि यसका उपाध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक गनु गिरी(गुरुजी) को सहयोगको कारण नै आफूले अमेरिकामा खिताब जित्न सकेको हो” मनोज कुमार मजुमदारले भने। यसका साथै आफूलाई उक्त प्रतियोगितामा भाग लिनका निम्ति स्थानीय सोनाम याक्खाले 50 हजार रुपियॉं नगद राशी दिएको अनि जीटीएले पनि एक लाख रुपियॉं दिने तय गरेको कारण नै अन्तराष्ट्रिय स्तरमा खेल्न सम्भव बनेको उनले बताए। 
अर्कोतिर राष्ट्रिय प्रशिक्षक गनु गिरीले आफ्नो सम्बोधनमा आफू 50 वर्षभन्दा अघिदेखि यस क्षेत्रमा लागिपरेको अनि जीवनको अन्तिम क्षणसम्म पनि बडी बिल्डिङकै निम्ति समर्पित रहने बताए। उनले भने, बडी बिल्डरहरूमा सबैभन्दा ठूलो कुरा अनुशासन हो। यदि अनुशासित भएर एकताको सूत्रमा बॉंधिएर काम गरे सङ्गठनहरूले अझ धेरै अन्तराष्ट्रिय स्तरका बडी विल्डरहरू जन्माउनसक्ने विचार उनले पोखे। यदि बडी विल्डिङको माध्मयबाट कुलतमा फॅंसेका एउटा सानो समुहलाई पनि सुमार्गमा ल्याउनसके त्यो नै बडी बिल्डरहरूका निम्ति ठूलो उपलब्धी हुने पनि उनले बताए। 
अर्कोतिर, स्थानीय माकपा नेता तथा यसका सदस्य तारा सुन्दासले बडी बिल्डिङको क्षेत्रमा कालेबुङको पुरानो गरिमा फर्काइल्याउनुपर्ने बताए। सङ्गठनहरूले बडी बिल्डिङलाई खेलकुदको रूपमा स्थापित गर्नुपर्ने अनिवार्यता वोध गर्दै उनले कालेबुङमा समय समयमा बडी बिल्डिङ प्रतियोगिताहरू भइरहनुपर्ने विचार पोखे। सुन्दासकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्गठनका पक्षमा रवि प्रधान, साजिल जोन लगायत स्थानीय बडी बिल्डरहरूको उपस्थिति थियो।

Related Posts

0 Response to "आर्नोल्ड एम्याचुर इन्टरनेशनल च्याम्पियनसिप बिजेता मनोज कुमार मजुमदार सम्वर्द्धित"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.