-->
दिल्ली धर्नाले केही उपलब्धि हासिल गर्दैन – भूपेन्द्र लेप्चा

दिल्ली धर्नाले केही उपलब्धि हासिल गर्दैन – भूपेन्द्र लेप्चा

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 13 मार्च। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै दार्जीलिङ पहाडका सम्पूर्ण बिधायक, सभासद, नगरपालिका पार्षदगण लगायत गोजमुमो नेताहरू धर्ना प्रदर्शन गरिरहेका छन् । यता गोर्खाल्यण्डकै मुद्दामा बिजयी बनेका सांसद एस.एस. आहलुवालीया भने दिल्ली धर्ना प्रदर्शनलाई पर्वाह नगरी सिलगडी नगरनिगम चुनावमा व्यस्त रहेका छन्। 
सांसदको उक्त कार्यलाई लिएर अहिलेघरी गोजमुमो पार्टीभित्र नै असन्तुष्टिको लहर छाएको छ भने अन्य राजनैतिक दलहरूले पनि कडा आलोचना गर्न थालेको छ। विशेष बजेट सत्रमा नै सांसद आहलुवालीयाले दार्जीलिङ पहाडको निम्ति केही नगरेको भन्दै यहाँका अन्य राजनैतिक पार्टीका नेताहरूले आलोचना गर्न थाएको थियो भने यसपल्ट धर्ना प्रदर्द्शनमा सहभागी नबनेको कारण अझ उनी आलोचनाको शिकार बनेका छन्। यसैक्रममा सांसद आहलुवालीयाको भूमिकालाई दार्जीलिङ हिल तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष भूपेन्द्र लेप्चाले आज एक पत्रकार सम्मेलन डाकेर नै आलोचना गरे। 
“दिल्लीमा गोर्खाल्यण्डको निम्ति धर्ना चलिरहेको समयमा गोर्खाल्याण्डको नाममा भोट जित्ने सांसद कहाँ छन् ? जनताले पठाएका सांसदले जनताको निम्ति काम गर्न सक्दैनन भने झट्ट् राजीनामा दिनुपर्छ” – भूपेन्द्र लेप्चाले भने। उनले आलोचना गर्ने क्रममा सांसददेखि लिएर बिधायकहरूलाए पनि पछि पारेनन्। “चौकीमा बसेर आन्दोलन हुँदैन। यदि आन्दोलन नै गर्ने हो भने चौकी छोड्‌नुपर्छ” लेप्चाले गोजमुमो पार्टीलाई नै चुनौति दिँदै भने। मोर्चाको दिल्ली धर्नाले कुनै उपलब्धि हासिल गर्न नसक्ने दाबी गर्दै लेप्चाले उक्त धर्ना प्रदर्शन केवल जनतालाई भ्रममा पार्ने खेल मात्र हो भनि आरोप लगाए।
“दिल्ली धरना केवल जनतालाई भ्रमममा पार्ने काम मात्र हो। दिल्ली धरनाको उपलब्धी केही हुँदैन” उनले भने। यसक्रममा उनले मोर्चाले अहिलेसम्म जनताली केवल भ्रममा पार्ने कार्य बाहेक अन्य केही नगरेको पनि दाबी गरे। “गोजमुमोले गोर्खाल्याण्डको नाउँमा भोट जितेको हो। गोर्खाल्याण्डको नाउँमा भोट जित्ने बिधायकहरूले बिधानसभामा हङ्गामा गर्छु भनेको हो। तर, भोट जितेर गए पछि आजसम्म बिधानसभामा उनीहरूले केही गर्न सकेन” लेप्चाले बिधायकहरूको आलोचना गर्दै भने।
यता हिल तृणमूलले यसबेला सासंदको भूमिकामाथि प्रश्न उठाएपनि अलग राज्यको मुद्दालाई पार्टीले समर्थन गर्छ कि गर्दैन भन्ने प्रश्न गर्दा उनले जनताको आकांक्क्षा विरूद्ध हिल तृणमूलले कहिले काम गर्दैन भने।
जनताको आकांक्षालाई ध्यानमा राखेर नै हिल तृणमूलले काम गर्ने अनि अहिले पहाडमा सिन्कोना चियाकमान रोजगार लगायतका अनेकौँ समस्याहरू रहेको अनि यसदिशामा पार्टीले काम गरिरहेको दावी गरे।
यसक्रममा लेप्चाले हाल गोर्खा जनमुक्ति मोर्चाले हिल तृणमूलकै मुद्दालाई अनुसरण गरिरहेको छ भन्ने आरोप लगाउँदै जनजातिको मुद्दालाई तृणमूल कङ्ग्रेसले अघिबाटै कार्य गरिसको दाबी गरे। यता पहाडमा मोर्चाले जनजातिको मुद्दालाई उठाएर हिल तृणमूलकै मुद्दा अघि सारेको हो भने।

Related Posts

0 Response to "दिल्ली धर्नाले केही उपलब्धि हासिल गर्दैन – भूपेन्द्र लेप्चा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.